नगरभित्रको सरकारी विद्यालयकोे यो विजोग


कृष्ण खनाल
बुटवल, १३ चैत ।
विद्यालय भवन छ, कम्पाउण्ड छैन, वायरिङ्ग छ, तर विद्युत छैन, लेख्नलाई कालोपाटी छ, चक डस्टर छैन , विद्यार्थी छन् तर डेक्स बेन्च छैन, खानेपानी टंकी छ तर पानी छैन । यि उल्लेख गरेका समस्याहरु शैक्षिक नगरीको रुपमा पहिचान बनाएको बुटवल उप–महानगरपालिका भित्रको एक सरकारी विद्यालयको हालत हो । 
बुटवल उप–महानगरपालिका–१९ मोतिपुरको रानीगञ्ज (साविक मोतिपुर गाविस–१) मा रहेको जनशक्ति नमुना प्राथमिक विद्यालयको दयनिय अवस्था बर्णन गर्न साध्य छैन । 

वि.स.२०६२  सालमा स्थानियको पहलमा स्थापना भएको उक्त जनशक्ति नमुना प्रा.वि. शिक्षा क्षेत्रमा भन्दा पनि गरिब विद्यालयको रुपमा आफ्नो नमुना बनाएको छ । गरिब तथा विपन्न  परिवारका विद्यार्थीहरु अध्यायन गर्दै आएका उक्त विद्यालयमा शिक्षकहरुले तलब खान नपाएको ४ महिना भन्दा बढि भएको छ ।  जनताले तिरेको करबाट आफ्नो तलब थाप्ने  शिक्षा क्षेत्रको हाकीम हुँ भन्नेहरु देखि लिएर डलरको खेती गर्ने एन्जीओ आईएनजीओ को ध्यान उक्त विद्यालयमा जान सकेको छैन । 

०७१ साल भन्दा पहिला कुनैपनि स्थायी दरबन्दी नभएको उक्त विद्यालयमा जिल्ला शिक्षा कार्यालयले एउटा स्थायी कोटा दिएपछि मोतिपुर उमाविबाट शिक्षक ग्यामलाल शर्माभुषाल आएर अध्यापन कार्य जारी राखेका छन् । प्राचार्य भुषाल संगै अन्य ५ जना शिक्षिकाहरुले उक्त विद्यालयमा अध्यापन गराउदै आएका छन् । 
एउटा स्थायीकोटा, एउटा राहात कोटा र  २ जना वाल शिक्षक र एक जना अनौपचारीक शिक्षक कोटामा शिक्षीकाहरु रहेपनि  उनीहरुले मासिक तलब नपाएको महिनौ भएको छ । महिनाभर पढाएको ३ हजार रुपैया मात्र  पाउने  सम्झौता भएपनि  शिक्षिकाहरुलाई प्रध्यानाध्यापक  भुषालले आफ्नो तलबबाट केही महिना पहिला केही अंस छुट्टाएर तलब दिएपनि लामो समय देखि  विना तलब  पढाईरहेको शिक्षिका प्रमिनी चौधरी बताउछिँन् ।

सुकुम्बासी बस्तीको विचमा रहेको विद्यालयमा केही बर्षपहिला मोतिपुर गाउ विकास समिति र  स्थानियको सहयोगमा ४ वटा  पक्की कक्षा कोठा र जापान सरकारको सहयोगमा २ वटा टिनले छाएको कक्षा कोठा निर्माण गरिएको छ । तर विद्यार्थीहरु बस्ने डेक्स बेन्च समेत अभावमा विद्यार्थीहरु भुईमा बसेर अध्ययन गर्न बाध्य छन्  भने विद्यालय एउटै कोठालाई विचमा बार लगाएर दुई वटा कक्षा सञ्चालन गरिरहेको छ । 
४ सय ८० फिट लम्बाई र १ सय ८० फिट चौडाई क्षेत्रफलमा विद्यालय रहेको छ । तर विद्यालयको कम्पाउण्ड व्यवस्थित हुन नसक्दा बाहिरबाट आउने  मान्छेकहरु विद्यायमा बायरिङ्ग गरिएको तार र  विद्युतीय मिटरवक्स समेत चोरेर लगेका छन् ।
 गर्मि मौसमको  सुरुवात भएको छ । तर विद्यालयमा  कुनै  पनि विद्युतको सुविधा छैन । शिक्षक शिक्षिकाहरुले असिन÷पसिन हुदै पढाउँदै आएका छन् । एक शिक्षिका ईश्वरी थापा भन्छीन्–‘४ महिना भो तलब पाएकी छैन, स्कुलमा लाईन छैन मोबाईल चार्ज समेत घरमा गर्नुपर्दछ ।’ 
अहिले १ सय ४८ जना विद्यार्थीहरु अध्ययनरत रहेको विद्यालयमा ५ वटा कोठा रहेका छन् भने कक्षा ६ सम्म अध्यायपन गर्ने तयारी भएको छ । एउटा कोठामा दुई तर्फ विद्यार्थी फर्काएर दुई वटा कक्षा सञ्चालन गर्नुपर्ने बाध्याता रहेको सहकायक प्रध्यानाध्यापक मुमाकुमारी पछाईले बताउछिन् । केही समय विद्यालयमा कक्षा कोठाको अभावको कारणकार्यालय(अफिस)मा समेत विद्यार्थीहरु राखेर अध्यापन गर्ने गरेको उनको भोगाई रहेको छ । 
उक्त विद्यालयमा बाल कक्षामा छात्रा १७, छात्र १५ गरी कुल ३२ जना विद्यार्थी रहेका छन ।  कक्षा १ मा छात्रा १७, छात्र २१ गरी कुल ३८, कक्षा २ मा छात्रा १९, छात्र १५ गरी कुल ३४ जना, कक्षा ३ मा छात्रा २३, छात्र १५ गरी कुल ३८, कक्षा ४ मा छात्रा ११ , छात्र ८ गरी कुल २० जना, कक्षा ५ मा छात्रा १७, छात्र १५ गरी कुल ३२ जना विद्यार्थी पढ्दै आएका छन् । 

विद्यालयमा कुल ९९ जना छात्रा ८४ जना छात्र गरी कुल १  सय ८३ जना विद्यार्थी पढ्दै आएका छन् ।  विद्यालयमा निजी  स्रोतमा बाल कक्षामा अध्यापनरत शिक्षीका ईश्वरी थापा , तारा क्षेत्री र प्रमिनी चौधरीले महिनामा ३ हजार  पाउने व्यवस्था छ । तर उक्त तलब पनि नपाएको ४ महिना नाघिसक्यो ।  कार्यालय सहयोगी सुनिता न्यौपानेलेपनि तलब नपाएको आधा बर्ष नाघिसकेको छ ।  
केही समय पहिला लामो समयदेखि विद्यालय व्यवस्थापन समिति समेत गठन नहुँदा  विद्यालयमा अध्यापनरत शिक्षक र शिक्षिकाहरुले जिल्ला शिक्षाकार्यालयबाट पाउने तलब समेत पाउन सकेका थिएन्न् । तर पछिल्लो समयमा आनन्ददेव चौधरीको नाममा विद्यालय व्यवस्थापन समिति रहेको छ । तर उनी पनि निस्कृय रहेको कारण विद्यालय  थप समस्यामा रहेको छ । 
विगत ३३ बर्ष देखि शिक्षण पेशामा लागेका प्रध्यानाध्यापक ग्यामलाल शर्मा भन्छन्–‘खानेपानी छैन, बिजुली छैन, कक्षा कोठा अपुग छ, लेख्नलाई चक डस्टर पनि छैन, के भन्नु सरकारी विद्यालय हो पीडा पोखी साध्य छैन ।’ उनले बुटवल उपमहानगर पालिका, जिल्ला शिक्षा कार्यालय र राजनीतिक दलक र सभासद् सम्मको ढोका चाहर्दा पनि केही सहयोग नपाएको गुनासो गर्छन् । 

केही दीन अगाडी पुर्व विद्यार्थी प्रमेश पाण्डेले विद्यालयमा ४ वटा ह्वाईट बोड सौजन्य गरेका छन् । तर विद्यालयले आर्थिक विपन्नताको कारण बोर्ड मार्कर र मसी किन्न नसक्दा उपयोग हुन सकेको छैन भने अन्य दुई वटा कोठामा पुरानो भाँचीएको काठको कालोपाटी छ । त्यसमा विद्यार्थीहरुले पढ्दै आएका छन् । 
विद्यालयको करिव १० मिटरमा झकिझाउका साथ शान्तीदिप ईंग्लिस स्कुल सञ्चालनमा छ । पहिला एभरेष्ट एकेडमीको नामबाट सञ्चालनमा भएको सालझण्डीगाविसबाट विद्यालयको नामसारी र ठाँमसारी नगरी विद्यालय सञ्चालनमा आएको  फर्साटिकर सो्रेत केन्द्र अन्र्तगतका विद्यालय निरिक्षक हरिपोखरेलले जानकारी दिए । उनले विगत २ बर्ष देखि उक्त नीजी विद्यालय सञ्चालनमा आएको भन्दै विद्यार्थी संख्या विनानै माथिल्लो कक्षा सञ्चालनको लागि अनुमती मागेको तर मापदण्ड पुरा नगरेको कारण नदिएको जानकारी दिए । 
जनशक्ति प्राथमिक विद्यालयको स्तर उन्नती र भौतिक पुर्वाधारको निर्माणका लागि आफुले अहिले खासै केही पहल गर्न नसक्ने उनको भनाई रहेको छ । उनले भने–‘मैले विद्यालयको कम्पाउण्ड सम्माउनको लागि त्यहा भएको गिटी बालुवा बेच्ने र त्यसबाट आएको आम्दानीबाट नीजि स्रोतका शिक्षकलाई तलब खुवाउन र भौतीक सामाग्री खरिद गर्नको लागि बाटो देखाइदिएको हुँ, प्रक्रियामा छ होला ।’
तस्वीरःविद्यालयमा रहेको जीर्णकालोपाटी देखाउदै प्रअ ग्यामलाल शर्माभुषाल (बायाँ), विद्यालयको भवन(दाँया) । तस्वीरःकृष्ण खनाल







Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती