समाचारले फेरिएको ‘विद्यालय’

प्राविधिक शिक्षालय बनाउन ‘महायज्ञ लगाईदैं’
कृष्ण खनाल
बुटवल, २१ कार्तिक । 
 गत चैत महिनाको १३ गते बुटवल उपमहानर पालिका वडा नम्बर १९ मोतिपुरको रानगञ्जमा रहेको जनशक्ति प्राथमिक विद्यालयमा जाँदा विद्यालय भवन थियो, कम्पाउण्ड थिएन, वायरिङ्ग थियो, तर विद्युत थिएन,लेख्नलाई कालोपाटी थियो तर  चक डस्टर थिएन, विद्यार्थी थिए  तर विद्यार्थी बस्ने डेक्स बेन्च थिएन,  खानेपानी टंकी थियो तर पानी थिएन । तर त्यसको ठिक ७ महिना पछि उक्त विद्यलयमा  माथि उल्लेख गरिएका सबै सुविधा रहेका छन् ।  उपडखापडरुपमा रहेको विद्यालयको कम्पाउड सम्माइएको छ भने विद्यालयको भवन चिरिच्याट पारिएको छ, विद्यालय वरिपरि पर्खाल लगाएर घेरिएको छ । 
बुटवल टुडे दैनिकमा गत चैत १४ गत े‘उपमहानर भित्रकै सरकारी विद्यालयको विजोग’ शिर्षको समाचार प्रकासशित भएपछि स्थानिय संघ संस्था, क्लवव तथा सरकारी निकायबाट सहयोगीहातहरु जुटेर विद्यालयको मुहार फेरिएको छ । 

विद्यालयका प्राचार्य ग्यामलाल भुषाल भन्छन्–‘मिडियामा समाचार आएकै कारण कयौं संघ संस्था, क्लव तथा व्याक्तिबाट सहयोग आयो, स्थानियहरु पनि यसको संरक्षण र  विकासमा लाग्नुभयो, अहिले विद्यालयले नयाँ मुहार फेरिएको छ । ’ उपमहानगर पालिका भित्र रहेको सामुदायिक विद्यालयको विकासका लागि अहिले स्थानियहरुले चासो देखाएका छन् । यतीमात्र होईन विद्यालयलाई प्राविबाट निमावि सञ्चालन गर्ने र प्राविधिक शिक्षालय समेत खोल्ने गरी आर्थिक उपार्जनको लागि महायज्ञ समेत लाउने तयारी गरेका छन् । 
|पुरानाे भवनम पअ । 
जनशक्ति नमूना प्राथमिक विद्यालय बुटवल १९ मोतीपुर शिवनगरले विद्यालयको स्तरबृद्धि र प्राविधिक शिक्षालय स्थापनाका लागि आउदो मंसिर २७ गतेदेखि पुस ४ गते सम्म श्रीमदभागवत धन्धान्यञ्चल महायज्ञ गर्ने भएको छ । महायज्ञ मूल आयोजक समितिका अध्यक्ष भिम प्रसाद न्यौपानेले विद्यालयको भौतीक पूर्वाधार निर्माणका लागि महायज्ञ गर्न लागिएकाले सहयोग गर्न सबैलाई अपिल गरेका छन् । उनले भने–‘सर्वसाधारणका विद्यार्थी पढ्ने स्कुलको स्तरउन्नतीको लागि १ करोड उठाउने लक्ष्यका साथ महायज्ञ सुरु गर्न लागेका हौं ।’ उनले थप प्रस्याउदै भने–‘निकट भविश्यमा यो विद्यालयलाई प्राथमिक विद्यालयबाट निम्नमाध्यमिक विद्यालय बनाउने साथै प्राविधिक शिक्षालय समेत सञ्चालन गर्ने योजना रहेको छ । ’

२०६२ सालमा स्थापना भएको विद्यालय साच्चै नै  बेवारिसे विद्यालयको रुपमा रहेको थियो । पछिल्लो समयमा निजि विद्यालयले आफ्नो शुल्क बढाएर महङ्गो बनाउदै लगेका छन्, सामुदायिक विद्यालयमा अध्यापन गराउने विकल्प नभएको कारण पनि सामुदायिक विद्यालयको विकासमा लागेको स्थानिय कृष्ण प्रसाद खरेल बताउछन् । 
अहीले फेरीएकाे वीद्यालय 
सात दिन सम्म चल्ने महायत्रमा भागवत अंलकार पण्डित नेत्र प्रसाद पराजुलीले कथा बाचन गर्ने गरि कार्यक्रम तयह गरिएको छ । एउटा शिक्षामा पुन्य कमाउने काम सुरुवात भएको भन्दै सहयोगको निम्ती आफुले कथा बाचन गर्न लागेको पण्डीत पराजुलीले  प्रतिक्रिया दिएका छन् । उनले भने–‘महायज्ञबाट उठ्ने पैसाले ज्ञानको ज्योती छर्ने विद्यालयको सुधार गर्ने भएकाले सहयोगका लागि कार्य गरिएको हो ।’ जुन कार्यमा सहयोग गर्नको लागि सबैलाई अपिल गरिएको पण्डीत पराजुलीको भनाई रहेको छ । 
विद्यालय व्यवस्थापन समिति सदस्य शन्त बहादुर राना नमुना जनशक्ति नाम रहेपनि पछाडी परेको विद्यालयको उत्थानको  लागि कुनै कसर बाँकी नराख्ने बताउछन् । 
यज्ञ सम्पादन समितिका उपाध्यक्ष जंग बहादुर खत्री र समाजसेवी गुरुप्रसाद उपाध्यायले विद्यालयको स्तर उन्नतीको लागि स्थानियले देखाएको सहयोगको प्रसंसा गर्दै आगामी दिनमा पनि यसको लागि हरक्षण सहयोग गर्न सबैसंग आग्रह गरे । हाल कक्षा ५ सम्म पढाई हुने विद्यालयमा १ सय ६५ जना विद्यार्थी रहेका छन् ।
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्
तस्वीरः विवरण
विद्यालयको पुरानो भवन १ 
समाचार प्रकाशन पछि विभिन्न दाताबाट जुटेको सहयोगबाट परिर्वन भएको विद्यालय भवन । २

पुरानो समाचारको लिंक

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती