ब्रेलमा परनिर्भरता हटाउन ‘ट्याब प्रविधी’

कृष्ण खनाल
बुटवल, १० जेठ । 
मध्यपश्चिमाञ्चल विकास क्षेत्रको विकट जिल्ला कालिकोटबाट काठमाण्डौ गएर उच्च शिक्षा अध्यययन गर्दै गरेकी पुर्ण दृष्टिविहिन विद्यार्थी नन्दा सिंहले अध्ययनको क्रममा थुपै्र ठक्कर खानुप¥यो ।  ाठमाण्डौमा रहेको नेत्रहिन पुर्नस्थापना कार्यक्रम अन्र्तगतको महिला छात्रावासमा बसेर उनी पशुपती उमाविमा कक्षा १२ मा पढ्दै आएकी छिन् ।  कहिले ब्रेल पेपरको अभाव त कहिले ब्रेल पुस्तकको अभाव र कहिले अडियो पुस्तक को अभाव । यस्तै अभाव झेल्दा झेल्दै कक्षा १२ सम्म पुगेकी सिंह ले अव भने त्यस्तो अभाव को सामना गर्नुपर्ने छैन । 
 कारण अब उनको हातमा विशेष प्रविधि भएको ट्याब्लेट प्राप्त भएको छ । कक्षा ९ सम्म पढ्दा दातृ निकायले उपलब्ध गराएको ब्रेल पुस्तकबाट अध्यन गरिकी उनी कक्षा ११ र १२ मा भने अडियो पुस्तकबाट अध्यायन गर्दै आएकी थिईन् । ति पुस्तका प्राप्त मात्रमा थिएनन् । अव उनलाई न त रेकर्ड गरिएका पुस्तक नै आवश्यक हुनेछन् न त कुनै ब्रेल पुस्तक नै  । 
अपाङ्गता अधिकार र विकासका लागि कृयाशिल नेपाल नामक दृष्टिविहिनरुकै गैर सरकारी संस्थाले उनी जस्तै नेपालभर अध्ययन गरिरहेका १ सय जना दृष्टिविहिन विद्यार्थीहरुलाई विशेष प्रविधि जडान भएको ट्याब्लेट वितरण अभियान जारी राखेको छ । सोही अनससार बुटवलमा शनिवार ‘यसर’कम्पनीको दृष्टिविहिन विद्यार्थीहरुको लागि लक्षित गरेर निर्माण गरिएको ट्वालेट  प्रदान गरेको छ । 
ट्याब्ले प्राप्त गरेपछि उनले सिंहले भनिन्–‘अवअध्ययनको लागि मलाई ब्रेल आवश्यक पर्ने छैन भने ईन्टरनेटमार्फत पुस्तका डाउनलोड गरेर अध्ययन गर्ने छु । ’ उनले थपिन्–‘शब्दमा भएका कुराहरुले समेत यो प्रविधिले अडियोको रुपमा रुपान्तरण गर्ने भएपछि अझ पढाई राम्रो होला भन्ने आशा लिएकी छु ।’
उनीजस्तै बुटवलबहुमुखी क्याम्पस बुटवलमा विएड दोस्रो बर्षमा अध्ययनरत विद्यार्थी रामप्रसाद पौेडेलको पिडापानि नन्दाको भन्दा कमछैन । लो भिजन (न्युनदृष्टिविहिन) भएका उनी आँखामा कडा खालको लेन्स लगाएर अध्ययन गर्दै आएका छन् । उनी भन्छन्–‘कहिले ग्लास लगाएर पढ्ने तर कहिले आँखामा लेन्स प्रयोग गरेर पढ्दै आएको थिए, अत्यन्तै ग्राहो हुन्थ्यो ।’ उनले अध्ययनको लागि आँखामा लेन्स जुधाउँदा झनै अफ्ठारो व्यहोर्नु परेको गुनासो समेत सुनाए ।  विदेशमा ट्याव मार्फत दृष्टिविहिनहरुले अध्ययन गरेको सुनेकाउनी शनिवार आफै विशेष प्रविधि जडित ट्याव्लेट पाउदा दङ्ग थिए । उनी भन्दै थिए –‘कहिले काँही कम्प्युटबाट अडियोमापनि पढ्दै आएको थिए, तर यसमा झन लेखिएका कुराहरु अडियोको रुपमा बोलेर सुनाउने हुँदा थप उत्साहित भएको छु । ’
उनी जस्तै यस क्षेत्रका १० जना विद्यार्थीहरुले अव अफ्नो अध्ययनको लागि त्यहि विशेष प्रविधि जोडिएको ट्याव प्रयोग गर्ने छन् ।  
अपाङ्गता अधिकार र विकासका लागि कृयाशिल नेपालका संस्थापक अध्यक्ष तथा राष्ट्रिय अपाङ्गमहासंघ नेपाल पुर्व केन्द्रीय अध्यक्ष विरेन्द्रराज पोखरेलका अनुसार उक्त ट्याब्लेट खरिदको लागि बौद्धिक सम्पत्ती नामक संस्थाले स्वीजल्याण्डबाट उपलब्ध गराएको हो । नेपालका विभिन्न स्थानमा रहेका दृष्टिविहिन विद्यार्थीहरुको लागि १ सय वटा ट्याब्लेट वितरण गर्ने योजना अनुसार नै उक्त ट्यावलेट वितरण गरिएको हो । अध्यक्ष पोखरेल भन्छन्–‘दृष्टिविहिनहरुमा ब्रेलको परनिर्भरता हटाउनको लागिपनि यो माध्यम सहज हुनेछ ।’
ब्रेल किताब महङ्गो पर्ने र जुन सुकै किताबको बे्रेल समेत समयमा नै उपलब्ध नहुने भएको कारणले गर्दा पहँुच युक्त विधाको रुपमा ट्याब्लेट विकास गरिएको बताइएको छ । नेपालमा दिन प्रतिदिन यसको प्रयोगर माग बढ्दै गएको छ । नेपालमा यसको सफल प्रयोगपछि अहिले बंगलादेश र श्रीलंकामा पनि सुरु गरिएको जनाइएको छ । एन्डोईड एप्लीकेशन भएको यसलाई दृष्टिविहिनता भएका विद्यार्थीहरुको लागि प्लेटफर्मको रुपमा लिइएयको छ । 
विद्यार्थीहरुको पढाई दक्षता अभिबृद्धिको लागि उक्त संस्थाले कक्षा ९ देखि एम्.ए. सम्मकालागि यस्तो प्रकारको ट्याव निःशुल्क रुपमा वितरण गर्दै आएको छ । 
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल क्षेत्रीय सदस्य खोमराज शर्मा भन्छन्–‘कक्षा १ देखि ८ कक्षा सम्म सरकारले नै निःशुल्क ब्रेल पुस्तक प्रदान गरेको छ । माथिल्लो कक्षाको लागि लक्षित गरेर यो प्रविधी भित्रीएको हो ।’  बुटवलमा २३ जना दृष्टिपविहिन विद्यार्थीहरुले निवेदन दिएकोमा १० वटा विद्यार्थीहरुले ट्याब्लेट पाएका छन् भने काठमाण्डौमा ४० जना, विद्यार्थीहरुलाई प्रदान गरिएको छ । पाल्पामा १२ जना, पोखरमा २० जना विद्यार्थीहरुलाई केहि दिनमै प्रदान गरिने संस्थाले जनाएको छ । 
नेपाली किताव र अंग्रेजी किताबहरु पनि पढ्ेर ‘डेजी’ नामक सफ्टवेरले अडियोको रुपमा विद्यार्थीहरुलाई पु¥याउछ । अनि विद्यार्थीहरुले सजिलै पढ्न सक्छन् । नेपालमा सन् २००४ मा यो प्रविधिी भित्रीएको पाईन्छ । 
 यो प्रविधि नहुँदा दृष्टिविहिनहरुले ३ सय पेजको किताव १० वटा भन्दा बढि क्यासेटमा रेकर्ड गरेर पढ्ने गर्दथ भने जसको लागि करिव १० घण्टा समय लाग्ने गर्दथ्यो र पेज पल्याउन अफ्ठारो हुन्थो तर यो सफ्टवेरले आफै पेज पल्टाएर अडियोको रुपमा जुन पेज पढ्न खोजेको हो त्यहि पढ्न सकिन्छ । 
कम्प्युटरमा भएको शब्दलाई आवाजको रुपमा तयार गरेर सुन्न सकिन्छ भने कम्प्युटरबाट पनि सिधै अडियोमा ल्याउन सकिन्छ ।  टेक्स टु ईन्जीन अन्र्तगत नेपाली अंग्रेजी र हिन्दी भाषामा समेत विद्यार्थीहरुले सुन्न सक्छन् । 
तस्वीर  ट्याबलेट चलाउन सिक्दै दृष्टिविहन विद्यार्थीहरु । तस्वीरःकृष्ण खनाल/ बुटवल । 
===================
बक्स समाचार 
दृष्टिविहिन विद्यार्थीहरुलाई १० वटा निःशुल्क ट्वालेट
बुटवल संवाददाता
बुटवल, १० जेठ ।
 अपाङ्गता अधिकार र विकाशका लागि कृयाशिल नेपालको आयोजना र नेपाल दृष्टिविहिन उत्थान संघ रुपन्देहीको स्थानिय संयोजनमा दृष्टिविहिन विद्यार्थीहरुको लागि अध्यायनमा सहजता प्रदान गर्ने उदेश्यले विशेषप्रविधी जडीत १० वटा ट्याब्लेट निःशुल्क वितरण गरिएको छ ।  शनिवार बुटवलमा एक कार्यक्रमको आयोजना गरी उक्त संस्थाले यस जिल्लामा रहेर विभिन्न तहमा अध्यायन गर्ने  १० जना दृष्टिविहिन विद्यार्थीहरुलाई एसिएर कम्पनीको ट्वालेट वितरण गरेको हो । 
संस्थाका संस्थापक अध्यक्ष तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका  पुर्व केन्द्रीय अध्यक्ष विरेन्द्रराज पोखरेलको अध्यक्षतामा भएको ट्याव्लेट हस्तान्तरण कार्यक्रममा संस्थाका कोषाध्यक्ष सुगम भट्राई,राष्ट्रिय अपाङ्ग महासंघ नेपाल क्षेत्रीय सदस्य खेमराज शर्मा, दृष्टिविहिन उत्थान संघ रुपन्देहीका अध्यक्ष तथा  अपाङ्गता उत्थान जिल्ला संमन्वय समितिका पुर्व उपाध्यक्ष हुमनाथ अधिकारी, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेर बहादुर केसी लगायतको आतिथ्यता रहेको थियो । 
नेपालभर दृष्टिविहिन भएका १ सय जना विद्यार्थीहरुलाई निःशुल्क  ट्याब्लेट वितरण गरिने कार्यक्रम अनुसार बुटवलमा १० वटा वितरण गरिएको हो ।  दृटिविहिन विद्यार्थीहरु राम प्रसाद पौडेल, ऋषिराम विसी, निर्मल पौडेल, पवित्रा विसी, जीवन पोखरेल, दामोदर बिसी, कृष्ण प्रसाद ढकाल, अनिता सिग्देल, शंकर रेग्मी र अभिसेक सिग्देललाई निःशुल्क ट्याब्लेट प्रदान गरिएको हो । उक्त कार्यक्रममा ट्याब्लेटको प्रयोग र उपयोगीताबारेमा राष्ट्रय अपाङ्ग महासंघका पुर्व अध्यक्ष विरेन्द्र राज पोखरेल, क्षेत्रीय सदस्य खोमराज शर्मा, र  राजेन्द्र सुवेदी लगायतले प्रशिक्षण दिएका थिए ।  सोही कार्यक्रममा नेपाल दृष्टिविहिन उत्थान संघ रुपन्देहीको आयोजनामा जिल्ला विकास समिति रुपन्देही र महिला विकास कार्यलय रुपन्देहीको आर्थिक सहयोगमा ६ जना दृटिविहिनहरुलाई सेतो छडी वितरण गरिएको थियो । उक्त संस्थाले आगामी दिनमा सिविआर कार्यक्रम अन्र्तगत बैशाखी, आई ग्लास,  हेरिङ्ग एड लगायत प्रदान गर्ने जनाएको छ । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती