भु–कम्पबाट कति सुरक्षित बुटवल ?

2071/1/20 in butwal today daily 
कृष्ण खनाल 
बुटवल, २० बैशाख
अघिल्लो शनिवार गोखराको बारपाक क्षेत्रमा केन्द्रविन्दु बनाएर गएको ७.८ रेक्टरस्केलको महाभुकम्पले देभर हजारौ मानिसको ज्यान लिएको छ भने अरवौका भौतिक संरचना ध्वस्त भएका छन् । एक तथ्यांक अनुसार भुकम्पको उच्च जोखिममा रहेको नेपालका काठमाण्डौ, पोखरा पछिको तेस्रो सहर बुटवल हो । 
भुकम्पको उच्च जोखिम मा रहेको बुटवलमाजोखिम न्युनीकरणको लागि बुटवल उप–महानगरपालिका ले भवन निर्माण अचारसंहिता लागु गरेको ४  बर्ष भएको छ । तर घर धनीहरुले ईन्जीनियर र बुटवल उप–महानरपालिका लाई ढाट्दै आफुखुी भवन निर्माण गरि रहेको बुटवल उपमहानगर पालिकाका एक प्राविधीक बताउछन् । उनी भन्छन्–‘ यहाबाट भुकम्प प्रतिरोधी बनाउछु भनेर नक्सा पास गर्नुहुन्छ तर  घर बनाउँदा कमजोर बनाउनुहुन्छ ।’  जसको कारण पनि बुटवल भुकम्पको थप उच्च जोखिमा रहेको भुर्गभविद्को भनाई रहेको छ । 
नेपाल सरहकारले राष्ट्रिय भवन निर्माण संहिता २०६० को तर्जुमा गरी वि.स.२०६० पुस २ गते देखि नेपालभर लागू गर्नको लागि निर्देशन समेत दिएको थियो । सरकारले निर्देशन दिएको करिव ९ बर्ष पछि २०६९ साल असार १ गते देखि बुटवल उपमहानगर पालिकामा  भवन निर्माण आचार संहिता लागु भएको छ । 
तर बुटवल उपमहानगर पालिकाले निश्चित संयन्त्र खडा गरेर भवन निर्माण आचार संहिता पालना भएको या नभएकोमा अनुगमन गरेको पाईदैन । जसले गर्दा भवन निर्माण गर्ने धनीहरुले प्राविधिकको सल्लाह विना नै आफुखुसी घर÷भवन निर्माण गरिरहेका छन् । 
संहिता  कागज मा   लागूभएपनि पुर्णरुपमा व्यवाहारिक कार्यान्यन हुन सकेको छैन । भवन निर्माण गर्ने निर्माणकर्ताले नक्सामा  भु–कम्प प्रतिरोधी भवन निर्माण गर्ने भनेर प्रमाणित गरेको भएपनि भवन निर्माण गर्दा प्राविधिक र ईन्जीनियरहरुलाई नै ढाट्ने गरेको पाइएको हो ।  बुटवल उप–महानगरमा करिव ४० हजार घरहरु रहेका छन् । ति मध्ये करिव १५ सय घरहरु भूकम्प प्रतिरोधि बनाउने भनेर बुटवल उप– महानगरपालिका मा नक्सा पास गरिएको छ  । तर नगरपालिकामा भुकम्प प्रतिरोधी बनाउछौ भनेर नक्सा पास गराउने घर–धनीहरुले भने व्यवाहारिक रुपमा यसको पुर्णरुपमा कार्यान्यन नगर्ने गरेको पाईएको हो । 
भु–कम्प प्रविधि राष्ट्रिय समाज नेपालका प्रशिक्षक तथा सिभिल ईन्जीनियर कपिल भटराईका अनुसार अहिले पनि नेपालमा निर्माण भईरहेका भवनहरु १० प्रतिशत मात्र प्राविधिक, ईन्जीनियरले र अन्य ९० प्रतिशत अन्य निर्माणकर्मीहरुले आफै निर्माण गर्देआएका छन् । जुन निर्माणकर्मीहरु  तालिम प्राप्त होईन, अनुभवका आधारमा नै उनीहरुले घर, भवन निर्माण गर्दै आएका छन् ।
 उनी भन्छन्–भुकम्प प्रतिरोधी घर निर्माणको लागि ३ तलाको मात्र घर निर्माण गर्नु पर्नेपर्छ जसमा पिलर १२÷१२ ईन्चको हुनुपर्दछ । त्यस्तै व्यान्ड, सिन्ड व्यान्ड अनिवार्य हुनुपर्नेछ भने जग सम्बन्धी डबल डाईरिङ्ग भएको राख्नु पर्नेछ।’ त्यस्तै रिङ्ग ८ एम््. एम र ४ ईन्चको फरकमा   रिङ्ग राख्नु पर्ने छ जसले भवनलाई भुकम्पपिय जोखिमबाट जोगाउन सक्छ  । 
यस तथ्यांक अनुसार बुटवलका ९५ प्रतिशत घर तथा  भवनहरु भूकम्प प्रतिरोधी छैनन् ।  यसको साथै  यस क्षेत्रका धेरै जसो  सरकारी कार्यालय, विद्यालय र अग्ला भवनहरु भुईचालोको उच्च जोखिममा रहेको भुगर्भविद्को भनाई रहेको छ । 
भूगोलविद् डा. भोजराज कडेरियाका अनुसार बुटवल भुगोलको परिभाषा अनुसार भारतिय प्लेट र तिब्बतिय प्लेटको विच, भागमा रहेको कारण ५ रेक्टरस्केलटको भन्दा बढिको भुकम्प गएमा  गोरखाभन्दा पनि बढि क्षती हुनसक्छ । बुटवल भौगोलीक संरचना  अनुसार चुरे पर्वत र तराई जोड्ने विचो विच भागमा रहेको कारणले पनि थप जोखिम रहेको उनको भनाई रहेको छ । बुटवल  टुडे संगको कुराकानीमा भुगोलविद् कडेरियाले भने–‘अहिले पनि काठमाण्डौमा भत्कीएका घरहरु ९० प्रतिशत ५० देखि ६० बर्ष पुराना  सबै घरहरु भत्कीएका छन्, बुुटवलमा पनि पारी बुटवलमा यस्तै प्रकृतीका घरहरु रहेका छन् जसले गर्दा बुटवल उच्च जोखिमा रहेको छ ।’
अहिलेको भुकम्प पुर्वमा रामेछाप देखि लाङ्गटाङ्ग सम्म र पश्चिममा लाङ्गटाङ्ग देखि पश्चिमसम्म दुईवटा ईपी सेन्टर रहेका छन् । अहिले गएका भुकम्पका केन्द्रविन्दु पुर्व तिर रहेका छन् ।  पश्चिम तर्फको ईपीसेन्टरमा भुकम्प जान थालेका यस क्षेत्र उच्च जोखिम मा रहेको विगोलविद्को भनाई रहेको छ ।  नेपालमा भुगोलको परिभाषा अनुसार ईन्डीयन प्लेट र तिब्बतीय प्लेटका विचमा घर्षण भएर भुकम्प गएको हो । अव ईन्डीयन प्लेटले तिब्बतिय प्लेटलाई ठक्कर दिनको लागि शक्ति सञ्चय गर्नुपर्दछ । जसको लागि अझै ७० देखि ८० बर्ष लाग्ने गर्दछ ।  त्यस कारण सो अवधिमा ठुला भुकम्प नजाने भुगोल विद्को तर्क रहेको छ । 


Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती