सडकमा बार लागेपछि भित्री बाटोमा माईक्रो

कृष्ण खनाल
बुटवल, १२ जेठ ।
बुटवलल–वेलहिया सिक्सलेन सडक निर्माण संगै सडक किनारामा ‘सडक सुरक्षा बार’ लगाइएपछि पश्चिम नेपाल बस व्यवसायी संघ बुटवले भित्री सडकमा  मिनी माईक्रो सञ्चालनमा ल्याएको छ । विगतका दिनहरुमा  बुटवलको  गोलपार्क देखि योगीकुटी पुलसम्म सानो हाईस सञ्चालन गर्दै

आएको संघले थप ५ वटा मीनि माईक्रो सञ्चालनमा ल्याएको हो ।  संघले अहिले बुटवलको सिद्धबाबा देखि शारदास्कुल सम्म दैनिक रुपमा मिनी माईक्रो सञ्चालनमा ल्याएको हो । बुटवल यातायाता व्यवसायी समितिले उक्त रुटमा सिटी माईक्रो सञ्चालनको लागि अवधारण ल्याए पनि नेपाल सरकार मन्त्री परिषद्को निर्णयबाट बुद्ध सर्किट नयाँ थप गाडी दर्ता गर्न रोक लगाए पछि उक्त अवधारण पनितुहिएको छ ।
चितवन र अन्य जिल्लाहरुमा सञ्चालनमा आएको भ्यान आकारको ‘सिटी माईक्रो’ बुटवलमा सञ्चालन नहुने निश्चित भएको छ ।  नगर क्षेत्रका यात्रुहरुलाई सहज रुपमा यात्रा गराउनको लागि भनेर ल्याएको योजना बुटवल यातायतात व्यवसायी समितिले दर्ता प्रक्रियामा नै रोक लागे पछि हात झिकेको छ ।
बुटवल यातायतात व्यवसासायी समितिका अध्यक्ष डिल बहादुर थापा भन्छन्–‘ सिटी माईक्रो नचलाउने कुरा निश्चित भै सक्यो ।’ आफुहरुले सिटी माईक्रोको अवधारण ल्याउन वित्तीकै पश्चिम नेपाल बस व्यवसायी संघले भित्री रुटमा  बुटवल–काठमाण्डौ चल्न नसकेका हाईस हालेको  उनको भनाई रहेको छ ।  
बुटवल यातायात व्यवसायी समितिका अध्यक्ष थापा भन्छन्–‘पहिला नै हामीले त्यो अवधारणा हामीले ल्याएको हौ, हामीले चलाउने भनेको रुटमा पश्चिम नेपालले चलायो, अहिले ई–रिक्साको कुरा आएको अव उक्त माईक्रोको कुरा सकियो भन्दा पनि हुन्छ ।’ उनले थपे–‘पश्चिम नेपालले ई–रिक्सा दर्तामा त अवरोध गरेको छ अझ सिटी माईक्रोमा अवरोध नगर्ला भन्न सकिन्न त्यहि भएर हामीले हात झिकेका हौं ।’
यता,  पश्चिम नेपाल  बस व्यवसायी समितिका महासचिव जीवनकुमार बन्जाडेले भने उक्त आरोप निराधार भएको बताएका छन् । बुटवल टुडेसंगको कुराकानीमा उनले भने–‘कानुनी राज्य भएको देशमा कसैले रोकेर पनि रोकिन्छ  र ? गाडी  दर्ता गर्ने यातायात व्यवस्था कार्यालयले हो, सञ्चालनको लागि अनुमती दिने जिल्ला प्रशासनले हो, यसमा हाम्रो कुनै संहभागीता छैन ।  उनले नेपाल सरकारको मन्त्रीस्तरिय सहभागीतामा पर्यटन तथा यातायात व्यवस्था विभागको संयुक्त निर्णय अनुसार नै उक्त  रुटमा नयाँ गाडी दर्ता रोकिएको  स्पष्ट पारेका छन् ।
भित्री रुटमा  अहिले पनि ६ वटा साना हाईस र ५ वटा  मिनी माईक्रो सञ्चालनमा आएका छन् । पश्चिम  नेपाल बस व्यवसायी संघका महासचिव जीवन कुमार बन्जाडे भन्छन्–‘सडकमा बार लगाएपछि यात्रुहरुको सुविधालाई मध्यनगर गर्दै मिनी माईक्रो सञ्चानमा ल्याएका हौं ।’  विगत १० दिन देखि नै उक्त मीनी माईक्रो सञ्चालनमा आएको छ ।
जोखिम बढ्दो
काठमाण्डौ–बुटवलमा बुटवलमा हाईस पुरानो भएर चल्न छाडेपछि मर्मत गरेर भित्री सडकमा चलाउँदै आएको पश्चिम नेपाल बस व्यवसायी संघले अहिले मिनी माईक्रो सञ्चालन गर्दा सघँुरो र व्यस्त सहरको कारण थप जोखिम बढेको सरोकारवालाहरु बताउँछन । डबलगाडी चल्न नसक्ने बुटवलको  गोलपार्क, पुरानो बसपार्क मिलनचोक हुँदै योगीकुटी सम्मको सडकमा ठुलो आकारको माईक्रो सञ्चालन हुँदा पैदल यात्रु र अन्य सवारी साधन चालकहरुमा समेत थप जोखिम बढ्न सक्ने अनुमान गरिएको छ ।
यद्यपी पश्चिम नेपालले भने आफुहरुले पुरानो गाडीहरु सञ्चान नगरेको दावि गरेको छ । महासचिव बन्जाडेले सरकारले २० बर्ष पुरानो गाडीहरु विस्तापीत गर्ने योजना ल्याएको तर आफुहरुले १३ बर्ष पुराना गाडीहरु नै विस्तापीत गरिसकेको र अहिले भित्री रुटमा चल्ने गाडीहरु ७ बर्ष सम्म पुरानो भएको दावी गरेका छन् । उनले भने–‘१२ मोडलको गाडी चलेको छ, यसलाई पुरानो भन्न मिल्दैन, यदि साधनको पाट पुर्जा विग्रीएको र थोत्रा भएको भए, पुनः मर्मत गरेर सञ्चालन गर्नुपर्दछ ।’ उनले थपे–‘जोखिम मोलेर यात्रु ओसार पसार हामी गर्दैनौं  ।’
छुट पाउदैनन्, भित्रीगाडीमा
बुटवलका भित्री सडकमा चल्ने पश्चिम नेपाल बस व्यवसायी संघका  गाडीहरुले विद्यार्थी र अपाङ्गता भएका व्याक्तिहरुलाई राज्यले नै व्यवस्था गरेको भाडादरमा छुट नदिने गरेको पाईएको छ । ‘सानो गाडी, ट्राफिकले सबै सिट फालिदियो, कहाको छुट दिने हो ।’ भन्दै सानो हाईसका सञ्चालकले हप्काएको एक अपाङ्गता भएका यात्रुले बुटवल टुडेलाई बताएका छन् । उनले राज्यले नै दिएको छुट किन नपाउने भन्दा चालकले–‘मेरो गाडी हो, चढे पुरै पैसा दिएर चढ्नु्, नचढे नढ्नुस् भनेर हप्काएको समेत बताए 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती