विद्यार्थीहरुमा पराकम्पनको त्रास: शुक्रबार सम्म सबै विद्यालय बन्द

कृष्ण खनाल
बुटवल, २९ बैशाख । 


कालिका उच्च मावि बुटवल–१२ कालिकानगरका शिक्षक युवराज कण्डेल कक्षा– नौं का विद्यार्थीहरुलाई विज्ञान विषयमा ‘बल’ शिर्षको पाठ अध्ययन गराउदै थिए । ‘कुनै पनि स्थीर अवस्थामा रहेको बस्तु चालमा आउनको लागि थप अतिरिक्त बलको आवश्यक पर्छ’ भन्दै प्रयोगात्मरुपमा एक विद्यार्थीले अर्को विद्यार्थीलाई धक्का लगाएर  व्यवहारिक कक्षा दिदैँ थिए । 
बिहानको करिब १२ बजेर ५३ मिनेटमा  दोलखा जिल्लाको सुनखानी केन्द्रविन्दु बनाएर ७.३ रेक्टरस्केलको  भुकम्प गयो । ‘पहिला त विद्यार्थीले धकेलेकी क्या हो भन्ने लागेको थियो ,पछि भुकम्प गएको भन्ने महसुस भए पछि विद्यार्थीहरुलाई लामबद्व रुपमा  मैदानमा उता¥यांै ।’–शिक्षक कण्डेलले भने । उनले थपे–‘२ वटा नै सिढी खोलेर शिक्षकहरुको सहायतमा सबै विद्यार्थीहरु मैदानमा उत्रार्न सफल भयौं ।’ 
बैशाख १२ गते गएको ७.८ रेक्टरस्केलको भुकम्प पछि सञ्चालनमा आएको उक्त विद्यालयले भुकम्पबाट आउदा कसरी सुरक्षित हुने भन्ने विषयमा प्रत्येक कक्षा का विद्यार्थीहरुलाई जानकारी प्रदान गरेको थियो । सोही अनुसार नै विद्यार्थीहरु नभागेर संयमित रुपमा लाईनबद्व भएर मैदानमा उत्रीए कुनै अप्रीय घटना हुन पाएन । 
कक्षा ६ देखि माथिका विद्यार्थीहरुलाई कुनै समस्या नभएपनि नर्सरी र साना कक्षाका विद्यार्थीहरुलाई सम्झाउन र केही अफ्ठारो परेको विद्यालयले जनाएको छ । बाल मनोविज्ञानमा भएको त्रासका कारण पनि केही विद्यार्थीहरु अतालिएको विद्यायलहरुले जनाएका छन् । कालिका उच्च माविले कक्षा ६ भन्दातलका विद्यार्थीहरुलाई विद्यालयबाट अभिभावकहरुलाई सम्पर्क गरी अभिभावको जिम्मा लगायो भने दिउसो करिव २ बजेबाट सबै विद्यार्थीहरुलाई घर पठाएको थियो । 
सोही प्रद्धती निजी विद्यालयहरुले पनि पालना गरेका थिए । मंगलबारको भुकम्पमा विद्यालय समयमा गएको कारण कायौ अभिभावकहरु अतालिएर विद्यालय पुगेका थिए भने । रुपन्देहीमा अधिकांस विद्यालयहरुले  दिउसो नै  विद्यालय बन्द गरेर विद्यार्थीहरुलाई घर घर पु¥याएका दृश्यिहरु देखिएका थिए ।  भूकम्पका कारण नवलपरासी गेर्नी गाविस ३ का ३५ वर्षीय रितेश गुप्ताको छतबाट खसेर खुट्टा भाच्चिएको छ भने प्रहरी चौकी भुजहावाले जनाएको छ । 
यता जिल्ला शिक्षा कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीमा  विद्यालय र विद्यार्थीहरुमा कुनै अप्रिय घटना नभएको जनाएको छ ।  जिल्ला शिक्षा कार्यालय रुपन्देहीका जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापा ले अगामी शुक्रवार सम्म अर्थात जेठ १ गते सम्म रुपन्देहीका सबै सामुदायिक विद्यालय बन्द गर्नको लागि निर्देशन दिएको बताएका छन् । बुटवल  टुडे संगको कुराकानीमा जिशिअ  थापाले भने–‘स–साना पराकम्पनहरु आउने स्वभाविक भएपनि मंगलबार आएको भुकम्पको कारण शुक्रवार सम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको छ ।’
यता, नीजी तथा आवाशिय विद्यालय अर्गनाईजेसन (प्याप्सन)रुपन्देहीका अध्यक्ष सुदिप केसीका अनुसार शुक्रवार सम्म सबै नीजि विद्यालय बन्द गर्ने निर्णय भएको जानकारी दिए । बुटवल टुडे संगको कुराकानीमा उनले भने–‘शुक्रवार जेठ १ गते सम्म विद्यालय बन्द गर्ने निर्णय गरेका छौ, २ गते शनिवार  विदा आईतबारबाट मात्र कक्षा सञ्चालन हुनेछ । ’
यता, राष्ट्रिय नीजि तथा आवाशिय विद्यालय अर्गनाईजेसन(एनप्याप्सन) रुपन्देहीका अध्यक्ष कृष्ण प्रसाद पौडेले पनि जिल्ला शिक्षा कार्यालयको निर्देशन र प्याव्सन पदाधिकारीको बैठकले शुक्रवार सम्म एनप्याब्सनका सबै विद्यालयहरु बन्द गर्ने निर्णय गरेको जानकारी दिए । 
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्
मंगलबारको भुकम्पपछि कालिका उच्चमावि मैदानमा जम्मा भएका विद्यार्थीहरु । तस्वीरःसौजन्य सुर्दशन रेग्मी 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती