भौतिक पुर्वाधारको अभाव झेल्दै हाटबजार

कृष्ण खनाल
बुटवल, १७ बैशाख । 


तिन बर्ष देखि यस क्षेत्रमा विभिन्न स्थानमा लाग्ने साप्ताहिक, अर्धसाप्ताहिक हाटबजारहरुमा व्यापार गर्दैआएकी मनमाँया थापालाई हिउँद हो वा बर्खा जहिले चिन्ताले छोड्दैन । उनलाई बर्षभरी ढुक्कले व्यापार गर्न पाएको भन्ने दिनकुनै पनि छैन । यसको एउटा मात्र कारण हो भौतिक पुर्वाधारको अभाव । त्रास नै त्रासमा व्यापार गरेर जेनचेत उनले घरगुजारा चलाई रहेकी मनमाया जस्ता सयौ रहेका छन् ।  हाटबजारमा तरकारीको व्यापार गर्ने थापाको परिवार ले हिउँदको समयमा चर्कोघाम, हावा हुरी झेल्दै आएको छ भने बर्सातको समयमा हिलाम्य चौरमा बसेर व्यापार गर्दे आएका छन् ।  
यो एउटा प्रतिनिधी उदाहरण मात्र हो । रुपन्देहीका अधिकांस साप्ताहिक,  अर्धसाप्ताहिक रुपमा लाग्ने हाटबजारहरुमा व्यापार गर्ने अधिकांस व्यापारीहरुले कहिले धुलाम्य त कहिले हिलाम्य व्यापार गर्न बाध्य छन् ।  स्थानिय निकायले भौतिक संरचना निर्माणको लागि  भनेर प्रत्येक पटक हाटबजार सेवा शुल्क उठाउँदै आएको छ । प्रत्येक बर्ष बढाबढ टेण्डरमा ठेकेदारहरुलाई यस्तो प्रकारको हाटबजारबाट सेवा शुल्क उठाउनको लागि ठेक्का दिइएको हुन्छ । जसबाट नगरपालिका भित्र नगरपालिका र गाउँविकास समिति क्षेत्रमा गाविसले प्रत्येक बर्ष लाखौ रुपैयाँ आम्दानीको स्रोत बनाएको छ । तर हाटबजार क्षेत्रमा घामपानीबाट  व्यापार व्यवसाय जोगाउनको लागि सेड निर्माणमा नगरिदिँदा व्यापारीहरुले बर्षेनी सास्ती खेप्नुपरेको हाटबजार व्यवसायी संघ रुपन्देहीका अध्यक्ष भिमलाल ज्ञवाली बताउँछन् । 
उनी भन्छन्–‘देशकै दोस्रो ठुलो हाटबजारको रुपमा नाम कमाएको बुटवल–७ को हाटबजारमा खानेपानीको टंकी छ, पानी छैन, शौचालयको प्रयोगमा विजोग छ, हाटबजारमा सेड कमी छन् ।’ उनले थप्छन्–‘राजश्व उठाउने स्थानिय निकायले  पुर्वाधार निर्माणको लागि  पनि ध्यान दिनसकेको छैन, जुन सरसर व्यवसायमाथिको अन्यय हो ।’ 
यता हाटबजार व्यवसाय संघका  पुर्व अध्यक्ष प्रकाश खनाल ले भौतिक पुर्वाधारको अभाव विना नै क्लब, टोल समिति र गाविसलाई हाटबजार सञ्चालन गर्न स्वीकृत दिँदा थप समस्या आएको  बताउँछन् । उनी भन्छन्–‘स्थानिय निकायको यसमा किन ध्यान जान सकेको छैन ।’
हाटबजार व्यवसायी संघका उप–सचिव लिलाधर खरेलका अनुसार वि.स.२०४५ साल देखि हाटबजार व्यवसायीहरु संगठीत भएरबजारमा भौतिक पुर्वाधारहरुः खानेपानी, विद्युत, व्यापारिक सेड तथा  शौचालय  निर्माणमा ध्यान पर्दछ भन्दै दबाब दिदै आएकोमा अहिले सम्म पनि सुनुवाई नभएको बताउछन् ।  उनी भन्छन्–‘जिल्लामा सञ्चालनमा आएका करिव २ सय स्थानका  हाटबजारबाट दैनिक रुपमा करिव ३ करोड बराबरको कारोबार गर्ने र सोही अनुपातमा राजश्व समेत बुझाउदै आएका छौ, तर सम्बन्धीत निकायले राजश्व उठाउने बाहेक अन्य काम गरेको छैन ।’
यता, उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष नर्वु लामाले स्थानिय निकायले उपभोक्ताको अधिकार माथि सरसर ठगीगरिरहेको बताउँछन् । पुर्वाधार नै नुपुगेको स्थानमा हाटबजार सञ्चालन गर्नको लागि अनुमती दिनेगरेको कारण उपभोक्ताहरुले  दैनिक उपभोग्य  सामान स्वच्छ खान नपाउँदा स्थानिय निकायले उपभोक्ता अधिकार माथि अन्यय गरेको उनको ठम्याई छ । उनी भन्छन्–‘ढलमाथि पनि व्यापार गर्न दिइएको छ, जसले गर्दा उपभोक्ताहरु झनै जोखिममा रहेका छन् ।’
सम्बन्धीत सरोकारवाला निकायः–जिल्ला विकास समिति, उप–महानगरपालिका, नगरपालिका र  गाविसले निश्चित मापदण्ड  निर्माण गरेर मात्र हाटबजार सञ्चालन गर्न दिनुपर्ने  उनको तर्क रहेको छ । ‘व्यापारीलाई स्थान नदिने तर राजश्व उठाउँन भने नछोड्ने प्रवृत्तीको कारण सरासर अन्याय हो, यो काम बन्द हुनुपर्दछ ।’–उनले भने । 
यता,  बुटवल उपमहानगर पालिकाका राजश्व शाखा प्रमुख बरिष्ठ अधिकृत विजयदेव भुर्तेलले स्थानिय निकायले उठाएको सबै रकम सोही  क्षेत्रमा नै खर्च गर्नुपर्ने नीति नभएको बताउँछन्  ।  उनले भने–‘जहाबाट राजश्व उठायो, त्यही खर्च  गर्दा अन्य स्थानमा कस्ले खर्च गर्ने, निश्चित मापदण्ड र नीति बनाएर भौतिक पुर्वाधार निर्माण गर्ने काम जारी रहन्छ ।’ उनले तोकिएको स्थान भन्दा अन्य स्थानमा हाटबजार सञ्चालन गर्न नपाउने निति भएपनि व्यवहारिक कठिनाईको कारण बाध्यता भएको बताए । ’
बुटवल–७ हाटबजार लाइनमा बुधबार र शनिबार सञ्चालन हुने बजारबाट मात्र एक करोड मूल्य बराबरको कारोवार हुने बताइएको छ । त्यस्तै दीपनगर र देविनगरमा हाटबजारमा २५÷२५ लाखको कारोवार हुने गरेको पाइएके छ । स्पष्ट  ‘हाटबजार नीति’ नभएको कारण हाटबजार व्यवसायीहरु उपेक्षित हुनु परेको गुनासो गर्न थालेका छन् ।
तस्वीर विवरणःबुटवलको दिपनगरमा त्रिपाल मुनी सामान बेच्दै हाटबजार व्यवसायीहरु । तस्वीरःबुटवल टुडे । 
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती