भवन निर्माण ठप्प नयाँ मापदण्डको खोजी

कृष्ण खनाल
बुटवल, ८ जेठ । 
बुटवल–१४ बेलबासकी पवित्रा गुरुङ्ग विहिवार बुटवल उप–महानगरपालिका अन्र्तगतको नक्सा तथा भुकम्प शाखामा भेटिईन् । दिउसो करिव १२ बजे शाखामा सबै कर्मचारीहरु ‘मिटिङ्ग’मा व्यस्त थिए । त्यतिकैमा एक कर्मचारी देखापरे । उनले सोधिहालिन्–‘बैनीको घर बनाएर सिध्नै लागेको छ, सिँढी र बरन्डा थप्ने हो के गर्नुपर्छ ।’ कर्मचारीले तत्काल जवाफ दिए–‘अहिले कुनै पनि पेटी, सिढि केही बनाउन पाईदैन, कहिलेदेखि बनाउनपाईने हो त्यो पनि थाहा छैन माथिबाट सबै बन्द गर्नु भनेर आदेश आएको छ ।’ 
सिंढी र पेटी थपसहितको नक्सा पुर्ननिर्माणको लागि चैत महिनामा निवेदन दिएकी उनी भन्दै थिईन्–‘मेरो घर होईन, बैनीको हो बनाउदिनु दिदी भनेकोले बनाउन लागेको हो काम आधा मात्र सकिएको छ, खै के खै के ।’
उनी एउटा उदाहरण हुन । नेपाल सरकारले गत बैशाख १२ गते गएको महाभुकम्पको कारण आगामी असार मसान्तसम्म मुलुकभर घर तथा भवन निर्माण कार्यमा पूर्ण रूपमा रोक लगाएको कारण घर निर्माण पुरा गर्ने की नगर्ने ÷ या नक्सा पास हुन्छ की हुदँैन भन्ने विषयमा जानकारी लिनको लागि सयौ संख्या  सेवाग्राहीहरु बुटवल उप–महानगरपालिका धाउने गरेका छन् । 
घर–भवन जस्ता महŒवपूर्ण भौतिक संरचना निर्माण गर्दा विगतमा कानुनी मापदण्ड पालना नगरिएकाले भूकम्पमा बढी क्षति व्यहोर्नु परेको निक्र्योल निकाल्दै नेपाल सरकारले तत्कालका लागि कुनै पनि भवन निर्माणका लागि स्वीकृति नदिने निर्णय गरेको हो । सोही अनुसार अहिले बुटवल उपमहानगर पालिका क्षेत्रभित्र निर्माण हुन लागेका विभिन्न भौतिक संरचनाहरु, घर÷भवन निर्माण अलपत्र परेको छन् । 
बुटवल उप–महानगरपालिका नक्सा तथा भुकम्प शाखा योजना प्रमुख ईन्जीनियर सुमन श्रेष्ठका अनुसार केन्द्रको निर्णय अनुसार नै नगरक्षेत्रभित्र नक्सापास, नक्सा पास प्रक्रिया र भवन निर्माणको काम रोक्का गरिएको  हो ।  रुपन्देहीलाई भुकम्प प्रभावित जिल्लाको रुपमा सरकारले सुचिकृत नगरेको भएपनि कहिलेबाट नक्सा पासको प्रक्रिया  थालनी गर्ने भन्ने कुरामा निश्चित नभएको उनको भनाई रहेको छ । 
टहरोमा हाकीमः बुटवल उपमहानगर पालिका प्रमुख भवन भुकम्पले क्षती पु¥याएपछि टहरोमा सरिएको प्रमुख कार्यकारी अधिकृत र शाखा अधिकृतहरुको कार्यकक्ष । तस्वीरःकृष्ण खनाल÷बुटवल टुडे 
संवाददाता संगको कुराकानीमा उनले भने–‘हामीले यहाबाट केही भन्न र केही गर्न मिल्दैन, केन्द्रबाटजे निर्देशन हुन्छ, सोही अनुसार काम अगाडी बढाउछौ ।’ उनले भुकम्पको कारण बुटवल नगर क्षेत्रमा परेको असरको बारेमा छिट्टै नै अनुगमन गरिने र पर्खाल, भत्कीन लागेका भवनहरुमा बस्न मिल्ने वा नमिल्ने भन्ने बारेमा छलफल  गर्ने समेत जनाए । 
बुटवलउप–महानगरपालिकामा २०६९ साउन १ देखि नै भवन निर्माण आचार संहिता  लागूभएको  छ ।  योजना प्रमुख श्रेष्ठ भन्छन्–‘त्यसपछि निर्माण भएका ८० देखि ९० प्रतिशत भवन पुर्णरुपमा नियम पालना गरेर निर्माण भएका छन् ।’ योजना प्रमुख श्रेष्ठले मापदण्ड(स्टीमेट) अनुसार ईन्जीनियरको प्रत्यक्ष निगरानीमा भवन निर्माण भएको दावि गरेपनि कतिपय घर धनीहरुले भवन निर्माण गर्दा नक्सा र स्टीमेट अनुसार भवन निर्माण नगर्ने गरेको पाईन्छ । 
नक्सा तथा भुकम्प शाखाका जु.ईन्जीनियर ज्ञानप्रसाद अर्यालका अनुसार २०७१ चैत महिनामा बुटवल उपमहानगर पालिकामा करिव १ सय भन्दा बढि घर तथा भवन निर्माणको लागि ईजाजत माग गरेको नक्सा स्वीकृत भएका थिए । तर बैशाख केही निवेदनहरु आएपनि एउटा पनि नक्सा स्वीकृत प्रदान गरिएको छ । 

१२ गते गएको भुकम्प र पछि सरकारले नै लगाएको प्रतिबन्दले गर्दा यसो गरिएको हो । उनी भन्छन्–‘बैशाख महिनामा केही नक्सा प्रक्रियामा थिए तर ईजाजत प्राप्त गर्न सकेका थिएन्न ।’ केही दिनमा नै सर्वपक्षीय  छलफल आयोजना गरेर अबको  मापदण्ड के निर्धारण गर्ने भन्ने विषयमा छलफल हुने र सोही अनुसार अगाडी बढिने जनाइएको छ । भवन निर्माण आचारसंहिता नगरमा लागु भएको ३ बर्ष पुरा हुन लागेको भए पनि त्यसको पुर्णरुपमा कार्यान्वयन भएको पाईंदैन । 

उप–महानगर पालिकामा भवन निर्माण आचार संहिता पालना भएको या नभएको अनुगमन गर्ने संयन्त्र छै न? भन्ने संवाददाताको प्रश्नमा ईन्जीनियर अर्यालले भने–‘संयन्त्र छ, बेला बेलामा अनुगमन पनि हुन्छ, हामीले बाहिरी कुरा हेर्ने हो, भित्र के के हुन्छ जानकारी हुदैन ।’ नक्सामा भएको स्टीमेट अनुसार नै भवन निर्माण गरेको दावि गर्ने घर धनीहरुले ईन्जीनियरलाई समेत ढाँटेर कम गुणस्तर र कम परिमाणको सामग्री प्रयोगगरी घर तथा भवन निर्माण गर्ने गरेको  पाइएको छ । 
 नेपाल सरकार मन्त्री परिषदीय निर्णयबाट  असार मसान्तसम्मका लागि निजी तथा सार्वजनिक क्षेत्रबाट गरिने, नयाँ संयुक्त आवास निर्माण तथा जग्गा विकास सम्बन्धी योजनाको स्वीकृति प्रक्रिया रोक्का  गर्ने,  नक्सापास भई स्वीकृत मापदण्डअनुसार निर्माण कार्य शुरू भइसकेका भवनको हकमा समेत असार मसान्तसम्मका लागि भुइँतलासमेत गरी २ तल्लाभन्दा माथि निर्माण गर्न नपाउने गरी  निर्देशन सबै महानगर पालिका, उपमहानगर पालिकालाई दिएको छ । त्यस्तै मापदण्डविपरीत नक्सा पास गर्ने, भवन निर्माणको अनुमति दिने तथा यस्ता कार्यमा संलग्न कर्मचारीलाई कारबाही शुरू गर्ने , नक्सा पासविना ठूला संरचना निर्माण गर्ने निर्माणकर्ता, नक्सापास भएका तर भत्किएका संरचनाको नक्सा तयार गर्ने र पास गर्ने प्राविधिक  र कर्मचारीको लगत राखी सार्वजनिक गर्ने,  साउनदेखि माटो परीक्षण र माटोको ‘बियरिङ’ क्षमताको आधारमा संरचनाको डिजाइन गरी मौजुदा ऐन, नियम मापदण्डअनुरूपका संयुक्त आवास तथा भवन निर्माणको स्वीकृति दिने प्रक्रिया थाल्ने, कुनै पनि सरकारी कार्यालय भाडामा बस्नुभन्दा पहिले भवन मापदण्ड निश्चित गरिने ।  सबै नगरपालिकामा राष्ट्रिय भवन संहिता आगामी आवदेखि अनिवार्य गर्ने निर्णय गरेको थियो । 
त्यस्तै,  नगरपालिकाका प्राविधिक कर्मचारीले सार्वजनिक भवनबाहेकका भवनको डिजाइन तथा नक्सा निर्माणमा संलग्न हुन नपाउने , आगामी आर्थिक वर्षदेखि गाउँ विकास समितिहरूमा समेत नक्सा पास गर्ने व्यवस्था मिलाउने, भूकम्पपछि पुनर्निर्माण गर्दा एकीकृत बस्ती विकास कार्यक्रम थालनी गर्ने ,  जिल्ला, नगर तथा गाउँस्तरीय भूउपयोग कार्यान्वयन समिति तत्काल गठन गरी भू उपयोग योजना निर्माण गर्ने र कार्यान्वयन थाल्ने,  मापदण्ड मिचेर बनाएका पर्खाल तथा र जोखीमयुक्त देखिएका पर्खाल अविलम्ब हटाउने र  नगरका सबै क्षेत्रमा दमकल पुग्न सक्ने गरी गल्ली तथा सडक विस्तार गर्ने कार्यलाई उच्च प्राथमिकता  दिने निर्णय गरेको छ । 


हाकिम जती छापामा......


बुटवल, ७ जेठ । बैशाख १२ गते गएको शक्तिशाली महाभुकम्प र त्यसपछि पटक÷ पटक गएका शक्तिशाली पराकम्पनको कारण बुटवल उप–महानगरपालिकाको प्रमुख भवन प्रशासनीक भवन चर्केपछि प्रमुख कार्यकारी अधिकृत धुब्रबहादुर खड्का सहित विभिन्न शाखा प्रमुखहरुले आफ्नो स्थान परिर्वतन गरेका छन् । प्रमुख कार्यकारी अधिकृत र अन्य शाखा अधिकृतहरु बस्दै आएको प्रमुख भवनबाट अन्यत्र स्थानमा स्तानान्तरण भएका हुन । 
प्रमुख भवनको तल्लो, माथिल्लो तल्लामा रहेका विभिन्न शाखा प्रमुख तथा कर्मचारीहरुलाई स्थान्तरण गरिएको छ ।  अहिले प्रमुख भवनमा चर्किपछि त्यसका सबै कर्मचारीहरु पछाडी भवन र प्रमुख तथा अन्य शाखा प्रमुखहरु पहिला वडा कार्यौलय रहेका टिनले छाएको (टहरो) छाप्रोमा सरेका छन् । दर्ता चलानी फाँटलाई चौतारीमा सारिएको छ भने वर्डा सम्पर्क कार्यालयहरुलाई विभिन्न स्थानमा व्यवस्थापन गरिएको छ । राजश्व शाखालाई पछाडीको भवनको तल्लो तलामा राखिएको छ । 
उप–महानगरपालिकाका प्रमुख कार्यकारी अधिृत धुब्र बहादुर खड्का भन्छन्–‘प्रमुख भवनको विचको तलाको छत चर्किएको कारण सुरक्षाको हिसावलेकार्यालय र प्रशासनीक निकाय स्तानान्तरण गरिएको हो ।’
उनले थपे–‘हामीहरु संगै कार्यालयमा आएका सेवाग्राहीहरुको  सुरक्षा र सुविधालाई समेत मध्यनजर गर्दै आईतबार(३ जेठ) बाट प्रमुख भवन बाट  टहरो र अन्य स्थानमा सारेका छौं ।’
चर्केको बुटवल उपमहानगर पालिकाको भवन मर्मत गर्ने या भत्काएर पुर्न निर्माण गर्ने भन्ने विषयमा निक्र्यौल नभएको प्रमुख कार्याकारी अधिकृत खड्काले जानकारी दिए । उनले जिल्ला स्तरिय दैवि प्रकोप उद्धार समितिमा सबै विवरण र भवनको अवस्था बारे लेखेर पठाएको र प्राविधिकी टोलीको प्रतिवेदन अनुसार नै अगाडी बढ्ने जानकारी दिए । 



Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती