विभागको आदेशमा अटेरी ई–रिक्शा व्यवसायी न्यायको लागि अदालतमा(भिडियो सहित)



2072/2/2 मा प्रकाशित

कृष्ण खनाल
बुटवल, २ जेठ ।
यातायात व्यवस्था विभाग को आदेशलाई समेत अटेरी गरी ई रिक्सा दर्ता गर्न नमान्ने यातायता व्यवस्था कार्यालय विरुद्व लुम्बिनी ई रिक्सा व्यवसायीहरु अदालत जाने भएका छन् ।
यस क्षेत्रमा लामो समय देखि वातावरणमैत्री ईलेक्टोनीक्स रिक्सा सञ्चालनको लागि व्यवायीहरुले पहल गरेको भएपनि यहाको पश्चिम नेपाल बस व्यवसायी संघले यातायात व्यवस्था कार्यालय बुटवलमा पत्र लेखि उक्त रिक्सा दर्ता नगर्नु भन्दै ठाडो आदेश दिएको छ ।
सोही ठाडो आदेशलाई मानेर मन्त्रालयकोको समेत आदेशलाई व्यवास्था गर्दै लुम्बिनी अञ्चल यातायात व्यवस्था कार्यालय(सवारी) रिक्सा दर्ता गर्न मानेको छैन ।
यातायता व्यवस्था विभागका मेकालिनक ईन्जीनियर मोहन प्रसाद भट्राईद्वारा हस्ताक्षरित ०७२ बैशाख २९ गतेको पत्र संख्या ०७÷०७२ च.न.५९२४ अनुसार ‘विभागले ई–रिक्सा सम्बन्धमा गरेको परिपत्रहरुको आधिनमा रही उक्त रिक्सा दर्ता तथा सञ्चालन गर्ने व्यवस्था मिलाउनहुनु सो नभए के कति कारणले दर्ता गर्न नमिल्ने हो सो को कारण खुलाई कार्यालयको राय सहित लेखि पठाउनुहुनु आदेशानुसार अनुरोध छ ।’ भनेर पत्र काटेको छ । तर यातायात व्यवस्था कार्यालय(सवारी) लुम्बिनीले पश्चिम नेपाल बस व्यवसायी संघको च.न.२०८७ ÷२०७२, बैशाख २७ गतेको पत्रलाईलाई आधार मानेर पश्चिम नेपाल बस व्यवसायी संघ र ई–रिक्सा व्यवसायी समितिका विचमा आपसी विवाद भएकोले दर्ता गर्न नसक्ने जनाएको छ ।
ई–रिक्सा व्यवसायी समितिका अध्यक्ष केशवराज रानाले आफुहरुको विचमा कुनै विवाद नभएका ेमा यातायात व्यवस्था कार्यालय लुम्बिनीले पश्चिम नेपाल वस व्यवसयायी संघको ठाडो आदेशमा ई रिक्सा दर्ता नर्ग नमानेको आरोप लगाएका छन् । उनले भने–‘हामीहरुका विचमा कुनै विवाद नहँुदापनि पश्चिम नेपालको पत्रका आधारमा मन्त्रालयको निर्देशनलाई समेत अस्वीकार गर्ने काम गरेको छ ।’

यस क्षेत्रमा वातावरणमैत्री विद्युतबाट चल्ने रिक्सा सञ्चालनको लागि मन्त्रालयले स्वीकृत प्रदान गसिकेकोमा यातायात व्यवस्था कार्यालय लुम्बिनी (सवारी) लाई पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेलले हस्ताक्षर गरेको पत्रमा यातायात व्यवस्था ऐन २०४९ को दफा ८२ अनुसार लुम्बिनी विकास कोषका परियोजना लागू गरिएका क्षेत्रमा दर्ता एवम् सञ्चालन अनुमती नदिई सहयोगका लागि अनुरोध । ’ भनेर उल्लेख गरिएको छ ।
लुम्बिनी ई–रिक्सा व्यवसायी समितिका महासचिव प्रेम थापा मगरले राज्यले तोकेको मापदण्डलाई पुर्ण रुपमा पालना गरि दर्ताका लागी प्रक्रिया बढाउदा यातायात ब्यावस्था विभाग केन्द्रको निर्देशन समेत समेत अटेर गर्दै यातायात ब्यवस्था कार्यालय, लुम्बिनीले गैर जिम्मेवारपूर्ण प्रस्तुत भएको आरोप लगाए ।
उनले यातातायात व्यवस्था कार्यालय लुम्बिनीले पश्चिम नेपाल बस ब्यवसायी संघको निर्देशनमा आफुहरुको ई रिक्शा दर्ता प्रक्रियालाई रोक्ने काम गरेको भन्दै यसको आईतबार अदालत जाने तयारी गरिएको जानकारी दिए ।
रिक्शा ब्यावसायी संघका अध्यक्ष कृष्ण तिवारीले हाल सञ्चालनमा आएका रिक्सा विस्तापित गर्ने र नयाँ ई–रिक्सा स्थापना गर्ने आफ्नो अभियानलाई यातायात व्यवस्था कार्यालय लुम्बिनी वाधक बनेको आरोप लगाएका छन् ।
बुटवलमा अहिले १ हजार ९ सय ३५ रिक्शाहरु विस्थापित भएर दुई सय २५ ई–रिक्शा संचालनमा आएमा ट्राफिक ब्यवस्थापनमा समेत सहज हुने उनको भनाई रहेको छ ।
एउटा ई रिक्शाको करीब तिन लाख १५ हजार रुपैया पर्ने गर्दछ भने हाल रुपन्देहीमा ३ सय ५० वटा ई रिक्शाहरु भित्रिसकेको छ 

Read more: http://sajhasabal.com/rupandehi/news/773137829827#ixzz3aHWvWdn8

https://www.youtube.com/watch?v=prfzpKNIm2w


Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती