‘मिल्क होलीडे’ सयौं किसान मर्कामा

कृष्ण खनाल
बुटवल, २ जेठ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ चप्परहट्टीका किसान निलकण्ठ कण्डेल ले  ३ वटा गाई र ५ वटा भैसी पालेका छन् । दैनिक १८÷२०  लिटर दुध सहकारी मार्फत विक्रि गर्दै आएका उनले शनिवार विहानबाट सबै दुध विक्रि गर्न पाएनन् । स्थानिय कस्तुरी दुग्ध उत्पादक सहकारी  संस्था मार्फत दुध विक्रि गर्दै आएका उनलाई सहकारीले  सबै दुध किनिदिएन् । अर्थात उनी केही लिटर मात्र दुध सहकारीमा दिएर अन्य दुध फिर्ता गर्न बाध्य भए । 
रुपन्देहीको देवदह नगरपालिका–८ पिपलडाँडाका किसान रामकृष्ण पौडेलको घरमा पनि ३ वटा भैसी र २ वटा गाई छन् ।  विहान साझँ गरेर उनले करिव २५ लिटर दुध सहकारीलाई विक्रि गर्दै आएका थिए । शनिवार विहानबाट उनलेपनि  पुरै दुध बेच्न पाएका छैन्न् ।  स्थानिय राधाकृष्ण  दुग्ध उत्पादक कृर्षि सहकारी संस्थाका अध्यक्ष तथा नेपाल डेरी एशोसियसनका केन्द्रीय सदस्य समेत रहेका पौडेल ले दुध विक्रि गर्न नपाउनु एउटै कारण हो ‘मिल्क होलीडे’ । 
नेपाल सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्था  लुम्बिनी दुग्ध वितरण आयोजना (डिडिसी)ले भुकम्पको कारण दुध खपत हुन नसकेको भन्दै शनिवार विहानबाट दुध खरिद गर्न नसक्ने बताएपछि कण्डेल र पौडेल जस्ता यस क्षेत्रका सयांै किसान मर्कामा परेका

छन् भने दुग्ध उत्पादक सहकारीहरु संस्थाहरुले लाखौंको घाटा व्होर्नुपरेको छ ।
 नेपाल डेरी एशोसियसनका केन्द्रीय सदस्य रामकृष्ण पौडेल भन्छन्–‘सरकारी स्वामित्वमा रहेको संस्थानले किसानहरुलाई प्राथमिकता दिएर उनीहरुको दुध खरिद गर्नुको साटो उल्टै किसानहरुलाई घाटा व्यहोनुपर्ने वातावरण सृजना गरेको छ जुन कुरा किसानहरुमाथि सरासर अन्याय हो ।’ काठमाण्डौमा दुधको खपत नभएको भन्दै डिडीसीले दुध खरिद बन्द गरेको कारण लाखांै रुपैया लगानी गरेर खरिद गरिएका पशु चौपायालाई महङ्गो दाना खरिद गरेर खुवाउनु पर्दा आफुहरु थप मर्कामा परेको रुपन्देहीको तिलोत्तमा नगरपालिका प्रेमनगरका किसान कृष्ण पाण्डे को भनाई रहेको छ  । 
सिद्धार्थ दुग्ध उत्पादक सहकारी संस्था तिलोत्तमा–५ नयाँमिल का व्यवस्थापक छवि न्यौपानेका अनुसार करिव १५ दिनमा डिडिसीलाई करिव १२ हजार लिटर दुध सहकारी मार्फत खरिद गर्दै आएकोमा उक्त दुध अहिले बन्द भएको छ । भने किसानहरुबाट सहकारीले खरिद गर्ने दुधमा समेत कटौती गरि स्थानिय स्तरमा नै विक्रि गरिरहेको छ । उनी भन्छन–‘१ सय ३४ जना कृषकहरु आवद्व रहेको सहकारीबाट डिडीसीले दुध नकिनीदिँदा  दैनिक ४० देखि ४२ हजार रुपैयाँ सम्म घाटा व्यहोर्नु परेको छ ।’
त्यस्तै, तिलोत्तमा नगरपालिकामा रहेको कस्तुरी दुग्ध उत्पादक सहकारी संस्थाका व्यवस्थापक तेजु भट्राईले डिडिसीले ३ दिन मौखिकरुपमा ‘मिल्क होली डे’गर्ने बताएको भन्दै यसको कारण दैनिक करिव ९ हजार रुपैयाँ भन्दा बढि घाटा व्यहोर्नु परेको जानकारी दिए । उनले भने–‘विहान साँझ करिव ७ सय लिटर दुध किसानहरुको संकलन गर्ने गरेका थियौं तर अहिले ४ सय लिटर पनि कटौती गरेर लिएका छौ ।’ डिडिसीले ‘मिल्क होलीडे’ गरेकै कारण किसानहरुको रोजी रोटीको समेत समस्या सृजना हुने उनी बताउँछन् । 
आज भन्दा करिव ५÷७ बर्ष अगाडी मिल्क होली डे भएको र त्यसको ३ ÷४ बर्ष नेपालमा दुधको कमी भएको  र अहिले नेपालका व्यवसायीक कृर्षि फार्म फस्टाईरहेको अवस्थामा सरकारी क्षेत्रबाट भएका े‘मिल्क होलीडे’ले किसानको मुखटाल्ने काम भएको नेपाल डेरी एशोसियसनका क्षेत्रीय संयोजक तथा जिल्ला उपाध्यक्ष कृष्ण प्रसाद भट्राई बताउँछन् । 
उनी भन्छन्–‘चितवनमा  बन्द अवस्थामा रहेको चितवन मिल्क प्रा. लि. लाई सञ्चालन र पोखरामा रहेको सुजल  फुड्स प्रा.लि.लाई पुर्ण क्षमतामा सञ्चालनमा गरेमा आगामी दिनमा किसानहरुले समस्या व्यहोर्नु पर्दैन ।’  ‘अहिले दुध कम हुने अवस्थामा त मिल्क होलीडे हुन्छ भने दुध कम उत्पादन हुने(माघ,फागुन, चैत)मा के अवस्था आउला ?’–भट्राईले प्रतिप्रश्न गरे । 
यता, दुग्ध विकास संस्था लुम्बिनी वितरण  परियोजना प्रमुख राजेन्द्र प्रसाद अधिकारीले  भुकम्पको कारण  सबैभन्दा बढि दुध खपत हुने स्थान काठमाण्डौमा दुध पठाउन नसकिएको कारणले मिल्क होलीडे गर्नुपरेको बताए । 
 संवाददाता संगको कुराकानीमा उनले भने–‘१२ गते गएको महाभुकम्प पछि अहिले सम्म काठमाण्डौमा एक लिटर पनि दुध पठाउन सकेका छैनौं, सामान्य हुदै गएको अवस्थामा फेरी गत मंगलबार गएको भुकम्पको कारण थप समस्या सृजना गरेको कारण  केही दिनको  लागि किसानहरुको दुध लिन असमर्थ छौ ।’ उनले केही दिनमा लुम्बिनी वितरण परियोजनाले पश्चिम धनगढी, नेपालगञ्ज लगायतका स्थानहरुमा दुध पठाएर किसानहरुको दुध संकलन  गर्ने गरेका र वितरण  आयोजनामा दुध भण्डारण क्षमताको अभाव भएको कारण पनि दुध संकलन  रोकिएको उनको तर्क रहेको छ । अवको केही दिन सम्म यस्तो अवस्था कायम हुने भन्दै आयोजनाप्रमुख अधिकारीले तत्काल भण्डारी क्षमता नभएको कारणले पनि थप समस्या आएको बताए । 
लुम्बिनी दुग्ध वितरण आयोजनाले दैनिक रुपमा १०  देखि १८ हजार लिटर काठमाण्डौमा पठाउने गरेकोमा उक्त माग अहिले शुन्य भएर एक लिटर पनि दुध पठाउन नसकेको जनाएको छ ।  रुपन्देहीमा करिव १ सय भन्दा बढि नीजि डेरीहरु रहेका छन् भने सयौ दुग्ध उत्पादक  सहकारी संस्थाहरु रहेका छन् । ति सहकारी मार्फत दुग्ध विकास संस्थाले दुध खरिद गर्दै आएको छ । दुध नबिकेपछि दूध व्यवसायी,दूध उत्पादक किसानले गाई भैँंसीलाई दानापानी खुवाउन नसक्ने अवस्थामा पुगेको किसानहरु बताउछन् । 
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती