बुटवल टुडे फलोअप बधशाला सञ्चालन गर्न विस्तृत प्रतिवेदन आह्वान

कृष्ण खनाल
बुटवल, १५ मंसिर ।
निर्माण भएको ५ महिना सम्म अलपत्र परेको पशु–बधशाला सञ्चालनको लागि बुटवल उपमहानर पालिकाले मासु व्यवसायी संघ रुपन्देही संग विस्तृत कार्यक्रम माग गरेको छ । बुटवल उपमहानर पालिका र मासु व्यवसयी संघ रुपन्देहीका विचमा सम्झौ
ता भई सञ्चालनमा आउने गरी निर्माण भएको बधशाला बुटवल उपमहानर पालिकाको उदासिनताको कारण यतिकै अलपत्र परेको थियो ।
केही दिन पहिला बुटवल टुुडे दैनिकमा ‘करोडौ लगानीको बधसाला अलपत्र’ शिर्षकको समाचार प्रकाशन भएपछि बुटवल उपमहानगर पालिकाले बधसाला सञ्चालनको लागि चासो देखाएको थियो । केही दिन पहिला बुटवल उपमहानर पालिका कार्यालयमा पशु बधसालाको विषयमा जानकारी लिन गएका संवाददाता संग बुटवल उपमहारनगरपालिकाका प्रमुख कार्यकारी अधिकृत धुब्र बहादुर खड्काले कार्यवस्थता भएको भन्दै प्रतिक्रिया दिन मानेका थिएनन् ।
 तर पत्रिकामा समाचार प्रकासन भएकै दिन मासु व्यवासी संघका पदाधिकारीहरु  र बुटवल उपमहानर पालिकाका बरिष्ठ अधिकृतहरुको सहभागीतामा विशेष बैठक आह्वान गरेर मासु व्यवसायी संघलाई के कसरी सञ्चालन गर्ने भन्ने विषयमा प्रतिवेदन पेस गर्न आग्रह गरेको मासु व्यसायी संघ रुपन्देहीका अध्यक्ष कृष्ण प्रसाद पौडेल बताउछन् । उनी भन्छन्–‘समाचार प्रकाशन हुने दिन नै नगरपालिकाका प्रमुखले बोलाएर यस विषयमा छलफल भएको थियो ।’ उनले छलफलपश्चात मासु व्यवसायी संघलाई विस्तृत जानकारी सहितको  बधसाला सञ्चालन गर्न कार्ययोजना एक हप्ता भित्र पेश गर्न आग्रह गरेका थिए ।
केही समय पहिला बुटवल उपमहानर पालिकाको स्वामित्वमा बुटवल–६मा रहेका १४  वटा सटरमा मासु व्यवसायीले व्यवसाय गर्दै आएकोमा बुटवल उपमहानर पालिकाले बलजफ्ती टेण्डर आह्वान गरेर मासु व्यसायीलाई विस्तापन गर्ने गरी योजना ल्याएको थियो । जसबाट मासु व्यवसायीहरु रुष्ट भएका थिए । उक्त सटरमा अहिले पनि केही व्यवसायीहरुले टेण्डर परेका सटरव्यवसायबाट पुनःसटर खरिद गरि  व्यवसाय सञ्चालन गर्दै आएका छन् ।
बधसालाको अभाव भएपनि बुटवल उपमहानर पालिकाले आर्थिक बर्ष २०७० र ०७१ गरी दुईपटकसम्म कार्यसम्पादन मूल्याकंनमा देशभरीकै नगरपालिकालाई पछाडि पार्दे पुरस्कृत भएकोथियो । तर कार्यसम्पादन मुल्यांकनको छैठौ आधारको रुपमा पशु बधसाला अनिवार्य रुपमा सञ्चालन भएको हुनुपर्ने हुन्छ । पहिलो चरणमा पशुपन्छी बजार प्रवद्र्धन निर्देशनालय ललितपुरले वधसाला निर्माणको काम गरेको थियो । 
तर पछि ठेकेदारले समयमा काम नगर्दा र बजेट अभाव हुँदा बधशाला समयमै निर्माण हुन सकेको थिए । पहिलो चरणको काम २०६५ फागुनमा भवन निर्माण सम्झौता र ०६६ वैशाखमा बधशालाभित्रको भौतिक संरचना निर्माण गर्ने विषयमा गोरखा कन्स्ट्रक्सनसँग सम्झौता भएको थियो तर ठेकेदार सम्पर्क विहिन  भएपछि निर्माण कार्य रोकिएको थियो । पशुपन्छी बजार प्रवद्र्धन निर्देशनालयले वधसालाको भित्री डेकोरेसन लगायतको उपकरणका लागि बुटवल उपमहानगरपालिकालाई संरक्षकको भूमिका दिई दोस्रो चरणको ठेक्का लगाएपछि बधशाला निर्माण भएको थियो । 
उपमहानगरपालिकाले ०७१ जेठ २० गते अरनिको एन्ड भीम कन्स्ट्रक्सनसँग सम्झौता गरी ०७१ असोज ३० सम्म निर्माण पूरा गर्न भन्दै ठेक्का दिएको थियो । उक्त कम्पनीले पनि ढिला भवन निर्माण गरी २०७२ असार महिनामा मात्र बुटवल उपमहानगर पालिकालाई हस्तान्तरण गरेको थियो ।  
एक करोड एक लाख ८५ हजार ६ सय ३६ रुपैयाँ लागत इस्टिमेट गरे पनि निर्माण कम्पनीले ९१ लाख ४३ हजार तीन सय १० रुपैयाँमा ठेक्का लिएको थियो । कृषि विकास मन्त्रालय पशुसेवा विभाग पशुपन्छी बजार प्रवद्र्धन निर्देशनालय हरिहर भवन ललितपुरबाट ५० लाख र बाँकी रकम बुटवल उपमहानगरपालिकाले ५२ लाख ४२ हजार आठ सय १८ रुपैयाँमा सो बधशाला निर्माण भएको हो ।
करिव डेढ करोड रुपैयाँ लागतमा  निर्माण गरिएको पशुवधसाला यस क्षेत्रको एक मात्र आधुनिक पशु बध गर्ने स्थान हो  । बुटवलमा बधशाला नबनेकै कारण दैनिक दुई हजार पाँच सय पशुपन्छीहरू अस्वस्थकर रूपमा बध गरिँदै  आएको छ ।  मासु व्यवसायी संघका अनुसार बुटवलमा दैनिक दुई सय खसी, दुई हजार कुखुरा, ४० रागाभैँसी तथा पाँच बंगुरवटाको मासु बिक्री गरिन्छ भने करिब पाँच सय केजी माछाको बिक्री हुने गरेको छ । डेढ करोड मध्ये ६० लाख बुटवल नगरपालिकाले लगानी गरेको छ ।  बुटवल–१२ रामनगर रामनगरमा औद्योगीक Ôेत्र व्यवस्थापन लिमिटेडको ३ बिगाहा क्षेत्रफलमा पशु बधशाला निर्माण गरिएको हो । पशुपंÔी बजार प्रर्बद्धन निर्देशनालयले बुटवलसंगै महेन्द्रनगर, झापाको भद्रपुर, बिराटनगर, गुलरिया, हेटौडा, धादिङको धार्केमा पनि बधशाला बनाउने योजना ल्याएको थियो । बुटवलको बाहेक केही स्थानको बधशाला निर्माण सकिएर सञ्चालनमा आएको छ ।  केही  समय अगाडी बुटवलमा गरेको अनुसन्धान तथा अनुगमनमा पछि निकालिएको एक प्रतिबेदनले बुटवलका ३ सय १५ मासु पसल अस्वस्थकर रहेको उल्लेख छ भने खसीको मासु भन्दै ९० प्रतिशत बाख्रीको  मासु बेच्ने गरेको माशु व्यवसायी संघले गरेको अध्यायन प्रतिवेदनमा उल्लेख गरेको छ ।
 बधशालाको अभावमा बुटवलका मासु व्यवसायीहरुले पशु चौपायाहरु बसपार्क, गोलपार्क, देविनगर लगायतका खुल्ला ठाउँमा काट्ने गरेका छन् । खुल्ला रुपमा पशुको बध गर्दा अस्वस्थकर मासु खानु परेको उपभोक्ताहरुको गुनासो रहेको छ भने नगरक्षेत्र नै प्रदुषित बन्ने गरेको छ ।  रुपन्देहीमा दैनिक ३ देखि ४ सय खसी बोका, २० टन कुखुरा, २ हजार किलो माछा र रांगा पाडा २ हजार किलो खपत हुने मासु व्यवसायी संघले जनाएको छ ।
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्






Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती