आगोले पोलेको उपचार गर्न १ महिना ६ दिन

कृष्ण खनाल
बुटवल, ३० बैशाख । 
भैरहवाको बर्मेलीटोलमा रिक्सा चलाए
र गुजारा चलाउदै आएका अबुल रज्जाकलाई यस्तो विपत्ती आउला भने कल्पना नै गरेका थिएनन् । विहान सबै देखि साझा सम्म रिक्सा चलायो , रिक्सा कम्पनीलाई भाडा बुझायो अनि बचेको पैसाबाट विहान साझँको छाक टार्दै आएका थिए  । एक महिना अगाडी  रज्जाक बस्ने घरमा विद्युत जोडिएको थिएन्, मट्टीतेलको सहायतकाले बत्ती(टुकी) बालेर  रात कटाउदै आएका थिए । त्यस दिन साझको समय दिनभर रिक्सा चलाएर घरमा पुगेका उनी छोरीलाई  टुकी बाल्न लगाए । 
butwal today daily , 2072, 01, 30 
 केही अग्लो स्थानमा रहेको टुकी उनीकी छोरी खुस्बु निसाँधले के बालेकी थिईन्, उनमाथि नै मट्टीतेल सहित टुकी घोप्टीयो । उनको कम्बर भन्दा मुनीको सबैजसो भाग आगोले जल्यो । तत्काल रिक्सामा राखेर भैरहवामा रहेको भिम अस्पतालमा लगे । त्यहा २ दिन सम्म राखेपछि उनलाई उक्त अस्पतालले लुम्बिनी अञ्चल अस्पताल बुटवलमा रिफर ग¥यो । अहिले आगोले जलिकी निसाधको लुम्बिनी अञ्चल अस्पताल बुटवल गल्लिमीमा उपचार गराईरहेकी छिन् । 
‘आज १ महिना ६ दिन भयो, डाक्टरले हेर्न छोडे, के गर्ने गरिब हजुर १५ हजार भन्दा बढि खर्च भईसक्यो ।’–पिडीत बालिकाक बुबुा अबुल रज्जाकले बुधवार संवाददाता संग भने । उनले थपे–‘गरिब हुँ उपचारको लागि अन्त मेडिकल लैजान सक्दीँन, आफ्ठारो परेको छ ।’
 लुम्बिनी अञ्चल अस्पताल बुटवलको यो एउटा उदाहरण मात्र हो । समयमा डाक्टर नआउने र विरामीहरुलाई कति समय राख्ने भन्ने विषयमा जानकारी नै नदिँदा गरिव र विपन्न विरामी र आफन्तहरु प्रभावित भएका छन् । यसको साथै अस्पतालका विभिन्न स्थानमा ‘रकम तिर्न सक्ने व्याक्तिले निशुल्क सेवा लिन मिल्दैन, निशुल्क सेवा लिनु यस्ता अति गरिव, अपाङ्ग, घरवार विहिनहरुको भाग खोस्नु हो । असर्थ सभ्य नागरिक भई शुल्क तिर्ने बानी बसालौ । असाहयलाई सहयोग गरौ ।’ भनेर दर्जन भन्दा बढि ठाँउमा ‘नोटीस’ टाँसीएको छ । तर अस्पातालको काउन्टरमा बस्ने व्याक्ति र डाक्टर समेतले यस्तो कुरामा हेक्का राख्ने गरेको पाईदैन । 
गरिब र विपन्न र अपाङ्गता भएका व्याक्तिहरुलाई निःशुल्क सेवा प्रदान गर्ने नेपाल सरकारको निर्णयलाई समेत अस्पतालका कयौ कर्मचारीहरुले ‘खै’ विल भन्दै सेवा नै प्रवाह नगरेका दृश्यहरु समेत बुधवार देखिएको थियो । 
यता, लुम्बिनी अञ्चल अस्पताल बुटवलका मेडिकल रेडर्कर अधिकृत तथा सुचना अधिकारी लक्ष्मीराज रेग्मीले अस्पताल बाट निःशुल्क सेवा लिनको लागि अस्पताल विकास समितिले निर्धारण गरेको फारम भर्नुपर्ने र कुन विभागको विरामी हो  त्यो विागबाट सिफारिस आएपछि अस्पताल विकास  समितिले  निशुल्क  सेवाको लागि सिफारिस गर्ने प्रवधान रहेको जानकारी दिए । बुटवल टुडे संगको कुराकानीमा उनले भने–‘करिव ३१ प्रतिशत बेबारिसे, गरिब , विपन्नर अपाङ्गता भएका व्याक्तिहरुले सेवा लिएका छन् ।’
  सुचना अधिकारी रेग्मीले यसो बताएपनि अस्पतालमा आउने अधिकांस गरिब, विपन्न र अपाङ्गता भएका व्याक्तिहरुलाई निशुल्क सेवा पाईन्छ भन्ने विषयमा जानकारी नै  नहुने गरेको छ । आफ्नो छोरीको उपचारका लागि आएका रज्जाकले पनि आफुलाई कुनै जानकारी नभएको बताए । 

तस्वीरः अस्पतालको गल्लीमा १ महिना ६ दिन देखि छोरीको उपचारको लागि बसेका रज्जाकको परिवा / तस्वीरःकृष्ण खनाल÷बुटवल 







Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती