एक कृषी प्रविधिक ८ हजार कृषक परिवार निर्भर

कृष्ण खनाल
बुटवल, २ मंसिर ।
 राष्ट्रिय  जनगणना २०६८ अनुसार रुपन्देहीको कुल जनसंख्या ८ लाख ८० हजार १ सय ९६ रहेको छ ।   पुरुषको संख्या  ४ लाख ३२ हजार १ सय ९३  जना र महिलाको संख्या ४ लाख ४८ हजार ३ जना रहेको छ । जिल्लामा कुल घरधुरीको संख्या १ लाख ६३ हजार ९ सय १६ रहेको छ । 
रुपन्देही जिल्लामा कृषि पेसामा लागेका मानिसहरुको संख्या ५ लाख ५९ हजार ४ सय १४ रहेको छ ।  तर रुपन्देही जिल्लामा कृर्षी प्राविधिकहरुको संख्या भने सक्रिय ग्रामिण कृषि कार्यकर्ता सख्या ४० जना र निस्कृय ग्रामिण कृषि कार्यकर्ताको संख्या २० जना रहेको छ । सोही अनुपातमा हेर्ने हो भने रुपन्देही जिल्लामा एक जना कृषि प्राविधिकले ८ हजार १३ जना कृषकलाई हेर्नु पर्ने बाध्यता रहेको छ  ।
धान उत्पादन र  गहुँको विउमा विस्तारै आत्मनिर्भर बन्दै गएको रुपन्देही जिल्लामा कृषी प्राविधिकको अभाव भएको  महसुस गरिएको छ ।  जिल्ला कृर्षी विकास कार्यालय रुन्देहीका अनुसार जिल्लामा धकधई, पर्राेहा, भगवानपुर, मझगाँवामा ४ वटा कृषि सेवा केन्द्र रहेका छन् ।  त्यस्तै देवदह, करहिया, सुर्यपुरा, रायपुर, गजेडी, बसन्तपुर, मानपकडीमा ७ वटा कृषि सम्पर्क केन्द्रहरु रहेका छन् ।
जिल्ला कृषि विकास कार्यालयको तथ्यांक अनुसार कुल ४५ जना कर्मचारीदरबन्दी रहेकोमा  ५ जना प्राविधिक पद रिक्त छ  भने प्रशासनिक पदमा ३ जनाको पद रित्त रहेको छ ।  जिल्ला कृषी विकास कार्यालय रुपन्देहीका प्रमुख तथा बरिष्ठ कृषी अधिकृत भोजराज सापकोटाका अनुसार कृषि प्रसार अधिकृत, योजना अधिकृतको पदक खाली छ भने  कार्यालय सहयोगि–३ जनाको पद खाली रहेको छ ।

आर्थिक बर्ष २०७२÷०७३ मा जिल्ला कृषि विकास कार्यालयबाट कुल ६ करोड ९ लाख ९७ हजार रुपैयाँ विनियोजन भएकोमा कुल बजेटको ६४.७ प्रतिशत रकम अर्थात् कुल ३ करोड ९३ लाख रकम अनुदान स्वरुप किसानलाई प्रदान गर्ने गरी विनियोजित भएको कृषि विकास कार्यालय रुपन्देहीले जनाएको छ ।
जिल्ला कृषि विकास कार्यालय रुपन्देही मार्फत चालु आर्थिक बर्षमा किसानले करिव  ४ करोड रुपैयाँ अनुदान स्वरुप पाउने भएका छन् । किसानलाई कृषि औजार–उपकरण,विउ विजन, मलखाद खरिद देखि लिएर युवा लक्षित कार्यक्रम अन्र्तगत विभिन्न व्यवसाय सञ्चालन र प्रर्वद्र्धनको लागि उक्त रकम प्रदान गर्न लागिएको हो ।
जिल्लामा अहिले सरदर पारिवारिक आकार  १ परिवारमा ६ जनाको संख्या रहेको छ भने प्रति बर्ग कि.मि.५ सय २१ जना मानिस बसोबास गर्दै आएका छन् । रुपन्देही जिल्लामा कुल ८२ हजार ६  सय २२ हेक्टर क्षेत्रफल खेती गर्न  योग्य मानिन्छ । तर यसमा कुल खेती योग्य जमिनको
९६.९७ अर्थात कुल ८० हजार १ सय २२ हेक्टर भुमिमा खेती गरिएको छ ।
जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका बालि विकास अधिकृत विनोद पराजुलीका अनुसार कुल ५७ हजार ९ सय ८९ हेक्टर क्षेत्रफल सिंचाहीको पहुचमा रहेको मा बर्षभरी सिंचाही हुने  भुमी कुल १२.८८ प्रतिशत अर्थात १० हजार ३  सय २२ हेक्टर मात्र रहेको छ , अन्य भुमीमा आशिंक रुपमा  मात्र सिंचाहीको व्यवस्था रहेको छ । वाह्रै महिना सिंचित क्षेत्रफल  १२.५० प्रतिशत  अर्थात १० हजार ३ सय २२ हेक्टर र मौसमी सिचित क्षेत्रफल ५७.७० प्रतिशत अर्थात ४७ हजार ६ सय ६७ हेक्टर रहेको छ ।
जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख भोजराज सापकोटा एक जना कृषि प्राविधिकले धेरै जना कृषकहरुलाई हर्नुपर्ने भएको कारण किसानलाई केही समस्या भएको स्वीकार्छन् । जसको लागि केन्द्रबाट कृषकहरुलाई लक्षित गरी केही प्राविधिकहरु थप्नुपर्ने उनको धारणा रहेको छ ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती