गाउमै विशेषज्ञ डाक्टार पाउँदा गाउले दङ्ग

कृष्ण खनाल
बुटवल, ६ जेठ । 
पाल्पा जिल्लाको देवीनगर गाविस–१ मकानकी ३६ बर्षिय तिलीशरा ढेंगा मगर को रिङ्गटा लाग्ने, हिड्दा धेरै थकाल लाग्ने लगायतका समास्या थिए । उपचारको लागि नजिकैको केही मेडिकहरुमा गएपनि उनी पुर्णरुपमा निको हुन सकेकी थिईनन् । ‘बाटोमा हिड्दा कसैले पछाडीबाट घुचुटेको(धकेलेको) जस्तो लाग्छ ।’ बुधवार सोही गाविसको कार्यालयमा आयोजना गरिएको निःशुल्क स्वाथ्य शिविरमा आएकी उनी भन्दैथिईन्–‘नशाको रोग भन्नु भा’छ डाक्टरले औषधी दिनुभएको छ, खान्चु, अनि के हुन्छ फेरी थाहा होला ।’ काखमा सानो बच्चा बोकेर आएकी उनी एक ग्रामिण महिला हुन । उनी संगै आप्mनो नातीतिनको उपचारको लागि आएकी लालमती ढेंगा मगरले पनि सधै चुलो चौकामा काम गर्दा ठिक्क हुने र उपचार गर्न टाढा जान नसक्ने अवस्था रहेको बताएकी  थिईन् । 
अधिकांस ग्रामिण महिलाहरुले घरेलुकामहरु, जस्तै खाना पकाउने, भाडा भाझ्ने लगायतका गाई बस्तु चराउने, पानी र घाँस दाउरा बोक्ने गर्दछन् । यस्ता ग्रामिण महिलाहरुमा कमजोरीको कारण हुने असरहरु, जस्तै ढाड दुख्ने, रिगंटा लाग्ने, थकाई लाग्ने लगायतका समास्याहरु बढि मात्रमा देखिने गरेको डा. सुवोध कुमार पाण्डेयको भनाई रहेको छ । उनी भन्छन्–‘स्वाथ्य नै पहिलो धन हो, तर सानो सानो कुराहरु लुकाएर बस्नु हुदैन, समयमा नै उपचार गर्नु आवश्यक छ ।’  अधिकांस ग्रामिण महिलाहरुमा प्रजनन् स्वाथ्य सम्बन्धी समस्या हुने तर लाजको कारण उनीहरु समाजमा खुल्न नसक्ने उनको तर्क थियो । 
पाल्पा जिल्लाको  तानसेन देखि ४३ किलोमिटर टाढा रहेको उक्त गाविसमा पहिलो पटक विशेषज्ञ सहितको सेवा  निशुल्क रुपमा प्रदान गरिएको   पुर्व गाविस अध्यक्ष रिम प्रसाद श्रेष्ठ बताउछन् । सिद्धार्थनगर सिटी हस्पिटल प्रालिको आयोजनामा भएको उक्त स्वाथ्य शिविरमा अधिकांस ग्रामिण महिलाहरु नै सहभागी थिए । पुर्व गाविस अध्यक्ष श्रेष्ठ भन्छन्–‘यो प्रकारको स्वाथ्य शिविरहरु पटक पटक आयोजना गर्नु पर्दछ, जसले गर्दा केही हद भएपनि स्वाथ्य समस्याहरुमा कमि आउछन् ।’
विगत लामो समय देखि प्रध्यापन पेशामा रहेको देवीनगर गाविसमा रहेको मातृभुमी उच्च माविका प्राचार्य मेहरमान थापा भन्छन्–‘ग्रामिण क्षेत्रका महिलाहरुमा अझै पनि  स्वाथ्य प्रति बफादार हुनु पर्दछ भन्ने चेतनाको कमी रहेको छ ।’ उनले बेला बेलामा ग्रामिण महिला र स्थायिहरुलाई जम्मा गरेर सरकारी स्तरबाट नै गोष्टी, सेमिनार तथा जनचेतनामुलक कार्यक्रम  राखेर उनीहरुलाई स्वाथ्य सम्बन्धी सचेतना फैलाउन सकेमा राम्रो हुने उनको तर्क रहेको छ । 
यता, देवीनगर उप स्वाथ्य चौकी पाल्पाका ईन्चार्ज निलकण्ठ उप्रेतीका अनुसार गाउमा स्वाथ्य सेवाको अवस्था सुधारउन्मुख रहेको बताउछन् । उनी भन्छन्–‘केही हदसम्म महिलाहरुमा  सचेतनाको विकास भएको छ ।’ उनी थप्छन्–‘निशुल्क रुपमा आयोजना गरिएको स्वाथ्य शिविरमा भएपनि त उहाँहरु(महिला) आउनु भएको छ, आफ्नो समस्या भन्नु भएको छ, यो सकारात्मक कुरा हो ।’ ग्रामिण भेगका स्थानिय पुरुषहरुमा  सुगरको समस्या, दमको समस्या हुने गरेको पाईएको छ । 
तस्वीरः पाल्पाको देवीनगर गाविसमा आयोजना गरिएको निःशुल्क स्वाथ्य शिविरमा आएका महिलाहरु । तस्वीरःकृष्ण खनाल÷बुटवल

निःशुल्क मृगौला परिक्षण तथा स्वाथ्य शिविर
बुटवल, ६ जेठ । सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि. बुटवल शाखाको आयोजनामा पाल्पाका जिल्लाको ग्रामिण गाविस– देवीनगरमा  एक दिने निःशुल्क मृगौला परिक्षण तथा स्वाथ्य शिविर सम्पन्न भएको छ । स्थानिय समाज उत्थान सहयोग केन्द्रको संयोजनमा भएको  स्वाथ्य शिविरमा करिव २ हजार बढि स्थानियले स्वाथ्य परिक्षण गराएको सिद्धार्थनगर सिटी  हस्पिटल प्रालिका निर्देशक अर्जुन पौडेले जानकारी दिए । स्थाथ्य शिविरको  बुधवार एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको थियो । 
समाज उत्थान सहयोग केन्द्रका अध्यक्ष मेहरसिंह थापाको अध्यक्षतामा भएको कार्यक्रममा सिद्धार्थनगर सिटी हस्पिटल प्रालिका अध्यक्ष तथा बरिष्ठ मृगौलारोग विशेषज्ञ डा. सुवोध कुमार पाण्डेय, देवीनगर गाउ विकास समितिका सचिव तथा अध्यक्ष कमल लम्साल, पुर्व गाविस अध्यक्ष रिम प्रसाद श्रेष्ठ,  मातृभुमी उच्च माविका प्राचार्य मेहरमान थापा लगायतले पहिलो पटक विशेषज्ञ सेवा सहित आयोजना गरिएको स्वाथ्य शिविरबाट हजरौ स्थानिय लाभांवित भएको भन्दै आगामी दिनमा पनि यस्तै प्रकारको शिविर आयोजना गर्नुपर्नेमा  जोड दिएका थिए । गाविस सचिव कमल लम्सालले सरकारी स्तरबाट  बेला बेलामा हुनुपर्ने स्वाथ्य शिविर नीजि क्षेत्रको हस्पिटलले आयोजना गर्नु आफैमा सहरानीय कार्य भएको बताएका थिए भने विशिष्ठ अतिथी पुर्व गाविस अध्यक्ष रिम प्रसाद श्रेष्ठले रोग लागेपछि उपचार गर्नु भन्दा पनि रोग लाग्नबाट कसरी बचिन्छ भन्ने विषयमा ख्याल गर्नुपर्ने धारणा राखेका थिए । 
स्वाथ्य शिविरमा बरिष्ठ मृगौला रोग विशेषज्ञ डा. सुवोध कुमार पाण्डेय र बरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. श्याम सुन्दर कडेरियाले स्थानियको स्वाथ्य परिक्षण गरेको र औषधी निशुल्क वितरण गर्नुको साथै ल्याव टेष्ट समेत निशुल्क गरिएको सिद्धार्थनगर सिटी हस्पिटल प्रालि बुटवल शाखा प्रमुख राजीव केसीले जानकारी दिए । 
तस्वीर संलग्न छ । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती