गोर्खा स्थलगत रिर्पोटिङ्ग भुकम्प पिडीत विद्यार्थीलाई पढाईको पिरलो

कृष्ण खनाल
ताप्ले(गोरखा) २७  बैशाख ।
गोरखा जिल्लाको सदरमुकाम गोरखाबजार देखि करिव ४३ किलोमिटर उत्तरमा रहेको छ ताप्ले गाविस । सोही गाविसको वर्डा नम्बर–३ गाईखर्कमा रहेको ‘मदरसा हनविलया रजफिया प्रावि’ कक्षा–३ मा अध्यनरत अनिता निशा अघिल्लो शनिवार (बैशाख १२ गते)  शनिवार घरमा साथीहरु संग खेल्दै थिईन् । विहानको खाना समेत नखाएकी उनी गाउँमा गट्टा खेल्दै थिईन् । सोही समयमा गोरखा जिल्लाको बारपाक क्षेत्रलाई केन्द्रविन्दु बनाएर ७.८ रेक्टर स्केलको भुकम्प गयो । भुकम्पको केन्द्रविन्दु देखि उनको गाउ केही किलोमिटर टाढा रहेको छ । 
गाउँमा भएका सबै मान्छेहरु भागा–भाग गरे । आमा संगै उनी पनि भागिन् । दिनभरजसो भोकै रहेका उनलाई विद्यालय खुलेपछि विद्यालयमा गएर साथीहरु संगै मिलेर पढ्ने धोका थियो । अर्को दिन विहान अन्य साथीहरु संगै उनी  मदरसा हेर्न गईन  । तर मदरसा पुरै चर्केर विद्यालयमा पढाई सञ्चालन हुने अवस्था थिएन । 
 उनी जस्तै,   सोही गाविसको महालक्ष्मी मावि मा कक्षा ७ मा पढ्ने मनोज रोकालेको पनि पढाई अनश्चित भएको छ । कक्षा ७ मा पढ्दै गरेका उनी अध्यायन गर्ने  विद्यालय सबै कोठाहरु भत्कीएर  भताभुङ्ग भएका छन् भने केही कोठामात्रै ठाटो भएको उनी बताउछन् । विहिवार गोर्खा जिल्लाको ताप्ले गाविसमाको स्थलगत रिर्पोटिङ्गका लागि गएका संवाददाता संगको कुराकानीमा उनले भने–‘अव त विद्यालय जान पनि पाईदैन होला, विद्यालयको भवन पनि कहिले बन्ने हो, त्यसको पनि थाहा छैन ।’ उनले थपे–‘घर पनि बसेका छैनौं, पालमा नै रात काटेका छौ, विद्यालय जाने कापी किताब पनि भुकम्पले घरभित्रै परेको छ, निकाल्न सकेका छैनौं ।’  उनल थपे–‘अहिले विद्यालयको ठुलो परिक्षा(बार्षिक) सकिएर विदा भएको छ तर विद्यालय खुल्ने नखुल्ने र रिजल्ट(नतिजा) के हुने भन्ने थाहा छैन  ।’
सोही विद्यालयको कक्षा ६ मा अध्ययनरत विद्यार्थी रमेश रोकाको पनि भनाई यस्तै रहेको छ ।  विद्यालयको बार्षिक परिक्षा सकिएपछि  विद्यालय विदाको समय परेकोले  भुकम्पले आफुलाई असर नपारेको  तर पटक पटक गईरहने भुकम्पको कारण आफुलाई जहिले पनि डर लागिरहेने उनको भनाई रहेको छ । उनले भने–‘स्कुल सबै भत्केको छ घर पनि भत्केको छ, पढ्ने कुरा त केही पनि सोँचेका छैनौं ।’ 
मदरसा हनविलया रजफिया प्रावि ताप्ले ३ का  शिक्षक रजमदिन मियाँका अनुसार विद्यालय भुकम्पको कारण धेरै क्षती नपुगेको भएपनि विद्यार्थीहरुमा त्रास रहेकाले विद्यालय कहिले सुरु गर्ने भनेको विषयषयमा अन्यौलता भएको बताए । उनले भने– ताप्ले गाविसका थुर्पु  टोलमा १७ घर पुर्ण धवस्त भएका छन् भने गाईखोरमा पनि उस्तै छ  विद्यार्थी विद्यालय जाने र पढ्ने अवस्था नै छैन ।’ पटक–पटक जाने भुकम्पको धक्काले कहिले के हुने हो भनेर विद्यालय सुरु भएपनि अभिभावकहरुले नै विद्यार्थी  विद्यालय पठाउने वातावरण नै नभएको शिक्षक मिँयाको भनाई छ । 

यता, त्रिभुवन शिक्षण अस्पताल काठमाण्डौका मनोचिकित्सक डा. सरोज  ओझाका अनुसार फेरि ठूलै भूकम्प आउने पो हो कि, मरिनो पो हो कि, पूरै परिवार सखाप हुने पो हो कि, सम्पत्तिजति सबै सोत्तर हुने पो हो कि भन्नेखालको त्रासले मानिसमा डेरा जमाइरहेको कारण विद्यार्थीहरुमा पनि त्रास रहेको बताउछन् । उनका अनुसार भुकम्पका त्रासको कारण विभिन्न मानिसहरुमा खाना नरुच्ने, हिँड्दा जमिन हल्लिएजस्तो हुनेलगायतका समस्या पनि देखा पर्ने गरेको पाईन्छ ।  ठूलो प्राकृतिक विपत्तिपछि मानिसको मस्तिष्कमा डर पैदा हुनु स्वाभाविक भएको भन्दै मनोचिकित्सक ओझाले  आँखैअगाडि घटेको भयानक दृश्य मानिसको मस्तिष्कमा गहिरोसँग बसेको कारण पनि डर पैदा हुने जानकारी दिए । 
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्
तस्वीरःभुकम्पको कारण ध्वस्त भएको गोर्खाको जैवारी स्कुल  


Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती