विपत्तीको फाईदा उठाउने तस्कर पक्राउ

कृष्ण खनाल
बुटवल,११ जेठ ।
 
देश महाविपत्तीमा रहेको बेला मौका छोपी काठ तस्करगर्ने तस्करीहरु फन्दामा परेका छन् । रुपन्देहीको देवदह नगरपालिका–सितलनगर जीजीकै चिरान काठ तस्करी गरि ल्याउदै गर्दा  सितलनगर सेक्टर बन, ईलका बन कार्यालय र बुद्ध समुदायिक वन देवदहको संयुक्त गष्तीटोलीले ति काठ तत्करलाई पक्राउ गरेको हो । ७ जनाको समुहमा रहेका काठतस्करहरुले सालको चिरान काठ बोकेर आउदै गर्दा आईतबार राती १ बजेको समयमा संयुक्त  गष्ती टोलीले काठ सहित नियन्त्रणमा लिन सफल भएको सेक्टर बन कार्यालय सितलनगरका प्रमुख सहायक वन अधिकृत सत्येन्द्र नारायण सिंहले जानकारी दिए ।
उनका अनसरा देवदह नगरपालिका–६ का राजु खत्री, अर्जुन खत्री, धन बहादुर रोका, ईन्द्र बहादुर गुरुङ्ग, ठोगु गुरुङ्ग देवदह नगरपालिका–७ का शिव  खत्री क्षेत्री र नवलपरासी जिल्लाको सुनवल नगरपालिका ७ घर बताउने सुकै थारुलाई नियन्त्रणमा लिई आवश्यक कारवाही प्रक्रिया अगाडी बढाएइको छ । उनीहरुको साथबाट ८ थान चिरान सालको काठ  प्राप्त भएको हो ।
सितलनगर सेक्टर वन कार्यालय प्रमुख सहायक वन अधिकृत सिंहका अनुसार भुकम्पछि  देश शोमा रहेको अवस्थामा मौकाको फाईदा उठाउन खोज्नेहरुलाई नियन्त्रणमा लिएको हो । उनी भन्छन्–‘आवश्यक अनुसन्धान पछि वन ऐन अनुसार कारवाहीको लागि सिफारिस गर्नेछौ ।’
उक्त बन कार्यालयले केही समय पहिला पनि अल्गी सामुदायिक वनको चुरे क्षेत्रमा काठ तस्कर गर्दै गर्दा गस्तीमा गएको टोलीले केही तस्कर र काठ नियन्त्रणमा लिएको थियो ।
सेक्टर वन कार्यालय सितलनगरले देवदह–६ मा अवैध रुपमा घरमा लुकाई छिपाई राखेको विर्खे गुरुङ्गको घरबाट ९.१३ क्युफिट चिरान काठ नियन्त्रणमा लिइएको छ । २१ थान चिरान काठ अवैध रुपमा लुकाएर राखेको अवस्थामा नियन्त्रणमा लिएको हो । 
http://www.butwaltoday.com.np/v2/pages/detail/785

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती