संकटको बेला उर्जा जोगाउन ‘उर्जा अडीट’

कृष्ण खनाल
बुटवल, ३ मंसिर । 

रुपन्देहीको एक स्टील उद्योगमा बार्षिक ९० लाख बराबरको उर्जा यतिकै खेरा गईरहेको थियो । बुटवल उद्योग बाणिज्य संघको ‘उर्जा दक्ष ईकाई’ बाट गएका ईन्जिनियरको टोलीले उर्जा परिक्षण गरी प्राविधिक पाटोमा सुधार गरे । अहिले उक्त उद्योगले बार्षिक ९० लाख रुपैया बचाएको  छ ।  यस्ता रुपन्देही लगायत यस आस पासका जिल्लाका करिव ५१ वटा भन्दा बढि साना, मझौला र ठुला उद्योगहरुले  उर्जा अडिट गरी प्रविधिमा सुधार गरि करिब एक करोड रुपियाँको उर्जा बचत गरि विगतकै परिमाणमा उत्पादन गरिरका छन् । 

कुनै पनि उद्योग, कलकारखाना र व्यवसायीक प्रतिष्ठानहरुमा जडान गरिएको उर्जा के कती मात्रमा आवश्यक हो, आवश्यक भन्दा बढि उर्जा पो खपत भईरहेको छ भन्ने विषयमा उर्जा अडीटबाट थाहा हुन्छ । उर्जा संकटको बेला बढि उर्जा खपत गरी बढि विद्युत महसुल बुझाउन बाध्य उद्योगीहरुलाई उर्जा दक्षता ईकाई अन्र्ततको  उर्जा अडीटले फाईदा पु¥याउने देखिन्छ  ।  जिआईडको सहयोगमा नेपाल उद्योग बाणिज्य महासंघले सञ्चालन गरेको उर्जा दक्षता ईकाई कार्यक्रम अहिले बुटवल उद्योग बाणिज्य संघले सञ्चालन गरिहरहेको छ । 
सामान्यतया एक वटा उद्योग, प्रतिष्ठानमा उर्जा अडिट गरी २० देखि २५ प्रतिशत सम्म  उर्जा बचत गर्न सकिने उर्जा विज्ञ बताउछन् । बुटवल उद्योग बाणिज्य संघको उर्जा दक्षता ईकाई प्रोजेक्ट म्यानेजर मह्मद अवुल हसन खाँन का अनुसार उर्जा अडीट कार्य विशेष प्रकारको उपकारणबाट गरिन्छ । 
यसरी उर्जा अडीट गर्दा कुन उद्योग, व्यवसायीक प्रतिष्ठानमा अहिले के कती मात्रमा उर्जा आवश्यक छ, कती उर्जा खेरा गईरहेको छ, अहिले भएको प्रविधिलाई सुधार गरी कति प्रतिशत उर्जा बचत गर्न सकिन्छ भन्ने विषयमा जानकारी हुन्छ । उनी भन्छन्–‘यो एउटा बैज्ञानिक
पद्वती हो ।’  
करिव ५१ वटा साना, मझौला र ठुला उद्योगहरुले उर्जा अडिट गरी प्रविधिमा सुधार ल्याई करिब एक करोड रुपियाँको उर्जा बचत भएको छ । 
ई. मह्मद अवुल हसन खाँन
प्रोजेक्ट म्यानेजर,उर्जा दक्षता ईकाई, बुटवल उवा संघ
प्रोजेक्ट म्यानेर खाँन का अनुसार  स्थापनाको एक बर्ष सम्म यस क्षेत्रका विभिन्न जिल्लाका साना, मझौला तथा ठुला उद्योग, २५ वटा प्रतिष्ठानमा प्रारम्भीक उर्जा परिक्षण गर्दा  १ हजार ९ सय ८९ केभिए अर्थात ३ लाख ३८ हजार ९ सय ७३ किलोवाट युनिट विद्युतको खपत बढि भएको थियो । त्यस्तै सोही अवधीमा ती उद्योगहरुबाट ३३ लाख ३ सय ८० लिटर डिजेल, २७  हजार ३ सय लिटर फनिसिङ्ग आयल, १ लाख किलो कोईला आवश्यकता भन्दा बढि खपत भएको थियो ।  अहिले सम्म ५१ वटा उद्योग, होटल तथा प्रतिष्ठानहरुमा उर्जा अडीट गरी करिव १ करोड रुपैयाँ बराबरको उर्जा बचाउन सकिएको इन्जिनियर खाँन ले जानकारी दिए । 
बुटवल उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष अनिल कुमार श्रेष्ठका अनुसार अहिले यस क्षेत्रका साना, ठुला र मझौला खालका करिव ५१ वटा उद्योगहरुको उर्जा अडिट गरिएको छ ।  यसरी अडिट गरिएका एक वटा उद्योगबाट बर्षमा ९० लाख रुपैयाँ बराबरको उर्जा यतिकै खेरा गईरहेको पाइएको जानकारी गराए । उनले भने–‘कुन उद्योगमा कती ईन्धन, कती विद्युत, कती प्रकास चाहिन्छ भन्ने कुरा समेत अडीट मार्फत  ईन्जीनियरहरुले जानकारी दिनुहुन्छ ।’ उनले थपे –‘सोही अनुसार के कती प्रविधिमा सुधार ल्याउन सकिन्छ, भन्ने विषयमा तत्काल परिर्वतन गरी विद्युत महसुल समेत कमी ल्याउन उर्जा प्रयोगकर्तालाई सहयोग पु¥याएको छ । ’
नेपालमा अहिले आवश्यकता भन्दा बढि विद्युत तथा अन्य उर्जा खपत गरी झनै उर्जा संकट बढ्दै गएको बेला यस्तो प्रकारको अडीट घर घरमा समेत गर्नुपर्ने उपाध्यक्ष श्रेष्ठको भनाई रहेको छ । नेपालमा लोडसेर्डिङ्ग कम गर्नको लागि समेत यसले महत्पूर्ण भुमिका निर्वाह गर्न सहयोग पु¥याउने उनको भनाई रहेको छ ।  विगत १८ बर्ष देखि उर्जा क्षेत्रमा कार्यरत उर्जा विज्ञ ईन्जिनियर भिष्मराज पण्डीतका अनुसार नेपालका उर्जा अडिट गरी प्रविधिमा सुधार गरेरमा करिव २० देखि २५ प्रतिशत  उर्जा बचाउन सकिन्छ ।  नेपालका उद्योगहरुको प्रविधीमा सुधार गर्न सकेमा करिव २५ प्रतिशत विद्युत बचत हुने र जसको कारण नेपालमा अहिले भईहेको लोडसेर्डिङ्ग सोही अनुपातमा घटानउन सकिने तर्क उनको रहेको छ । 
नेपालमा अहिले सञ्चालनमा आएका उद्योगहरुले करिव ३ सय मेगावाट विद्युत खपत गरिरहेको  छन् । उर्जा विज्ञ पण्डीतका अनुसार अहिले ईट्टा उद्योगहरुमा प्रयोग हुने कोईलाको प्रयोगमा सुधार गरेमा २० देखि ३० प्रतिशत, सिमेन्ट उद्योगहरुमा ७ सय ५० देखि ८ सय मेगावाट विद्युत बताउन सकिने र मिलमा प्रयोग गर्ने  धानको भुस (वायोमास) मा १० देखि १५ प्रतिशत उर्जा बचत गर्न सकिने उनको भनाई रहेको छ ।  उर्जा विज्ञ पण्डीत भन्छन्–‘सबैले उर्जा जोगाउने हो भने नेपालमा लोडसेर्डिङ्ग गर्नुनै पर्दैन ।’ 
उर्जा अडीट गरी वर्तमान पद्धतीमा परिमार्जन गरी सामान्य एउटा उद्योगले बार्षिक रुपमा २० लाख रुपैयाँ सम्म उर्जा बचत गरेर जोगाउन सकिने उर्जा विज्ञको भनाई रहेको छ । 
बुटवल उद्योग बाणिज्य संघका महासचिव हरि प्रसाद अर्यालले यस क्षेत्रमा रहेका उद्योगहरुले आ–आफ्नो  उद्योगहरुको अडिट गरेर त्यसमा रहेको प्रविधि सुधार गरी अविलम्ब उर्जा बचाउन तर्फ लाग्नुपर्ने बताउँछन् । उनी भन्छन्–‘उद्योगी व्यवसायीहरुको ध्यानलाई मध्यनगर गर्दै बुटवल उद्योग बाणिज्य संघले उर्जा इनर्जी युनिट स्थापना गरेको भन्दै यसबाट अहिलेसम्म धेरै उद्योगीहरु सन्तुष्ट रहेको समेत जानकारी  गराए । ’
यो उर्जा अडीट कार्य उद्योगीहरुले तिर्नुपर्ने विद्युत महसुल आधा भन्दा बढि कटौती गर्न सकिने जानकारी गराए । औद्योगीक उत्पादको लागत कम गरी अधिकतम नाफा आर्जन गर्नको लागि उर्जा अडीट कार्य एकदमै उपयुक्त विकल्प भएको महासचिव अर्यालको भनाई रहेको छ । उनी भन्छन्–‘कमसेकम उर्जा खपत गरी अधिकत उत्पादन कसरी गर्न सकिन्छ भन्ने कुरा उर्जा अडीटबाट थाहा हुन्छ, जसले उद्योगी व्यवसायीहरुलाई फाईदा हुन्छ  ।’ 
नेपालमा उर्जा संकट कम गर्नको लागि राष्ट्रिय अभियान अन्र्तगत नेपाल उद्योग बाणिज्य संघको आयोजनामा बुटवल उद्योग बाणिज्य संघले जिटीएडको सहयोगमा  उर्जा दक्षता ईकाई स्थापना गरिएको हो । बुटवल उद्योग बाणिज्य संघमा स्थापना भएको उक्त एकाईले उद्योगमा भएको उर्जाको अवस्थाको बारेमा परिक्षण (अडिट) गरी रिर्पोट तयार गरेर उद्योगीहलाई दिन्छ ।
उद्योगीहरुले  रिर्पोटको आधारमा आफ्नो उद्योगलाई  प्रतिवेदन अनुसार परिर्वतन गर्न सक्दछन् । अति साना उद्योगलाई ६ हजार साना उद्योगलाई १० हजार, मझौला उद्योगको २० हजार र ठुला उद्योगहरुको ३० हजारमा उर्जाको डिटेल अडिटगरी सेवा उपलब्ध गराउने बुटवल उद्योग बाणिज्य संघको भनाई रहेको छ । उर्जा अडिट गर्दा बुटवल उद्योग बाणिज्य संघका सदस्यहरुलाई ५० प्रतिशत छुट र अन्य उद्योगीहरुलाई २५ प्रतिशत छुटको व्यवस्था समेत गरिएको छ ।  ईन्जीनियर र विज्ञहरुको संयुक्त टोलिले गर्ने उद्योगहरुको परिक्षण पश्चात दिने रिर्पोटका आधारमा विज्ञको सुझावको आधारमा प्रविधिको सुधार गर्नको लागि सल्लाह दिने गर्दछ । 
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती