हाटबजारको व्यवापारबाट डिग्रिको प्रमाणपत्र

कृष्ण खनाल
बुटवल, २७ बैशाख ।

संगै पढेका साथीहरु कोही बैंकको जागिरे भए, कोही कलेजका लेक्चरर त कोही संस्थाका प्रमुख । यस्तो अवस्था देखेका कृष्ण चौहान क्षेत्रीको मन कुडिएर आयो । कारण आर्थिक अभावकै कारण स्नातक तह पुरा गर्ने पनि मास्टर्स (स्नाकोत्तरतह)मा भर्ना हुन सकेका थिएन्न ।  २०५७ सालमा साउन १ गते देखि उनले एउटा विकल्प रोजे । त्यो विकल्प थियो हाटबजारको व्यवसाय ।
 २०६१ सालमा लुम्बिनी बाणिज्य क्याम्पसमा एमविएसमा भर्ना भए । विहान क्याम्पसको पढाई दिउँसको समयमा हाटबजारको व्यवसाय हुदै अगाडी बढेका उनलाई हाटबजार व्यवसायबाट नै सफलता मिल्यो । कक्षा १ देखि १० कक्षा सम्म कालिका उच्च मावि बुटवल–१२ कालिका नगरमा अध्ययन गरेका उनी अहिले हाटबजार व्यवसायीको सदस्यहरुको लागि आर्थिक उपार्जन गर्न खोलिएको शसक्त बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भएका छन् भने आधा दर्जन बढि संघ संस्थाका विभिन्न पदम रहेका छन् । शिक्षण पेशामा लागेर अहिले हाटबजार व्यवसाय छोडेका उनले नेपाल स्वयम सेवी रक्तदाता समाज रुपन्देहीको अध्यक्षमा छन् भने आफै ४३ पटक रक्तादान समेत गरेका छन् ।  हाटबजार व्यवसायीका प्रेरेणाका स्रोतको रुपमा समेत चौहानको नाम अगाडी आउँछ ।
ट्रकमा सामान लोड गरेर विभिन्न स्थानमा लाग्ने हाटबजार लैजाने र सामान विक्रि गर्ने गरेका उनले थान कपडाको व्यापार बाट सुरु गरेका थिए । उनी भन्छन्–‘क्लेज नपढाउन सम्म २०६५ साल सम्म म हाटबजारमा नै व्यवसायी गरेका थिएँ । ’
 करिव १ लाख ७० हजार रुपैया लागतबाट सुरु गरेका उनी सोही व्यवसायबाट नै अहिले बुटवलमा सानो भएपनि बुटवलको शुख्खानगरमा घर किनेका छन् भने ६ वटा  सामान ढुवानी गर्ने टाटा गाडी (छोटाहात्ती) पनि किनेका छन् ।  २०६५ बाट ग्लोरियस कलेजबाट अध्ययपन सुरु गरेका उनले क्यानन् उमावि, अक्सफोर्ड कलेज, नविन औद्योगीक  उमावि हुदै अहिले एभरेष्ट उच्च माविको प्लस टु संयोजक बनेका छन् ।  ५१ सालमा प्रवेशिका परिक्षा दिएका उनी भन्दछन्,–‘हाटबजारमा  कारोबार हुने रकम जम्मा गर्नु पर्दछ भनेर हामीले २०६५ असार ३१ मा तत्कालीन जिल्ला अध्यक्ष प्रकास खनालको संक्रियतामा  सहकारी खोलेका हौ ।’ जसमा अहिले अधिकांस हाटबजार व्यवसायी सदस्य रहेका छन् ।
 उनको घरमा दाई, आमा, श्रीमती, दिदी र २ वटा छोरी रहेका छन् । पुखौली घर बैतडी भएका चौहानको परिवारमा हाटबजार व्यवसायबाट नै परिवर्तनको सुुरुवात भएको हो । श्रीमती पनि अहिले बैंकको जागिरे छन् ।  अहिले शसक्त बचत तथा ऋण सहकारीका अध्यक्ष रहेका उनी,  नेपाल स्वयमसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष, तिलोत्तमा जेसिज महासचिव, लुम्बिनी साना तथा मझौला व्यवसायी संघ रुपन्देहीको सह सचिव, मानवअधिकार तथा शान्ती समाजको  स्वाथ्य संयोजक र भुपु विद्यार्थी समाज कालिका उच्चमाविका सचिव र रक्त सञ्चार सेवा केन्द्र(ब्लडबैंक)को बोर्ड सदस्य समेत रहेका छन् ।
 लेखा विषयमा अध्यायपन  गराउदै आएका उनी भन्छन्–‘ हाटबजार व्यवसायी संगै पढाईले गर्दा सफल भईयो, व्यवसाय गर्न धेरै सजिलो छ । महङ्गोमा सटर  लिनु नपर्ने र खर्च सिमित हुने भएको कराणले पनि आर्थिक व्यवस्थापन गर्न सकेमा राम्रो आम्दानी हुन्छ ।’
‘मैले त्यहि हाटबजारमा दैनिक ६५ हजार सम्मको कपडा बेच्दथे, तर अहिले सिजनको बेलामा कहिलेकाही १ लाख सम्मको पनि व्यवसायहिरुले सामान विक्रि गर्ने गरेको मैले सुनेकोछु, जसबाट १० प्रतिशत मात्र  नाफा कमाउन सकेकम राम्रो आम्दानी हुन्छ ।’  व्यवसायीहरुले उधारोमा सामान खरिदगरी नगदमा बेच्न पाउने अवसरको कारण पनि व्यवसायीक सफलता हाता पर्ने उनको धारणा रहेको छ ।
सोही व्यवसायबाट पुर्व अध्यक्ष प्रकाश खनाल ले होलसेल पसल सुरु गरेका छन् भने पुर्व अध्यक्ष टिकाराम पौडेल  बाबुराम पोखरेल होलसेल पसल र विभिन्न संघ संस्थानमा  व्यवसायीक लगानी गरेका छन् ।  रुपन्देहीमा हाटबजारमा भौतिक पुर्वाधारको अभाव भएको बताउदै उनले नगरपालिकाले भौतिक पुर्वाधारमा निर्माणमा ध्यान दिनुपर्ने उनको धारणा रहेको छ ।  स्वयम सेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष समेत रहेका चौहान ले ४३ पटक सम्म रक्तदान  गरेका छन् भने संस्थाले १५ सय बढि युनिट रक्तसंकलन गरिसकेको छ ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती