दृष्टिविहिनद्वारा उत्पादीत बस्तु प्रवद्र्धनमा समस्या
कृष्ण खनाल
बुटवल । १ जेठ ।
चितवनको पिप्ले गाविस–३का रक्षव कोईराला १३ बर्षको उमेर सम्म आम मानिस जस्तै अर्थात सवल थिए । गाउँकै विद्यालयमा कक्षा–२ मा पढ्दै गर्दा उनी दादुरा रोगको सिकार बने । आर्थिक अभावको कारण उनको परिवारले गाउँमै उपचार ग¥यो । तर दादुरा रोगले उपचारपछि निको हुनुको साटो उनको आँखाको ज्वोती सदाका लागि नै हरण गरेर लग्यो । त्यस पद्धि उनी पुर्ण दृष्टिविहिन भए भने पढेर गाउको शिक्षक बन्ने उनको सपना कक्षा २ मा सिमित रह¥यो । गरिबीकै कारण उनको परिवारले उपचारको लागि सुविधा सम्पन्न अस्पतालमा लैजान सकेन्न ।
दृष्टिविहिन भएपछि उनी काठमाण्डौमा रहेको एक गैर सरहकारी संस्थाको सहायतमा ६ महिना बाँसको मुढा बनाउने, तबेला बनाउने र स्वीटर बुन्ने तालिम सिके । घरमा आमाको मृत्यु भईसकेको र बुबाले अर्कै श्रीमती लिएर भागेपछि वेशाहरा बनेका कोईराला घरको जेठो सन्तान थिए । तर उनलाई आफ्नो भाई, घर परिवारले कसैले हेरेन । भाईले घरजाम गरेर अंशबन्डा गरेर हेलामा परेरका उनले सिप र सृजनालाई मर्न दिएनन् ।
घरमा बस्न मन लागेन,अनी उनले पहाडी जिल्ला पाल्पालाई रोजे । पाल्पा जिल्लाको दमकडा गाविसमा रहेको एक अपाङ्गता सम्बन्धी काम गर्ने संस्थाको शरणमा पुगेका उनले त्यहाँ आफुले सिकेको सिपबाट राम्रो आम्दानी समेत गरेका थिए । ‘करिव ३ बर्ष सम्म पाल्पामा बसेर बाँसको मुढा बनाउने, अगरवत्ती बनाउने, र मैन वत्ती बनाउने काम गरे ।’–पूर्ण दृष्टिविहिन कोईरालाले भने ।
अहिले कोईराला ससुराली गाउ सालझण्डी गाविस–१ को झिमझिमे घरेलु उद्योग सञ्चालन गरेका छन् । उनी श्रीमती कमला कुमारी रानाले उनको काममा सहयोगीको भुमिका निर्वाह गर्दै आएकी छिन् । कोईराला परिवारले बासँको मुडा बनाउने, झोल साबुन बनाउने र फिनेल समेत विक्रि गर्दै आएका छन् । उनी भन्छन्–‘ झोल साबुन र फिनेल सालझण्डीका विभिन्न मेडिकलहरु, बैंकहरुमा लगेर विक्रि गर्दै आएको छु ।’
बेला बेलामा अगरवत्ती, मैन वत्ती समेत बनाउँदै आएका उनले छोरी र घर परिवार त्यहि व्यवसायबाट नै पालेका छन् । उद्योगको लागि चाहिने कच्चा पदार्थ रुपन्देहीको ठुटीपिपल बाट ल्याउने गरेको उनी बताउछन् । साढे ३ बर्ष पाल्पामा बसेर व्यवसाय गरेका उनीले आफ्नो घरेलु उद्योगलाई दर्ता गर्न सकेका छैनन् । जसको कारण पनि उद्योगबाट उत्पादित बस्तु प्रद्र्धनमा समस्या परेको उनी बताउँछन् । ‘उद्योग दर्ता गर्न कहाँ जाने, कस्लाई भेट्ने अनि प्रक्रिया के हो भन्ने बारेमा थाहा छैन, झन्टीलो भएकोले पनि समस्या भएको छ ।–उनले भने ।
दृष्टिविहिनहरुले उत्पादन गरेका सामग्रीहरुलाई सरकारले नै निश्चित मापदण्ड निर्धारण गरेर उद्योग सञ्चालन गर्न दिनपर्ने माग रुपन्देही नेत्रहिन संघका अध्यक्ष बालकृष्ण मरासीनीको रहेको छ । उनी भन्छन्–‘अपाङ्गता भएका व्याक्तिहरुलाई प्रोत्सहान गर्नको लागि समेत यस्तो नीति ल्याउनु पर्दछ ।’
tस्वीरः सालझण्डी मा घरेलु उद्योग सञ्चालन गर्दै आएका कोईराला दम्पत्ती । तस्वीरःकृष्ण खनाल/ बुटवल