फुच्चे गाविस सचिवको सफलता : २१ बर्षमा साढे २ हजारको सेवक

कृष्ण खनाल
 बुटवल, ९ जेठ । 

पाल्पा जिल्ला सदरमुकाम देखि ४३ किलोमिटर टाढा रहेको छ  देवीनगर गाविस ।  २ हजार ९ सय ८९ जना मानिसको बसोबास रहेको छ । सोही मानिसहरुको प्रशासनिक सेवामा सहयोगीको  भुमिका निर्वाह गरेका छन् एक २१ बर्षिय किशोरले ।  ति २१ बर्षिय किशोर हुन  गाविस सचिव कमल लम्साल । गुल्मी जिल्लाका घमिर गाविस वडा नं. २ स्थायी घर भएका लम्साल २०७१ असोज २७ देखि देवीनगर गाविसमा गाविस सचिवको रुपमा कार्यरत रहेका छन् । ६ सय २८ घर धुरी रहेको उक्त  गाविसमा  पुरुष १ हजार ३ सय २४ र महिला १ हजार ६ सय ६५  गरी कुल २ हजार ९ सय ८९ जना मानिसको बसोबास रहेको छ । 
२०७० साल माघ महिनाको २१ गते  पाल्पा जिल्लाकै बाकवान गाविसबाट गाविस सचिवको काम सूरु गरेका उनी २०७० सालमा लोकसेवा  आयोग  उत्र्तिण गाविस सचिव बनेका हुन । गाउमा हुने जुन सुकै कार्यक्रममा उनी प्रमुख अतिथीको रुपमा आमन्त्रीतहुने गर्दछन् । 
गाउका स्थानियका विचमा परिचित भएपनि अन्य स्थानबाट जाने जो कोही पनि पपिहला उनी नै गाविस सचिव हुन भनेर पत्याउन  ग्राहे हुन्छ । 
स्नातक तह अध्यायन गर्दै गरेका उनी पहिलो पटका काठमाण्डौमा बसेर लोक सेवाको तयार गरेका थिए । तर पहिलो पटकमा नाम ननिस्कीएपनि उनी  हरेश खाएन् । उनी भन्छन्–‘ट्युसन तथा अन्य कुनै क्लास लिएको  थिएन, पहिलो पटक नाम निस्कीएन, तर दोस्रो पटक नाम निकाल्न सफल भए ।’
पढाईमा लगाव भएका विद्यार्थीहरुले एब बर्ष सम्म राम्रो संग अध्ययन गरेमा सफल भईने उनको भनाई रहेको छ । ‘अरुले जस्तो घोकेर  पढ्नु भन्दा आफुलाई सम्झीने तरिकाबाट पढ्दा सहिजलो हुन्छ ।’–उनी भन्छन् । 
उनले थपे –‘क्याम्पस सैलीमा नै पढेको हो , नाम निकाल्न सफल भए ।  दोस्रो पटकमा लोक सेवा आयोग मार्फत खरिदार पदमा नाम निकालेका लम्साल अहिले  नायव सुब्बाको समेत तयारी गरिरहेका छन् । 
अन्र्तरवार्ता दिँदा धेरै डर लागेको बताउने उनी भन्छन्–“सुरुमा डर लाएको थियो तर मेरो पढाईको विषयमा नै प्रश्नहरु सोधिएकोले सहज भयो ।’ पहिलो पटका गाउमा गाविस सचिव भएर आउँदा डर लागेको  उनको अनुभव रहेको छ ।‘कार्यालय  सहकायकहरु र अन्यबयाट कामको अनुभव साटा साटा गरेर अगाडी  बढियो ।’– उनी भन्छन् ।  साच्चै मिहिनेत गरेर अध्यायन गरेमा असंभव भन्ने कुरा नभएको भन्दै उनले सानो उमेरमा पनि पढाईमा लगावका साथ अगाडी बढेमा सफल हुने उनको धारणा रहेको छ । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती