पुर्वाधार विना ‘लाईसेन्स परिक्षा’


कृष्ण खनाल
बुटवल, ६  मंसिर । 
गत बैशाख महिनामा मोटरसाईकलको मात्र सवारी चालक अनुमती पत्र (लाईसेन्स)को परिक्षा सञ्चालन गरेको ‘सवारीचालक अनमुती पत्र लुम्बिनी’ कार्यालयले मंसिर ६ गते (आईतबार)देखि नयाँ लाईसेन्सको लागि आवेदना खुला गरेको छ । 
सवारीसाधनलाई ६ प्रकारमा विभाजनगरी सवारी चालक अनुमती पत्रको लागि आवेदन माग गरेको हो ।  लुम्बिनी अञ्चलका अलवा नेपाल भरका जो कोही नेपालीहरुले समेत परिक्षाको लागि आवदेन दिन सक्ने जनाइको उक्त कार्यालयले अहिले सम्म भाडामा लिएको जग्गा (ट्रायल सेन्टर) मा काम चलाउँदै आएको छ । हजारौ  सवारीसाधन अनुमती पत्र वितरण गरेको कार्यालयको मातहतमा आफ्नो ट्रायल छैन । एथेष्ट भौतिक संरचना विना ‘कामचलाउ’ रुपमा अस्थाथी प्रकृतीको संरचना खडा गरी परिक्षा लिन थालेको बर्षौ भएको छ । तर यसको लागि  स्थायि प्रकृतीको भौतिक संरचना बनाउन तर्फ कसैको पहल भएको देखिदैन । 
नेपाल सरकार यातायता व्यवस्था विभाग, यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमती पत्र कार्यालय लुम्बिनीका कार्यालय प्रमुख वेद प्रकास अर्यालले ट्रायल सेन्टरको लागि जग्गा अभाव भएको भन्दै स्थायि प्रकृतीको संरचना निर्माण गर्न नसकिएको बताउँछन् । नेपाल सरकार यातायात मन्त्रालय अन्र्तगतको यातायात व्यवस्था विभागले नयाँ मापदण्ड अनुसार सवारीचालक अनुमती पत्रको परिक्षा र ट्रायल लिने व्यवस्था गरेको भएपनि सवारीचालक अनमुती–पत्र कार्यालयले केही मात्र नियम पालन गरेरेर  परिक्षा तथा ट्रायल लिने गरेको पाइएको छ । 

‘विगतका दिनमा नयाँ मापदण्ड अनससार जसरी लिन्थ्यौं, अहिले पनि सोही प्रकृतीबाट हुन्छ, अन्य सुधार गर्न सकिएको छैन ।’ –कार्यालय प्रमुख अर्याल भन्छन् ।  आईतबारबाट सुरु गरिएको सवारीचालक अनमती पत्र वितरण कार्य अव निरन्तर रुपमा सञ्चालन गरिने योजना समेत ल्याएको प्रमुख आर्यालयको भनाई रहेको छ । 
सिसीटीभीको कुरा नाम मात्र
नेपाल सरकारले कुनैै पनि सवारीको चालक अनुमती परिचय–पत्र प्रदान गर्दा परिक्षा लिने स्थान र ट्रायल लिने स्थानमा समेत अनिवार्य रुपमा सिसीटीभि क्यामेराद्वारा निरिक्षण गरिने गरी व्यवस्था गरेको थियो । तर यहाँ यसको प्रयोग भएको पाईदैन । कार्यालय प्रमुख अर्यालले आफ्नो कार्यालय मातहातको ट्रायल सेन्टर नभएको र खेलाको किनारा असुरक्षित स्थान भएको कारण सिसीटीभी जडान गर्न नसकिने बताउँछन् । उनी भन्छन्–‘आफ्नो फिल्ड छैन, खोलाको किनारामा कहाँको सीसीटीभी जोड्ने अलि अव्यवहाकि भयो ।’ अहिले अनमुती पत्र कार्यालयले लुम्बिनी मोटर ड्राईभिङ्ग ईन्च्युटले  सञ्चालनमा ल्याएको स्थान बुटवल–१३ देवीनगरमा ट्रायल लिदैँ आएको छ । 
हेभी ईक्वपेन्टको परिक्षा हुने ट्रायलको टुङ्गो छैन 
सवारीचालक अनुमती–पत्र कार्यालय लुम्बिनीले धेरै बर्षको अन्तरालमा यस पटक हेभी ईकुप्मेन्टका साधानहरुको चालक अनुमती पत्र खोल्दै छ । मंसिर २७ गते बाट परिक्षा सञ्चालन हुने भनिएपनि अहिले सम्म ट्रायल कहाँ गर्ने भन्ने विषयमा कार्यालय नै अनविज्ञ रहेको छ । 
हेभी ईक्पमेन्ट अन्र्तगत डोजर, लोडर, एक्साभेटर, लगायतका साधानहरुको लागि परिक्षा सञ्चालन गर्ने भन्दै आवेदन माग गरेको छ । यस्को लागि ट्रायल सञ्चालन गर्ने स्थानको अभावको कारण कहाँ कहिले कसरी ट्रायल सञ्चालन गर्ने भन्ने विषयमा आफुहरु हेभिईक्पमेन्ट व्यवसायी संघ संग सल्लाह गर्ने योजनामा रहेको कार्यालय प्रमुख अर्यालको भनाई रहेको छ । उनी भन्छन्–‘जहाबाटो खनिरहेको छ, जहाँ लोडर, एक्साभेटर चलेको छ त्यहि परिक्षार्थीलाई लगेर ट्रायल दिने हाम्रो उदेश्य हो ।’ 
ग्त बैशाख महिनामा सञ्चालन भएको सवारीचालक अनमुती पत्र परिक्षा साउन महिना सम्म जारी रहेको थियो । साउन महिनामा ट्रायल सञ्चालन गरी ५ हजार ५ सय ३ जनालाई लाईसेन्स वितरण गरिएको कार्यालयले जनाएको छ ।  
 मोटरसाईकल र स्कुटरका लागि १९ हजार ६१ जनाको आवेदन परेकोमा ५ हजार ५ सय ३ जना मात्र उत्र्तीण भएका थिए ।  मंसिर ६ गते बाट खुल्ला हुने लाईसेन्समा मोटरसाईकल, कार, जीप, ई रिक्सा, ट्याम्पो, ट्याक्टर, ट्रेनका लागि आवेदन खुल्ला रहनेछ । 
यस अघि कार तथा जीपका लागि ट्रायल हुने स्थानको अभाव भएपनि अटो रिक्सा, ट्याम्पो, ट्याक्टर र ट्रेनका लागि आवश्यक पुर्वधार अभावका बीचमा पनि लाईसेन्सका लागि आवेदन
खुल्ला गर्न लागिएको हो । मंसिर ६ गते कार तथा जीपका लागि आवेदन खुल्ला गरिए छ ।
विहान १० बजे देखि दिउँसो २ बजे सम्म मात्र आवेदन दर्ता गर्न सकिने छ । त्यस्तै ९ गते टेम्पो, अटो रिक्साको लागि, मंसिर १३ गते मोटरसाईकल, स्कुटर मोपेडको लागि, मंसिर  १५ गते स्कुटर र मोपेडको लागि ,२० गत पावर ट्रोल र  ट्याक्टरको लागि र २७ गते डोजर, लोडर एक्साभेटरको लागि आवेदन दिन सकिने जनाइएको छ ।  
यो बीचमा तोकिएको मिति र सवारी अनुसार पछि पनि आवेदन फाराम भर्न सकिने कार्यालयले जनाएको छ । ‘हतार गरेर लाईन बस्नुपर्ने बाध्यता यसपटकबाट अन्त्य हुने कार्यायले जनाएको छ ।  पुस मसान्त सम्म आवेदन लिदैं बीचको समयमा लिखित तथा ट्रायल परीक्षा गरिने छ । यातायात कार्यालय लुम्बिनीबाट ट्याक्टर, डोजर, लोडर  तथा अन्य ठुला सवारीको लाईसेन्स ३ बर्ष देखि खुल्न सकेको छैन ।  पुरानो मापदण्ड फेरिएर नयाँ अंग्रेजी ‘आठ’घुमाउने मापदण्ड आएपछि पनि लाईसेन्स वितरण निरन्तर हुन नसकेको भन्दै ड्राईभिङग संघ तथा सेवाग्राहीले गुनासो गर्दै आईरहेका थिए ।
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती