धागो कारखानालाई मन्त्रीको ‘आश्वासन मात्र’

कृष्ण खनाल
बुटवल, १७ कार्तिक ।
चीन सरकारको सहयोगमा निर्माण भएको नेपालकै पहिलो र ठुलो ‘बुटवल धागो कारखाना’ पूर्णरुपमा बन्द भएको ८ बर्ष भएको छ । यस विचमा बन्द भएको धागो कारखाना सञ्चालनका लागि नयाँ सरकार परिर्वतनसंगै नयाँ उद्योग मन्त्रीहरु आएर ‘कारखाना पुनः सञ्चालन गर्ने आश्वासन मात्र’ बाढेर जाने गरेका छन् । तर उद्योगको अवस्था झनै जिर्ण बन्दै गएको छ । 
 वि.स.२०६७ सालमा तत्कालिन उद्योग मन्त्री अनिल कुमार झा आएर उद्योगको निरिक्षण गर्दै उद्योगलाई ‘अविलम्ब धागो कारखानाकै रुपमा सञ्चालन गर्ने’ आश्वास बाढेर गएका थिए । सरकार परिर्वतन भयो मन्त्रीपनि फेरीए । २०७० सालमा उद्योग मन्त्रीमा कर्ण बहादुर थापा चुनिए । उनी पनि आएर बुटवल धगो कारखानालाई सञ्चालन गर्ने आश्वासन बाढेर काठमाण्डौ फर्किएका थिए । 
अघिल्लो सरकारमा रहेका उद्योग मन्त्री महेश बस्नेतले पनि २०७१ साल असोज महिनामा आएर उद्योगलाई सञ्चालन गर्ने भन्दै तत्परता देखाएका थिए । उनको तत्परतालाई ‘आश्वासन मा बाढिएको’ टिप्पणी गरिएको छ । सोही सृङ्खलाको निरन्तरता पुनः सोमबार पनि दोहोरिएको छ । गृह जिल्ला पाल्पा भएका नवगठीत सरकारका उद्योग मन्त्री सोमप्रसाद पाण्डेले पनि सोमबार उद्योगको अवलोकनगरी धोगो कारखानालाई ‘धागो कारखानाकै रुपमा सञ्चालन गर्ने’ आश्वासन दिएका छन् । 
वि.स.२०४८ सालदेखि उत्पादन प्रबन्धको रुपमा कार्यरत रहीअहिले निमित्त प्रमुखको रुपमा कार्यभार सम्हालेका धागो कारखानाका प्रमुख डोलराज शर्मा भन्छन्–‘अहिलेसम्म ४ जना मन्त्री निरिक्षणको लागि भनेर आउनुभयो, कारखाना सञ्चालन गर्ने आश्वासन बाहेक केही पाउन सकिएको छैन । ’

उनका अनुसार उद्योग औद्योगीक क्षेत्र व्यवस्थापन लिमिटेडको १७३.७ रोपनी क्षेत्रफलमा रहेको छ । जसको अहिलेको कुल सम्पत्ती ९ करोड २६ लाख मुल्यांकन गरिएको छ ।  सोमबार  उद्योग निरिक्षणको लागि उद्योगमा गएका मन्त्री  पाण्डे उद्योग भित्र प्रवेश गर्दा विद्युत विनाको अध्यारोमा ‘मोवाईल‘ र ‘टर्च’ बालेर अवलोकन गराईएको थियो । निमीत्त प्रमुख शर्माले टर्च बालेरै भएपनि मन्त्री पाण्डेलाई ‘व्रिफिङ्ग’ गराएका थिए । 
उक्त,उद्योगमा कार्यरत रहेका कर्मचारीहरुलाई वि.स.२०६६ फागुनमसान्त देखि अनिवार्य अवकास सहित विदाई गरिएको थियो । अहिले ७ जना मात्र कर्मचारी रहेका छन् । सरकारले २०६६ सालमा ४ सय १६ जना कर्मचारी मजदुरलाई रु. ४७ करोड २२ लाख ४५ हजार प्रदान गरि अवकाश दिएर कारखानामा ताला लगाएको थियो ।  
उद्योग अवलोकन पश्चात प्रतिक्रिया दिदै उद्योग मन्त्री सोमप्रसाद पाण्डेय ले सकेसम्म उद्योगलाई धागो उद्योगको रुपमा सञ्चालन गर्नको लागि पहल गर्ने बताएका  थिए । उनले भने–‘यत्रो संरचना भएको उद्योगलाई सकेसम्म धागो कारखानाकै रुपमा सञ्चालन गर्नको लागि मेरो पहल जारी रहनेछ ।’ उनले थपे–‘उद्योगलाई जसरी भएपनि सञ्चालन गर्नुपर्दछ भन्ने पक्षमा हामी रहेका छौं ।’ केही समय पछि धागो कारखाना सञ्चालन हुनेमा आफु विश्वस्त भएमन्त्री पाण्डेयको भनाई रहेको छ । 
कारखाना अवलोकन  गरेर फर्किएका  उद्योग मन्त्री पाण्डेले उद्योग सञ्चालनको लागि साच्चीकै पहल गर्ने नगर्ने विषयमा केही समय पछि छर्लङ्ग हुने उद्योगी गणेप्रसाद अधिकारी बताउँछन् । 
रुपन्देही उद्योग संघका पुर्व अध्यक्ष तेजकुमार पाठकलले बुटवल धागो कारखाना बन्द भएको बर्षौ भएकाले पार्ट पुर्जा विग्रीएको र अव यसलाई सञ्चालन गर्दा ठुलो लागत लाग्ने हुँदा यसलाई पुर्णरुपमा हटाएर औद्योगीक क्षेत्रको जग्गा पुन औद्योगीक क्षेत्रलाई हस्तान्तरण गर्नुपर्ने धारणा राख्छन् । 
उनी भन्छन्–‘अव यो कारखाना चल्न सक्ने अवस्था छैन, तै पनि नीजी क्षेत्रलाई एक पटक आवाह्न गर्न म सरकार संगमाग गर्दछु, घाटामा गएको कारखाना सञ्चालनको लागि नीजि क्षेत्र आउन सक्ने अवस्था छैन, जग्गामा नयाँ उद्योगहरु स्थापना गर्न पहलन गर्नुपर्दछ ।’ उनले अहिले जे–जस्तो अवस्थामा रहेका उद्योगका पार्टपुर्जा, उपकारण, गाडी  लगायतका सामानहरु विक्रि  सरकारले राजश्व उठाउने र अन्य भौतिक संरचनामा नयाँ उद्योग स्थापनाको लागि नीजी क्षेत्रलाई दिनुको विकल्प नभएको प्रतिक्रिया दिए । 
बुटवल धागो कारखानालाई अघिल्लो सरकार रहँदा नीजि क्षेत्रलाई दिने भनेर गरिएको निर्णय मन्त्री परिषद्बाट पारित हुन नसक्दा अहिले सम्म कार्यान्वयनमा आउन नसकेको  उद्योगीहरुको माग रहेको छ ।  धागो कारखानामा  वि.स.२०६७ साल देखि दङ्गा नियन्त्रण प्रहरी गण बसेको छ । उद्योगीहरु  औद्योगीक क्षेत्रको अभावमा उद्योग स्थापना गर्न नसकेको अवस्थमा सरकारकै स्वामित्वमा रहेको जग्गा निर्माण भएको भौतिक संरचनामा प्रहरी बस्नु गलत भएको कतीपय उद्योगहरुको भनाई रहेको छ । प्रहरीलाई  उक्त जग्गा दिदा उद्योगीहरुले नयाँ उद्योग स्थापना गर्न नपाउने हुँदा अविलम्ब प्रहरीलाई हटाएर उद्योग स्थापनाको लागि उद्योगीहरुलाई जग्गा उपलब्ध गराउनुप

र्ने उद्योगीहरुको माग रहेको छ ।
अहिले उक्त कारखाना सञ्चालनमा नआए पनि सरकारको मासिक रू. २० लाख खर्च भइरहेको छ ।  कारखाना पुनः सञ्चालनका लागि करीब १५ करोड रुपैयाँ आवश्यक पर्ने प्राविधिकको भनाई रहेको छ । दैनिक १० टन धागो उत्पादन गर्ने क्षमताको उक्त कारखानाले सञ्चालनको बेला दैनिक ७ टन धागो उत्पादन गथ्र्यो । कारखानामा नेपाल सरकारको ५९ दशमलव ७५, सर्वसाधारणको ८ दशमलव३१ र जनकपुर चुरोट कारखानाको ७ दशमलव ८७ प्रतिशत र खेतान समूह, साल्ट ट्रेडिङ कर्पोरेशनलगायतको शेयर लगानी रहेको छ । २०३९ सालमा स्थपना भएको कारखानाले २०४८ मङ्सिरदेखि व्यावसायिक उत्पादन शुरू गरेको थियो । सरकारी स्वामित्वका विराटनगर जूट मिल, हेटौंडा कपडा उद्योग, वीरगञ्ज चिनी कारखाना, बुटवल धागो कारखानालगागत उद्योग अहिले बन्द छन् । 
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्
बुटवल धागो कारखानाको निरिक्षण गर्दै  उद्योग मन्त्री सोम प्रसाद पाण्डे । तस्वीरः कृष्ण खनाल ÷बुटवल । 


Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती