३ महिनामा बुटवलमा ‘झुम्साखानेपानी’

कृष्ण खनाल
बुटवल, १३ मंसिर । 
बुटवलवासीहरुको लागि ‘
बहुप्रतिक्षत’ योजनामा रहेको पल्पाको झुम्सा खोला खानेपानी योजना निर्माणमा कुनै अवरोध नभएमा ३ महिनामा बुटवल सम्म ल्याउन सकिने खानेपानी संस्थान बुटवलले जनाएको छ । यद्यपी बर्षौ देखि ‘बुटवलमो मेलम्ची’को उपमा पाएको यो योजना ३ महिनामा पुरा हुनेमा भने स्यवम उपभोक्ताहरु नै विश्वतहुन  सकेका छैनन् ।
आज भन्दा करिव १९ बर्ष पहिला वि.स.२०५३ सालमा सुरु गरिएको उक्त खानेपानी आयोजनाको अहिले ७० प्रतिशत काम पुरा भएको नेपाल खानेपानी संस्थान बुटवलका प्रमुख मोहन दत्त भट्ट बताउछन् । उनका अनुसार अहिले खानेपानीको लागि मुलमा टैकी निर्माण देखि लिएर पहिला नै  ५ किलोमिटर पाईप विच्याइएको छ । त्यस्तै पाईप विच्याउन बाँकी करिव ३ हजार २ सय ७० मिटर मध्ये २ हजार ८७ मिटर पाईप विच्याउने काम समेत सम्पन्न भएको छ ।
वि.स. २०५३ सालमा ४ करोड रुपैया“ लागतको ‘सिस्ने खोला खानेपानी योजना’ त्यतिकै विलाएर गएपछि सुरु भएको  झुम्सा खोला खानेपानी आयोजना केही महिनामा पुरा हुने अपेक्षा लिइएको हो । बुटवल वासीहरुलाई दैनिक ८० लाख देखि १ करोड लिटर खानेपानी उपलब्ध गराउने योजना अनुसार सुरु भएको उक्त खानेपानी आयोजनको मुहानदेखि ३ हजार २ सय ७० मिटर पाईप २० ईन्चको र त्यपछि  ५ किलोमिटर झुम्सा खोला पुल सम्म १० ईन्चको पाईप विच्छयाइएको छ । १९ करोड ५६ लाख रुपैया“ लागत रहेको सो आयोजना २०६८ सालको असारभीत्र सक्ने लक्ष्य लिईएको उक्त योजना अहिले सम्म पनि पुरा हुन सकेको छैन ।

बुटवलको मेलम्चीको रुपमा व्यख्या गर्दै आएको उक्त खानेपानी आयोजनको लागि नेपाल सरकारका मन्त्रीहरुको समेत चासो बढ्दै गएको छ । रुपन्देही क्षेत्र नम्बर ४ का सांसद तथा अर्थमन्त्री विष्णु पौडेलले दोभान गाविसको विकास गर्न आफुले कुनै पनि कसर बाँकी नराख्ने तर खानेपानी आयोजना पुरा गर्नको लागि दोभानबासीहरुले भरपूर्ण सहयोग गर्नुपर्ने बताउछन् । 
दोभान गाविसका पुर्व गाविस अध्यक्ष लक्ष्मण थापाले दोभान गाविसलाई खानेपानी उपभोग गरे बापत नेपाल खानेपानी संस्थानले बार्षिक रुपमा १० लाख रुपैयाँ सहयोग गर्नुपर्ने बताउछन् । दोभान गाविस–५ मा अहिले पनि खानेपानीको समस्या रहेको भन्दै त्यो समस्या सामाधानको लागि पनि सहयोग हुनुपर्ने उनको माग रहेको छ । तर अर्थमन्त्री विष्णु पौडेलले बुटवलको खानेपानी समस्या समाधानको प्रमुख विकल्पको रुपमा रहेको झुम्सा खोला खानेपानी आयोजना रोक्न नहुने बताउछन् । उनी भन्छन्–‘खानेपानी बुटवल लैजानको लागि तपाईहरुले यत्रो त्याग गर्नुभएकोछ, दोभानको विकासको लागि मैले कुनै पनि कसर बाँकी राख्ने छैन् ।’
यता नेपाल सरकारका उद्योग मन्त्री तथा पाल्पा क्षेत्र नम्बर–३ सांसद सोम प्रसाद पाण्डेले दोभानवासीका समस्या पाल्पाकै समस्या भएको भन्दै दोभानको समस्या समाधानको लागि आफुले कुनै पनि मुल्य चुकाउनसमेत तयार भएको बताउछन् । उनी भन्छन्–‘दोभानको विकास हुनु भनेको पाल्पाको विकास हुनु हो, पाल्पाको जनप्रतिनिधको हैसियतले म सहयोग गर्न तयार छु ।’
नेपाल खानेपानी संस्थान बुटवलका अनुार पाल्पाको झुम्सा खोलाबाट ल्याएको खानेपानी पहिलो चरणमा बुटवलमा मात्र प्रयोग हुनेछ । अहिले खानेपानीको समस्या झेलीरहेका खासगरी बुटवलको सुख्खानगर, दीपनगर, देवीनगर लगायतका क्षेत्रमा पहिलो प्राथमिकताको आधारमा खानेपानी वितरण हुनेछ । अहिले दैनिक २ घण्टा खानेपानी वितरण गर्ने गरेकोमा  उक्त खानेपानी आयोजना पुरा भएपछि थप २ घण्टा उपभोक्तालाई खानेपानी वितरण गरिनेछ ।  खानेपानी संस्थान बुटवलका अनुसार अहिले बुटवलमा झण्डै दुई करोड लिटर खानेपानीको माग रहेको छ । बुटवलमा तिनाउ नदीबाट दैनिक  ७० लाख लिटर र ११ वटा ट्युबवेल(बोरिङ्ग)बाट ८० लाख लिटर गरी १ करोड ५० लाख लिटर खानेपानी मात्र आपूति र्भएको छ तर बुटवल नगरपालिका तथा खानेपानी संस्थान केन्द्रय  कार्यालयका अनुसार झण्डै २ लाख ५०  हजार जनसंख्या रहेको बुटवलमा अहिले दैनिक ३ करोड लिटर खानेपानीको माग छ । 
जसमा १ करोड ५० लाख लिटर पानी मात्र संस्थानले उपलब्ध गराएको छ भने १ करोड  ५० लाख लिटर पानी अपुग रहेको छ ।  करिब १७ हजार धाराबाट दैनिक झण्डै १ लाख ४० रुपैया“ महसुल संकलन हुने बुटवल नगरपालिकामा १ सय ३ सार्वजनिक धारा वितरण  गरिएको भए पनि खानेपानीको समस्या भने गर्मीयाम सुरु भएलगत्तै बढ्ने गरेको छ ।  
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती