ई–रिक्सा ‘तुहाउन’ चलखेल

कृष्ण खनाल
बुटवल, २० कार्तिक । 
शुक्रवार बुटवलको गोलपार्कबाट विद्युतिय रिक्सा (ई–रिक्सा) चढेर राजमार्ग चौरहा गएकी नम्रता अधिकारीले मात्र २५ रुपैयाँ भाडा तिरिन् । उनी साधारण रिक्समा चढेको भए करिव १०० रुपैयाँ तिर्नुपदथ्यो माईक्रो बस चढेकी भई तिन स्थानमा १०÷१० मिनेट रोकेर १५ रुपैयाँ तिर्नुपर्दथ्यो । तर सहजरुपमा नै २५ रुपैयाँ भाडामा बुटवलको राजमार्ग चौराह देखि गोलपार्क सम्मको यात्रा गर्दा अधिकारी खुसी देखीइन् । 
पछिल्लो समयमा ईन्धन अभावको कारणले नीजी सवारी थन्कीएको बेला उनी जस्ता सयौं सर्वसाधारणहरुको सारथी बनेको छ अहिले ‘विद्युतीय रिक्सा’ । बुटवल आस पासका क्षेत्रमा जाहाँ गएपनि २५ रुपैयाँ मात्र समान दरमा भाडा लिने गरेको कारण भित्री बाटो, माईक्रो नजाने स्थानका सार्वसाधारणहरु झनै लाभांवित भएका छन् । 
बुटवल उपमहानगर पालिका आसपास मात्र होईन रुपन्देहीको तिलोत्तमा नगरपालिका र देवदह नगरपालिकामा समेत विद्युतबाट सञ्चालनमा आएको रिक्सा सर्वासाधारणहरुको सारथी बनेको छ । 
भारतले गरेको नाकाबन्दीको कारण कोचिएर एउटै बसमा यात्रा गर्नुपर्ने यात्रुहरुको लागि अहिले ई–रिक्सा सहज भएको छ । बसको थप जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्याता  केही हदसम्म विद्युतीय रिक्साले सहजता बनाएको छ । 


छोटो दुरीका यात्रुलाई माईक्रो चालकले नचढाउने गरेको कारण थप मर्कामा परेका यात्रुहरुलाई इ–रिक्साले थप राहात प्रदान गरेको यात्रु सारदा तिवारी बताउँछीन् । उनी भन्छन्–‘बुटवल देखि जीतगढी जान बसमा चढ्न खोजेको ४० रुपैयाँको यात्रु छोडेर के तपाईलाई चढाउँ भन्दै सह–चालक झोक्किए, साथीहरु मिलेर ई –रिक्सा चढेर गईयो ।’
पछिल्लो समयमा विद्युतीय रिक्सा लोकप्रिय बन्दै गएपछि यस्लाई बन्द गराउनको लागि कतीपपय व्याक्तिहरु घोषित रुपमा लागेको लुम्बिनी ई–रिक्सा व्यसायी समितिको भनाई रहेको छ । केही समय पहिला देखि नै विद्युतीय रिक्सा दर्ता गर्न नमानेको लुम्बिनी अञ्चल यातायात व्यवस्था कार्यालय बुटवल संगको मिलेमतोमा अहिले ‘अव्यवस्थीत रुपमा रिक्सा सञ्चालन भएको’ भन्दै कतिपय व्याक्तिहरु बन्द गराउन लागेको संघले जनाएको छ । 
लुम्बिनी  ई–रिक्सा व्यवसायी समितिका अध्यक्ष केशव राज रानाका अनुसार के कती कारणले लुम्बिनी अञ्चलमा विद्युतीय रिक्सा दर्ता गर्न नहुने हो  भन्दै सर्वोच्च अदालतमा मुद्धा समेत दायर भएको छ । जुन मुद्धा उपर फैसाला गर्दै सर्वोच्चले विपक्षिको लागि ‘कारण देखाउ आदेश जारी’ गरेको छ । ६ वटा विभाग, कार्यालयलाई विपक्षि बनाएर दायर गरिएको मुद्धाको फैसाला अझै हुन सकेको छैन । महिले मुद्धा पेसी अवस्थामा रहेको  र तारेख लिने काम भएको समितिका अध्यक्ष रानाको भनाई रहेको छ ।  जिल्ला प्रसासन कार्यालय रुपन्देही, लुम्बिनी अञ्चल यातायात व्यवस्था कार्यालय बुटवल, भौतिक योजना तथा निर्माण मन्त्रालय, यातायात विभाग लाई व्यवसायी समितिले  लगायत ६ वटा निकाय विपक्षि बनाएर मुद्धा दायर गरेको हो । 
अहिले यस क्षेत्रमा सञ्चालनमा आएका विद्युतीय रिक्सा राप्ती अञ्चलमा दर्ता भएका रिक्सा हुन । 
लुम्बिनी ई–रिक्सा व्यवसायी समितिमा आवद्व भएर करिव ३ सय रिक्सा सञ्चालनमा आएका छन् भने कतीपय नीजी रुपमा पनि सञ्चालनमा आएका छन् । 
कुनै पनि दुर्घटनामा भएमा दुर्घटना विमा, भलाई कोष समेतको व्यवस्था गरि विद्यूतीय रिक्सा सञ्चालनमा ल्याइएको छ । तर व्याक्तिगत रुपमा दर्ता भएर सञ्चालनमा आएका रिक्सा उपर समिति कुनै जवाफदेहि नहुने संघका अध्यक्ष  केशवराज राना बताउँछन् । उनी भन्छन्–‘समितिमा आवद्व भएका रिक्सा व्यवसायी संग मात्र हामी जिम्मेबार छौं, अन्य व्याक्तिहरुसंग  हाम्रो सरोकार जोडिन्न ।’
विद्युतीय रिक्सामा व्यवसायी समितिले ५ जनाको दुर्घटना विमा गरेको छ । १ जना चालक सहित ४ जना यात्रुको दुर्घटनाको कारण मृत्यु भएमा प्रति यात्रु १ लाख रुपैयाँको विामा गरिेको छ भने चालकको ५ लाखको विमा भएको छ । यदि इ रिक्साको ठक्करबाट कुनै यात्रुको मृत्यु भएमा ५ लाख रुपैयाँको तेस्रो पक्ष विमा समेत गरिएको व्यवसायी समितिको भनाई रहेको छ । 
वातावरण मैत्री, पेट्रोल , डिजल जस्ता ईन्धनको आवश्यकता नभएको  विद्युतीय रिक्सा यस क्षेत्रमा अव निरन्तर रुपमा सञ्चालन गर्नुपर्ने सर्वसाधारणहरुको जनमत जुट्दै गएको छ । 
पछिल्लो समयमा केही  व्याक्तिहरुले व्याक्तिगत लाभको लागि भन्दै   दर्ता विनाका केही इ रिक्सा सञ्चालन गरेकोमा अविलम्ब दर्ता  गरेर अधिकारीक रुपमा सञ्चालन गर्नुपर्ने   देखिन्छ । 

छोइनसक्नु भए साधारण रिक्सा
ईन्धन अभावको कराण छोटो छोटो दुरीमा यात्रा गर्नुपर्ने सार्वसाधारणको  वाध्यतालाई  मौका उठाउँदै साधारण रिक्साहरुले मनपरी भाडा लिन थालेका छन् । रिक्सा व्यवसायी समितिले निर्धारण गरेको भाडा भन्दा तेब्बर बढि भाडा लिने गरेको पाइएको छ । जाने भए जानुस् नभए नजानु्स भन्दै छोटो छोटो दुरीमा पनि रिक्सा चालकले  महङ्गो झण्डै तेब्बर, कतिपयले चौवल समेत भाडा लिएको पाइएको छ । बुटवलको पुस्पलाल पार्क देखि मैत्री पथको दुरी जम्मा ५ सय मिटर पनि छैन् । यसको सामान्य भाडा १० देखि १५ हो । तर रिक्सा चालकले १५ रुपैयाँमा चियाता आउन्न भन्दै विहिवार एक याुत्रबाट ४० रुपैयाँ लिए । 
बुटवलमै छतको यात्रा
ईन्धन अभावको कारण  सञ्चालन हुने गाडीको  संख्या कम भएर सर्वसाधारण यात्रु एउटै बसमा कोचिएर, छतमा समेत यात्रा गर्न बाध्य छन् । बुटवल देखि सालझण्डी, भैरहवा, मणिग्राम, देवदह लगायतका स्थानमा  खासगरी साँझको समयमा बसको छतमा यात्रा गर्ने गरेको पाइएको छ । ईन्धन अभावको कारण जसरी भए पनि यात्रा गर्नुपर्ने यात्रुको बाध्याताको कारण छत पनि यात्रु राखेर यात्रा गराउनुपरेको यातायात व्यवसायीहरुको भनाई रहेको छ । 

छत र गल्लीको टिकट, आरक्षण कार्यान्वयन हुन छोड्यो 
अरक्षण कोटा अनुसार यात्रुले पछिल्लो समयमा सिट पाउन छाडेका छन् भने छत  र गल्लीको समेत टिकट काटेर यात्रुहरुले याया गर्न बाध्य भएका छन् । बुटवलको नयाँ बस पार्कबाट काठमाण्डौ लगायत अधिकांस स्थानमा जाने यात्रुहरुले सवारी साधनको अभावको कारण छुट पाउन छाडेका छन भने बसको छत, गल्लीमा पनि टिकट काटेर यात्रा गर्न बाध्य भएका छन् । वृद्ध, महिला, अपाङ्गता भएका व्याक्ति र विद्यार्थी आरक्षण सिट कार्यान्यवन हुन सकेको छैन । 
जसलाई यातायता व्यवसायीहरुले इन्धन अभावको कारण ‘बाध्यता’ भएको बताएका छन् । 






Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती