अनलाईनबाट रगत को जोरजाम

कृष्ण खनाल
बुटवल, १४ जेठ । 
तपाईँको आफन्त विरामी हुनुहुन्छ, रगत चाहियो ? वा अप्रेसनका लागि तत्काल रगत दिनुपर्ने भो? रगत खोज्दा खोज्दै हैरानीमा हुनुहुन्छ भने अब आत्तीनु पर्ने छैन । अव तपाई रगतको लागि विभिन्न संघ, संस्था वा अस्पताल चाहार्नु पर्ने र रगत दिने मानिस खोजीरहने झन्झट अब हट्ने भएको छ । त्यसको लागि तपाई अनलाईनमा बसे पुग्ने छ । 

नेपाल रेडक्रस सोसाईटी रुपन्देहीले अव को केही  महिना मै अनलाईनबाट नै रगतको जोरजाम गर्न सकिने व्यवस्था गर्न लागेको हो । कुनै पनि व्याक्तिलाई फ्रेस रगत चाहियो या  कुनै पनि संघ संस्थाले  रक्त संञ्चार सेवा केन्द्र संग संमन्वय गरेर रक्तदान गर्ने योजना छ भने पनि त्यो जानकारी वेभसाईडमा उपलब्ध हुनेछ । 
त्यस्तै रक्तदाता व्याक्तिहरुको प्रोफाईल, कति पटक रक्तदान गरे , र रक्तदान गर्न ईच्छुक व्याक्तिहरुको फोन नम्बर र ब्लड गु्रप सहितको विस्तृत जानकारी समेत उक्त वेभसाईटमा राखिने जनाइएको छ । 
अनलाइनबाटै नेपाल रेडक्रस सोसाइटी रुपन्देहीले रक्तसंचारकेन्द्रको संमन्वयमा यस्तो प्रकारको व्यवस्था गर्न लागेको नेपाल रेडक्रस सोसाईटी रुपन्देहीका अध्यक्ष प्रेमलाल उदासले जानकारी दिए ।  अनलाईनबाट रगतसम्बन्धी सबै जानकारी प्रदान गर्ने सफ्टवेयर निर्माणको कार्य जारी रहेको भन्दै अध्यक्ष उदासले अवको केही महिनामा उक्त वेसाईट सञ्चालन नगरिने जानकारी दिए । उनले भने–‘हामी  प्राविधिक रुपमा तयारी गरिरहेका छौं प्राविधिकहरुलाई तालिमको लागि पठाईसकेको र  त्यसको तयारी जारी रहेको छ ।’
यस्तै महाभुकम्पको कारण रगत अभाव हुन  नदिनको लागि रक्त सञ्चार सेवा केन्द्रले ३सय रगत पठाएको जनाएको छ । विगत २ बर्ष पछि रुपन्देही रगतमा रुपन्देही आत्मनिर्भर बन्दै गएको नेपाल रेडक्रस सोसाईटीले जनाएको छ । 
‘२ बर्ष पहिला लौन रक्तदान गर्नु प¥यो भन्दै दाता डाक्नु पर्दथ्यो, तर अहिले भने रक्तादानको सेडुल मिलाउन मुस्कील छ ।–अध्यक्ष उदासले भने ।  अहिले ब्लड बैंकमा १ सय ५० रगत स्टक रहेको जनाएको छ ।  

Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ

प्रभावकारी हुन सकेन अनलाईन कम्पनी दर्ता