दृष्टिविहिन क्रिकेट खेलाडीको पिडा : सुन्दै–छाम्दै, खेल्दै–रमाउँदै

कृष्ण खनाल
बुटवल, १६ ।  ‘
बलिङ्ग बलिङ्ग’, ब्याट्समेन रेडि, किपर रेडी,–एस एस एस’ भनेपछि  बलिङ्ग हुन्छ । त्यो पनि हावामा होईन  भुईमा गुडाएर। बल भुईमा घिसारिदै  खल्र्याङ्ग, खुर्लुङ्ग गर्दै ब्याटस्मेन कहाँपुग्छ , अनि व्याडम्यनले बल लााई  व्याटको सहायतले  हिर्काउछन् । बल टाढा जान्छ  । आवाज कै आधारमा किपरहरुले बल समात्न दौडन्छन् । यता ब्याट्स मेनले रन लिन दौडिन्छन् । 

 पहिलो पटक यस्तो प्रकारको  खेलकुद हेरेका जो कोहीलाई पनि लाग्न सक्छ । के यो क्रिकेट प्रतियोगीता हो र भनेर जिज्ञासा पनि पैदा हुने गर्दछ । तर बास्तवमा  माथि उल्लेख गरिएका दृश्यहरु क्रिकेट प्रतियोगीता कै हो । तर यो  क्रिकेट प्रतियोगीता सामान्य नभएर विशेष क्षमता भएका व्याक्तिहरुले खेल्ने प्रतियोगीता हो । अर्थात  यो प्रतियोगीता हो  दृष्टिविहिनहरुले खेल्ने प्रतियोगीता हो ।
शनिवार बुटवल उप–महानगरपालिका–१४ दवई खेल मैदानमा यस्तो दृष्यिहरु देखिए ।  विभागीय टिम त्रिभुवन आर्मिक्लव काठमाण्डौ र  लुम्बिनी नेत्रहिन क्रिकेट संघ रुपन्देहीका विचमा खेलाडीहरुले आ आफ्नो टीमलाई जिताउनको लागि दौड धुप गरिरहेका थिए । जिविस रुपन्देही र बुटवल उपमहानगर पालिकाको सहयोगमा उक्त प्रतियोगीता आयोजना गरेको  थियो नेत्रहिन क्रिकेट संघ  लुम्बिनीले ।
दृष्टिविभएका व्याक्तिहरुले खेल्ने क्रिकेट प्रतियोगीता  सामान्य व्याक्तिहरुले खेल्ने प्रतियोगीता भन्दा नितान्त भिन्न हुन्छ । आवाजको आधारमा खेलीने भएको कारण बल भित्र आवाज आउने बस्तु राखिएको छ । गुड्दै गएर बल ब्याट्समेनको नजिक पुग्छ  अनि  व्याट्सेले बल हिर्काउछन्  र बल टाढा जान्छ र खेलाडी ले रन लिन्छन् ।
नेपाल नेत्रहिन  क्रिकेट संघका केन्द्रीय अध्यक्ष तथा त्रिभुवनआर्मि क्लवका टिम क्याप्टेन पवन घिमिरे भन्छन्–‘दृष्टिविहिन भएका खेलाडीहरुले खेलबाट केही पाउँदैनन्, एक अर्कोमा घुलमिलभई व्यक्तित्व विकासमा  योगदान पु¥याउँछ  ।’  दृष्टिविहिन खेलाडीहरु ले  वल्ड कप समेत खेल्ने सौभाग्य पाएको भन्दै फुटवलको एकेडमी जस्तै दृष्टिविहिन भएका खेलाडीहरुको पनि क्रिकेट एकेडमी स्थानपना गर्नुपर्ने  उनको धारणा रहेको छ । अहिले सम्म दृष्टिविहिन भएका खेलाडीहरुले क्रिकेटलाई कमाएर खान सक्ने अवस्था नभएको भन्दै राज्यले विशेष नीति तथा नियम बनाएर दृष्टिविहिनहरुको क्रिकेटको लागि सहयोग गर्नुपर्ने उनको माग रहेको छ । बुटवल टुडे संगको कुराकानीमा उनले भने–‘राज्यले खेलकुदलाई उपेक्षा गरेको छ, उपेक्षा भन्दा पनि राष्ट्रको सिर माथि उठाउने कार्यमा हामीहरुलाई सहयोग गर्नुपर्दछ ।’
लुम्बिनी नेत्रहिन क्रिकेट संघका अध्यक्ष विमल पौडेलले सरकारी क्षेत्रबाट खेल क्षेत्र उपेक्षित बनिरहेको बताउदै स्थानिय निकाय, जिल्ला विकास समिति र नगरपालिका बाट केही मात्रमा सहयोग भएको भएपनि बास्तवमा दृष्टिविहिन भएका  व्याक्तिहरुलाई समाज र राष्ट्रले हेर्ने दृष्टिकोणमा  अहिले सम्मपनि परिर्वतन आउन  नसकेको बताए ।  उनले भने–‘सीमित स्रोत र साधनको विचमा खेलकुद अयोजना गर्नुपरेको छ यसलाई सबैले सहयोग गरिदिनुभएमा राम्रो हुनेछ । ’
दृष्टिविहिन क्रिकेट खेलाडी रामप्रसाद पौडेलभन्छन्–‘परिवार र समाजको साथ दृष्टिविनिहरुलाई आवश्यक रहेको छ । ’ उनीहरुले  दृष्टिविनहीन खेलाडीहरुले खेल्ने प्रतियोगीताहरुमा दर्शकको अभाव खड्कीएको भन्दै यसको लागि सबैले आफ्नै सम्झीएर क्रिकेट खेललाई प्रोत्साहन गर्नुपर्ने बताउछन् ।
 लुम्बिनी नेत्रहिन क्रिकेट संघमा महिला क्रिकेट खेलाडी करिव ३० जना खोलाडीहरु रहेका छन् । उनीहरु काठमाण्डौमा भएको  दृष्टिविहिन क्रिकेट प्रतियोगीता र  पोखरामा भएको राष्ट्रिय स्तरको दृष्टिविहिन क्रिकेट  प्रतियोगीतामा समेत सहभागी जनाईसकेका छन् ।  नेपाल अहिले दृष्टिविहिन क्रिकेट खेलाडीहरु  करिव ५ सय जना रहेका छन । जसमा महिला दृष्टिविहिन क्रिकेट खेलाडी १ सय ५० जना  रहेका छन । यस क्षेत्रबाट राष्ट्रिय स्तरमा दृष्टिविहिन क्रिकेट संघ लुम्बिनीबाट राम प्रसाद पौडेल, शंकर रेग्मी, खिमानन्द गैरे, सुनिल सुवेदी र दामोदर जिसीले, अब्दुल निशा ले सहभागीता जनाउदै आएका छन् ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती