रुपन्देहीका किसानलाई करिव ४ करोड अनुदान

कृष्ण खनाल
बुटवल, २३ कार्तिक ।
जिल्ला कृषि विकास कार्यालय रुपन्देही मार्फत चालु आर्थिक बर्षमा किसानले करिव  ४ करोड रुपैयाँ अनुदान स्वरुप पाउने भएका छन् । किसानलाई कृषि औजार–उपकरण,विउ विजन, मलखाद खरिद देखि लिएर युवा लक्षित कार्यक्रम अन्र्तगत विभिन्न व्यवसाय सञ्चालन र प्रर्वद्र्धनको लागि उक्त रकम प्रदान गर्न लागिएको हो ।  
आर्थिक बर्ष २०७२÷०७३ मा जिल्ला कृषि विकास कार्यालयबाट कुल ६ करोड ९ लाख ९७ हजार रुपैयाँ विनियोजन भएकोमा कुल बजेटको ६४.७ प्रतिशत रकम अर्थात् कुल ३ करोड ९३ लाख रकम अनुदान स्वरुप किसानलाई प्रदान गर्ने गरी विनियोजित भएको कृषि विकास कार्यालय रुपन्देहीका बरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटाले जानकारी दिए । 
 चालु आर्थिक बर्षमा जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले विभिन्न ६ वटा शिर्षकमा किसानलाई अनुदान उपलब्ध गराउन लागेको छ । कृषि प्रसार कार्याक्रम अन्र्तगत  सबै भन्दा बढि १ करोड ८० लाख रुपैयाँ कृषकलाई अनुदानको रुपमा उलब्ध गराउन लागिएको छ । त्यस्तै सहकारी खेती साना सिंचाही कार्यक्रमको लागि ४८ लाख ९० हजार, विशेष कृषि कार्यक्रम अन्र्तगत ५३ लाख ४० हजार, सोही कार्यक्रममा प्रागंकारीक मलमा अनुदान सहयोग कार्यक्रम ३० लाख, भकारो सुधार तथा भर्मिकम्पोष्ट निर्माण सहयोग २३ लाख ४० हजार रुपैयाँ उपलब्ध गराउने बरिष्ठ कृषि विकास अधिकृत सापकोटाको भनाई रहेको छ । 

त्यस्तै बालि विकास कार्यक्रममा ४९ लाख ८४ हजार सोही शिर्षकमा मसिना तथा बासनदार धान उत्पादन प्रवद्र्धन कार्यक्रममा कुल ३४ लाख ४३ हजार, वृहत्तर धान उत्पादन कार्यक्रममा २६ हजार, अभियान मुखी तेलहन उत्पादन आयोजनामा कुल १५ लाख १२ हजार रुपैयाँ  अनुदान स्वरुप उपलब्ध गराउन लागिएको हो । 
आलु  तरकारी तथा मसलावाली विकास कार्यक्रममा कुल ४२ लाख ८४ हजार रुपैयाँ विनियोजना गरिएको छ । सोही शिर्षक अन्र्तगत युवा लक्षित व्यवसायीक तरकारी उत्पादन कार्यक्रममा ३७ लाख ६० हजार, विउ आलु आत्मनिर्भर कार्यक्रममा कुल ५ लाख २६ हजार विनियोजन गरिएको छ । एकिकृत वाली  तथा जल व्यवस्थापन कार्यक्रममा कुल १८ लाख ३० हजार रुपैयाँ विनियोजन गरिएको छ । 
अहिले सम्म किसानले सहकारी खेती साना सिंचाही तथा मल विउ ढुवानीको लागि २८ जना किसानलाई सहभागी बनाउने योजना रहेकोमा १ सय ४५ जना किसानको निवेदन आएको ५  भने युवा लक्षित व्यवसायीक  तरकारी उत्पादन कार्यक्रममा ६० जना को लक्ष्य रहेकोमा १ सय ३६ जना किसानको निवेदन प्राप्त भएको  छ । त्यस्तै आईडब्लु आर एमपी कार्यक्रममा ६ जना किसानलाई सहभागी गराउने कृषि विकास कार्यालयको लक्ष्य रहेकोमा ९ जना किसानको निवेदन प्राप्त भएको जिल्ला कृषि विकास कार्यालयका कृषि सुचना प्रसार अधिकृत नविन भण्डारी बताउँछन् । 
जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख बरिष्ट कृषि विकास अधिकृत भोजराज सापकोटा भन्छन्–‘जिल्ला कृषि विकास कार्यालयको प्रमुख उदेश्यमा कृषि प्रसारका  बिभिन्न शैक्षिक तरीकाहरुका माध्यबाट परम्परागत निर्वाहमुखी कृषि उत्पादन प्रणालीलाई विबिधिकरण गरी मर्यादित, प्रतिस्पर्धी एवं ब्यवसायिक कृषि प्रणालीमा रुपान्तरण गर्ने रहेको छ ।’
उनी थप्छन्–‘कृषि जन्य उत्पादनको परिमणात्मक एवं गुणात्मक बृद्धि गरी जिल्लालाई  आत्मनिर्भर गराउनुका साथै उच्च मूल्यवान बाली÷बस्तुहरुको आयात प्रतिस्थापन एवं निर्यात प्रवद्र्धन गर्ने, कृषिको ब्यवसायिकरण एवं औद्योगिकरणका माध्यमबाट आय आर्जन तथा उत्पादनशिल रोजगारका अवसरहरु बृद्धि गरी जिवनस्तरमा सुधार ल्याउने र गरीबी न्यूनिकरणमा टेवा पु¥याउने  रहेको छ ।’
गत बर्ष जिल्ला कृषि विकास कार्यालय रुपन्देहीको कुल बजेट ७ करोड, १२ लाख २२ हजार रुपैयाँ रहेको थियो । तर यस बर्ष केन्द्रबाट  आउने केही कार्यक्रमहरु कटौती भएको छ  । गत आर्थिक बर्षको तुलनामा यस आर्थिक बर्षमा १४.३५ प्रतिशत बजेट कम विनियोजन भएको छ ।  गत बर्ष जिल्ला कृषि विकास कार्यालयले सञ्चालन गरेका मत्स्य बिकास कार्यक्रम, अभियानमूखि मकै भटमास उत्पादन कार्यक्रम,कृषि ब्यवसाय प्रवद्र्धन तथा बजार बिकास कार्यक्रम, बाली संरक्षण कार्यक्रम(राष्ट्रिय आई.पि.एम.),व्यवसायिक कीट विकास कार्यक्रम, बाली विकास कार्यक्रम (व्यवसायिक बीज बृद्धि सहयोग तथा सुदृढिकरण आयोजना), कृषि सूचना तथा संचार कार्यक्रम  यस बर्ष सञ्चालन हुने छैनन् । जुन कार्यक्रम केन्द्रबाट नै सिघा सञ्चालन हुने जनाइएको छ । 
यस बर्ष जिल्ला कृषि विकास कार्यलय रुपन्देही मार्फत  नयाँ कार्यक्रमको रुपमॉबृहत्तर धान उत्पादन कार्यक्रम’ समावेस गरिएको छ । जसमा ९ सय ५० हेक्टर  क्षेत्रफलमा चैते धानको खेती सम्भाव्यता अध्ययन गरिने छ । 
रुपन्देही जिल्लामा कुल ८२ हजार ६  सय २२ हेक्टर क्षेत्रफल खेती गर्न  योग्य मानिनन्छ । तर यसमा कुल खेती योग्य जमिनको ९६.९७ अर्थात कुल ८० हजार १ सय २२ हेक्टर भुमिमा खेती गरिएको छ । 
जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका बालि विकास अधिकृत विनोद पराजुलीका अनुसार कुल ५७ हजार ९ सय ८९ हेक्टर क्षेत्रफल सिंचाहीको पहुचमा रहेको मा बर्षभरी सिंचाही हुने  भुमी कुल १२.८८ प्रतिशत अर्थात १० हजार ३  सय २२ हेक्टर मात्र रहेको छ , अन्य भुमीमा आशिंक रुपमा  मात्र सिंचाहीको व्यवस्था रहेको छ । 
पछिल्लो समयमा सृजना भएको विषम परिस्थीतिले इन्धन अभाव हुँदा कृषकहरुको खेतमा पाकिरहेको धान कटनी एवम् चुटानी गर्न एवम् हिउंदे बालीको लागि जग्गा गयारी गर्न कृषि यन्त्रहरुको प्रयोग गर्न ठूलो समस्या परिरहेकोछ । 
यसको अलवा  जिल्ला भित्र अव लगाउने हिउंदे बालीहरुको लागि बीउ र मलखाद प्रँप्ती र वितरणमा बाधा परिरहेको र यस आर्थिक बर्षमा  लक्षित विभिन्न कार्यक्रमहरु कार्यान्वयन गर्नको लागि फिल्ड भेरीफिकेशन (युवा लक्षित तरकारी उत्पादन कार्यक्रम तथा साना, सिचाई सहकारी खेती तथा मल बीउ ढुवानी कार्यक्रम) आवश्यक रहेको तर बन्दको कारणले कार्यक्रम अगाडि बढाउन नसकिएको जस्ता समास्या झेलीरहेको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले जनाएको छ ।
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्




Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती