सुरु भयो च्याउको मौसम

कृष्ण खनाल
बुटवल, १२ मंसिर । 
चिसो मौसममा बढि मात्रामा उत्पादन हुने च्याउ तराईका लागि मुख्यता मंसिरदेखि फागुनसम्मको सम्मको अबधिलाई उपयुक्त मानिन्छ । चिसो मौसमको पहाडि क्षेत्रमा जुनसुकै महिनामा पनि च्याउ खेती हुने भएपनि तराईका किसानहरु यहि मौसमको मौका छोप्दै च्याउ उत्पादनमा लागेका छन् । तराई क्षेत्रका च्याउ उत्पादक किसानहरुलाई अहिले काम गर्न भ्याई नभ्याई छ । उनिहरु यो मौसममा जति सक्दो च्याउको उत्पादन बढाएर बढि पैसा कमाउने तयारीमा छन् । च्याउ उत्पादनका लागि कोही सामुहिक त, कोही व्यक्तिगत रुपमा च्याउ खेतीमा व्यस्त छन् । 

यिनै च्याउ खेती गर्ने किसानमध्ये वैदेशिक रोजगारीबाट फर्किएका तिन जना युवा उद्यमीहरु समुह बनाएर च्याउ खेतीमा लागिरहेका छन् । करिव १ बर्ष पहिलेलाई उनिहरु आफ्नै लगानीको लुम्बिनी च्याउ तथा कृषि फर्ममा उनीहरु व्यस्त छन् । बुटवल–१४ कलुवामा करिव ५ कठ्ठा जमिन भाडा (लिज) मा लिएर च्याउ फर्म सुरु गरेका युवाहरुको समुहमा अहिले ५ जना भएका छन् । कोही पराल उसुन्ने काम त कोही च्याउ टिप्ने काम, कोहीले च्याउ प्याकिङ्ग गर्ने र कोहीले च्याउलाई बजार सम्म लैजाने काम गर्दछन् । विदेशका विभिन्न स्थानमा काम गरेपछि स्वदेशमा नै च्याउ खेतीगरेर राम्रो आम्दानी गर्न सकिन्छ भन्ने हेतुले अर्घखाँची घर भई बुटवल बस्दै आएका रिसव पोख्रेल नेतृत्वमा खोलिएको च्याउ फर्ममा अहिले हेमराज मरासेनी, केदार पन्थी, मनोज पौडेल, लिलाधर खनाल समेत सहभागी भएका छन् ।  


च्याउको मौसम सुरु भएयता उनीहरुले अहिले दैनिक ५० देखि ६० किलो च्याउ विक्रि गर्दै आएका छन् । बुटवल र यस आसपासका क्षेत्रमा च्याउलाई होलसेल र फुटकर रुपमा विक्री गर्दै आएका उनीहरुले आफै नै च्याउ विक्रिका लागि जाने गर्दछन् । सबै युवा उद्यमीहरु नै पूर्णकालिन कृषकको रुपमा काम गर्दै आएका उनीहरुले करिव साढे ८ लाख रुपैयाँमा तयार भएको भौतिक संरचना खरिद गरेका थिए । बर्षिक ६० हजार रुपैयाँ  जमिनको भाडा तिर्दै आएका उनीहरुले  गत बर्षमा करिव  ४० क्विन्टल च्याउ विक्रि गरेर करिव साढे ३ लाख रुपैया आम्दानी गरेका थिए । 

लामो समय सम्म विदेमा सेकुरेटी गार्डको रुपमा का गरेका रिसव पोख्रेल भन्छन्–‘धेरै बर्ष विदेशका भुमिमा पसिना बगाइयो, अव आफ्नै देशमा केही गरौ भनेर सानो लगानीबाट यो व्यवसाय सुरुगरेका हौं ।’ अर्घाखाँची, गुल्मी र कपिलवस्तुका युवा उद्यामीहरुले सुरु गरेको यो फर्मलाई आगामी दिनमा बहुउद्देयीय फर्मको रुपमा विकास गर्ने योजना ल्याएका छन् । ‘भविष्यमा पशुपालन, लेयर्स कुखुरापालन तर्फ पनि सोच बढाउने योजना रहेको छ ।’–अर्का सञ्चालक हेमराज मरासेनीले भने । गत बर्ष जिल्ला कृषि विकास कार्यालयबाट युवा लक्षित कार्यक्रम अन्र्तगत करिव ८० हजार रुपैया अनुदान समेत पाएका उनीहरुले अहिले होलसेल रुपमा प्रतिकिलो च्याउ लाई २ सय रुपैयाँ र फुटकर २ सय ४० रुपैयाँमा विक्रि गर्दै आएका छन् । 

यस बर्ष करिव १ सय क्विन्टल च्याउ विक्री गर्ने लक्ष्य लिएको बताउदै सञ्चाल रिसव पोख्रेलले पूर्णरुपमा अर्गानिक तरिकाबाट च्याउ उत्पादन गरि विक्री वितरण गरेको बताउछन् । अहिले फर्ममा अहिले वेस्टर ब्लायक मसरुम र वाईट वेस्टर मसरुम गरि दुई प्रजातीको च्याउ उत्पादन गर्दै आएका छन् । कितावमा पढेको र सुनेको आधारमा च्याउ खेती गर्न थालेको बताउने उनीहरुलाई च्याउ खेती बाट सन्तुष्टी मिलेको छ । 

दाउरा महङ्गो भयो 
किसानले च्याउ उत्पादनको लागि उसुनेको पराललाई प्रयोग गर्नुपर्दछ । जसको लागि दाउराको आगोमा पराललाई उसुनेर त्यसलाई प्लाष्टिकमा खदेर विउ छर्नु पर्दछ । तर अहिले भारतले गरेको नाकाबन्दीको कारण दाउरा समेत अभाव हुँदा केही समस्या भएको छ । अहिले बजारमा एक किलो सालको दाउरलाई १४ रुपैयाँ देखि १७ रुपैयाँ सम्म भाउ बढेको छ । जसको कारण केही समस्या भएको किसानको भनाई रहेको छ । 


यस बर्ष युवा लक्षित कार्यक्रम परेन 
गत आर्थिक बर्षमा ४० जना किसनालाई प्रति किसान ४०÷४० हजारको अनुदान प्रदान गरेको जिल्ला कृषि विकास कार्यायले यस बर्ष यस जिल्लामा युवा स्वरोजगार अन्र्तगत च्याउ खेती प्रर्वद्धन कार्यक्रम नभएको जनाएको छ । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका वालि विकास अधिकृत विनोद ज्ञवालीका अनुसार रुपन्देही वाहेक अन्य तराईका जिल्लाहरुमा  युवा लक्षित कार्यक्रम अन्र्तगत च्याउ खेती गर्ने किसानले अनुदान पाउने भएपनि रुपन्देहीमा यस बर्ष उक्त कार्यक्रम नपरेको जानकारी दिए । भुकम्पबाट बढि प्रभावित जिल्लाहरुमा यस बर्ष कार्यक्रम बढि केन्द्रीत गरिएकोले यस बर्ष उक्त कार्यक्रम नपरेको उनको तर्क रहेको छ । 
रुपन्देहीको ग्रामिण क्षेत्र र सहर नजिक रहेका स्थानहरुमा च्याउ खेती हुदै आएको छ । के कती मात्रमा  च्याउ खेती गरिन्छ भन्ने एकिन तथ्यांक नभएपनि रुपन्देहीका करिव ५ सय भन्दा बढि स्थानमा किसानहरुले व्यवसायीक रुपमा च्याउ खेती गर्दै आएका छन् । 
च्याउ खेतीको लागि सामान्य तया चिसो वातावरण उपयुक्त हुन्छ । जसो कारण चिसो मौसममा अली बढि मात्रमा च्याउको उत्पादन र सोही अनुपातमा खपत पनि हुने गर्दछ ।  
लगभग पाँच हजार वर्ष अगाडिदेखिको खोज र अनुसन्धानबाट संसारमा तीन हजार ८०० किसिमका च्याउहरू पत्ता लागेका छन्  । तीमध्ये एक हजार जाती विषालु, दुई हजार जाती खान योग्य र २०० जाती औषधीय गुणयुक्त पाइएका छन् । तीमध्ये पनि ६ किसिमका च्याउ अद्वितीय गुणले भरिपूर्ण छन् । च्याउमा प्रोटिन, भिटामिनहरूमा थाइमिन, राइवोलेविन, नाइसिन, वायोटिन, एसकर्भिक एसिड, विभिन्न मिनरल्स, विभिन्न एमिनो एसिडस् आदि तत्वहरू पाइन्छ । त्यस्तै, भिटामिन ए, बी, सी, खनिज र क्याल्सियम पनि पाइन्छ । बोसो नगन्य मात्रामा पाइन्छ, च्याउमा स्टार्च हुँदैन, त्यसैले च्याउलाई पौष्टिक खानाको रूपमा लि

कसरी गरिन्छ च्याउ खेती 
तयारी च्याउ खेती गरिने कोठालाई २ प्रतिशतको फर्मालीनले सफा गने कम्पोष्ट बेडको तयारी सो कोठामा ३–४ फिट चौडाई र ६–८ इन्च उचाईका कम्पोष्ट बेड काठको ¥याकमा बनाउने बीउ छर्ने    बेड तयार गरेको २ दिन पछि च्याउको बीउ छर्ने। १ टन परालको लागि २० बोतल बीउ आवश्यक पर्छ । माथिल्लो १.५ इन्च कम्पोष्ट हटाई बीउ छर्ने र त्यसलाई कम्पोष्टले ढाकेर हत्केलाले विस्तारै थिच्ने, माथिबाट फर्मालीनले उपचार गरिएको पत्रिकाले ढाकी पानी दिने ।,  यस बेला कोठाको तापक्रम २२–२५ डिग्री सेन्टिग्रेड र सापेक्षिक, आद्र्रता ७०–७५ प्रतिशत राख्ने, १५–२० दिनमा माटोको सतह मुनी सेता ढूसी रेखाले ढाकेको देखिन्छ, माटोले पुर्ने (केसिङ) गर्नेः  बीउ छरेको २ हप्ता व्याड ढाक्नलाई माटोको मिश्रण तयार गर्ने,  १०० के.जी. मसिनो माटो २ के.जी. चूना र फर्मालीन पानीको घोल (०.२५ः५ ली.) एकै ठाउँमा मिसाई प्लाष्टिकले ढाकी ४८ घण्टा राख्ने र पुनः राम्ररी चलाउने , सो मिश्रणले १ इञ्च बाक्लो हुने गरी वेडलाई पुर्ने र विहान बेलुकी हल्का पानीदिने ।
 शुरूमा ७–१० दिन सम्म २२–२५ डिग्री सेन्टिग्रेड र सापेक्षिक आद्र्रता ७०–७५ प्रतिशत राख्ने र त्यसपछि १५–१८ डिग्री सेन्टिग्रेड र सापेक्षिक आद्र्रता ८० –९० प्रतिशत हुने गरी मिलाउने च्याउ टिप्ने  ।  केसिङ गरेको४ हप्ता पछि च्याउ टिप्न लायक हुन्छ ।  च्याउ टिप्दा बोटलाई समातेर एकातर्फ बटारी हल्कासँग टिप्नु पर्दछ । च्याउ टिपेपछि जरा हटाई उपचार गरिएको माटोले पुनः पुरी हल्का पानी दिनुपर्दछ । एक टन परालको कम्पोष्टबाट २००–३०० कि.ग्रा. ताजा गोब्रे च्याउ उत्पादन हुन्छ ।

बजारमा विउको अभाव
च्याउ उत्पादनको मौसम शुरु भएको भएपनि पर्याप्त मात्रामा च्याउको बिउ पाइएको छैन् । बुटवलमो रहेको लुम्बिनी च्याउ बिउ उत्पादन केन्द्रका संचालक कृष्ण पौडेलले नाकाबन्दीमा केमीकल र ग्याँसको अभावकका कारण माग अनुसार बीउ उत्पादन गर्न नसकेको बताए । दुई बर्षदेखि च्याउको बिउ मात्रै उत्पादन गर्दै आएको उक्त केन्द्रले पुराना ग्राहकलाई जनतन बिउ दिदै आएको भएपनि नयाँ ग्राहकलाई भने माग अनुसार बिउ दिन नसकेको बताए । 

जिल्ला कृषि विकास कार्यालयले च्याउको बिउ नपाइदा यस बर्ष ५ हजार प्याकेट  विउ अनुदानको रुपमा किसानलाई वितरण गरेको छ । ईन्धनअभावको कारण काठमाण्डौमा निर्माण हुने च्याउको विउको अभाव भएको कारण  पहिलो चरणमा करिव ५ हजार प्याकेट मात्र च्याउको विउ अनुदानको रुपमा वितरण गरिएको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका बालि संरक्षण अधिकृत रामबहादुर खत्रीले जानकारी गराए । उनले भने–‘पहिलो चरणमा करिव ५ हजार प्याकेट ५० प्रतिशत अनुदानमा वितरण गरियो अवको केही दिनमा करिव ५ हजार प्रति प्याकेट वितरण गर्ने छौ ।’ 

च्याउको विउ उत्पादनको लागि ग्यास चाहिन्छ । ग्यासमा गहुँको विउलाई फ्युजन बनाएर  विउ उत्पादन गरिन्छ ।  एक प्याकेटमा ४ सय देखि ४ सय ५० ग्राम हुने च्याउको विउ १०० रुपैया पर्दछ । तर कृषि कार्यालयले ५० प्रतिशत अनुदानमा मात्र ५० रुपैयामा कृषकलाई उपलब्ध गराउदै आएको छ । जिल्ला कृषि विकास कार्यालयले अनुदानमा प्रदान गर्ने च्याउको विउ प्रयाप्त मात्रामा नपाएपछि अहिले किसानहरुले महङ्गो मुल्यमा विउ खरिद गर्न बाध्य छन् । 

रोग÷कीरा नियन्त्रण
खैरो प्लाष्टर रोग –द्यचयधल उबिकतभच mयगमि०
ढुसीबाट फैलन्छ र बीउ रोपे

को बेलामा परालमा र केसिङ, गरिसेको माटोको सतहमा आउँछ, लक्षणः ब्याडमाथि र केसिङ्ग गरेको माटोको माथि पहिले सेतो अनि फिक्का खैरो पाउडर जस्तो धूलो देखापर्छ । व्यावस्थापनः सरसफाई, हावाको संवाहन, तापक्रम र सापेक्षिक आद्र्रता मिलाउनुपर्छ साथै २ प्रतिशत फर्मालिन अथवा १ ग्राम  ।  डेरोसाल वा बेभिस्टनलाई १ लिटर पानिमा मिसाएर छर्नुपर्छ । हरियो रोग ९न्चभभल mयगमि० लक्षण ः ब्याडको कम्पोष्ट वा केसिङ्ग गरेको माटोकोमाथि सतहमा पहिले सेता रेशाले ढाकेको देखिन्छ र पछि बढी रोग लागेको ठाउँमा हरिया धब्बाहरू देखिन्छन् र खेती गरेको च्याउलाई हुर्किन दिँदैन ।   कारणः मल बनाउँदा राम्ररी नकुहिएमा, राम्रोसँग विसङ्क्रमण नभएमा, तापक्रम र सापेक्षिक आद्रता बढी भएमा । व्यावस्थापनः इन्डोफिल एम ४५ दुई ग्राम १ लिटर वा डेरोसाल १ ग्राम प्रति लिटर पानीका दरले छर्ने कीरा ( झिँगा एवं सुलसुल) व्यावस्थापन ः०.१ प्रतिशत र झिंगाको लागि ०.२ प्रतिशत नुभानको घोल बनाएर छर्कने अवस्था हेरी फेरी एक पटक दोहो¥याउने । विषादी छरेपछि च्याउ टिप्न ४ दिनसम्म पर्खनु पर्दछ ।
कन्ये च्याउ खेतीः–कन्ये च्याउका लागि धानको पराल, गहुँको छ्वाली, मकैको खोस्टा, तोरीको डाँठ आदिको सदुपयोग गरी च्याउ उत्पादन गर्ने प्रविधिको प्रयोग गर्न सकिन्छ । खेती प्रविधि कन्ये च्याउ खेती गर्दा २०–३० डि.से. तापक्रम र आद्र्रता ८०–९० प्रतिशत हुनुपर्छ । सुहाउँदो तापक्रम भने २२–२५ डि.से. हो । 
१. सफा पराललाई बीउको मात्रा मिलाउनका लागि तौलने ।
२. तौलेको पराललाई २ देखि २.५ इन्चको टुक्रा पार्ने ।
३. पराललाई २ घण्टा सफा पानीमा डुबाउने ।
४. सफा पानीले ३–४ पटक परालमा भएको धूलो पखाल्ने ।
५. भिजाएको परालमा बढी भएको पानी हटाउन १८–२४ घण्टासम्म भिरालो ठाउँमा फिजाई पानी तर्काउने ।
६. परालमा भएका सूक्ष्म जीवाणूलाई मार्न पानीको वाफले मात्र ३० मिनेटदेखि १ घण्टासम्म पराल बफाउने ।
७. बफाएको पराललाई सफा ठाउँमा राखी चिसो भएपछि १६”ह१८” को प्लाष्टिक झोलमा ४ इन्च जति पराल राखी बीउ छर्ने र फेरी ४” पराल राख्ने र वीउ छर्ने । यसै गरी ४–५ तहसम्म बीउ छर्ने । परालमा ढुसी राम्रो फैलाउन हल्का तरिकाले थिच्नुपर्छ ।
८. प्लाष्टिक भित्र केही मात्रामा अक्सिजनको आवश्यकता पर्ने भएकोले १० से.मी. फरकमा १ से.मी. गोलाईको प्वाल पार्ने । 
 ९. बीउ रोपीसकेको प्लाष्टिकको झोलालाई अध्यारो ठाउँमा २५–३० डि.से. तापक्रम भएको कोठामा झ्याल ढोका बन्द गरी ३ हप्तासम्म राख्नुपर्दछ ।
१०. परालमा पूरा ढुसी फैलिएपछि प्लाष्टिक झोला हटाउने र डल्लोलाई ईट्टा तथा फल्याकमाथि राख्ने ।
११. प्लाष्टिक झोला हटाउने समयमा परालमा स–साना च्याउका दाना पनि देखिन्छन्।सो झोला खोलेको ५–७ दिनमा च्याउ टिप्न तयार हुन्छ ।
१२. दिनको २–३ पटक जमिनमा पानी छर्कने ।
१३. एउटा डल्लो ९द्यबिि० मा ३–४ पटकसम्म च्याउ फल्दछ ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती