अपाङ्गताभएका वालबालिकाहरुको लागि ‘समावेसी शिक्षा अभियान’


कृष्ण खनाल
बुटवल, ८ मंसिर । 
अपाङ्गता भएकै कारण विद्यालय शिक्षा बाट बञ्चित बालबालिकाहरुको लागि रुपन्देहीमा विशेष शिक्षा (ईन्सक्लुसीप एजुकेसन) अभियान सुरु भएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपालको केन्द्रीय कार्यक्रम अनुसार रुपन्देही र बर्दिया जिल्लामा सञ्चालन गरिएको यो  अभियान रुपन्देही जिल्लाको बुटवल उपमहानर पालिका र रुद्रपुर गाविसमा केन्द्रीत हुने छ । अभियान अन्र्तगत  सबै प्रकारका अपाङ्गता भएका वालविालकाहरुले आफ्नो अनुकुल हुने गरी घर जजिकैको विद्यालयमा गएर अन्य वालबालिकाहरु संगै पढ्ने वातावरण  सृजना हुनेछ । 
अहिले पनि रुपन्देहीका कयौ गाविसमा अपाङ्गता भएका वालवालिकाहरुलाई तिनका अभिभावकहरुले विद्यालय जानबाट बञ्चीत गर्ने गरेको पाईन्छ । शाररिक, मानसिक, बौद्धिक, दृष्टिदोष, बहिरोपन लगायतका अपाङ्गता भएका वालवालिकाहरुलाई कसरी उनीहरुलाई अनुकुल हुने विद्यालयको पहुँचमा पु¥याउन सकिन्छ भन्ने हेतुले अभियानको थालनी भएको राष्ट्रिय अपाङ्ग महासंघ नेपाल विशेष शिक्षा कार्यक्रम प्रमुख प्रशिक्षक लिलाधर पहाडी बताउछन् । उनका अनुसार अहिलेरुपन्देहीका दुई वटा क्षेत्र, बुटवल उपमहानर पालिका र रुद्रपुर गाविसमा रहेका अपाङ्गता भएका बालबालिकाहरुको तथ्यांक संकलनको काम जारी रहेको भन्दै आगामी दिनमा किन के कारणले गर्दा वालवालिका शिक्षाको पहुँचमा पुग्नबाट बञ्चित भए भन्ने विषयमा अध्यायन गरेर निश्चित कार्यक्रम सञ्चालन गरिने छ । 
उनले भने–‘विशेष शिक्षा अभियान अन्र्तगत अन्य वालवालिका संगै एउटै कक्षामा बसी अपाङ्गता भएका वालवालिकाहरुले पढ्ने, शिक्ने, र सिकाउने उपयुक्त वातावरण सृजना गरिनेछ । ’
यता, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल पश्चिमाञ्चल क्षेत्रीय  अध्यक्ष देवी बहादुर पोखरेलले अझै पनि समाजमा अपाङ्गता भएका वालवालिका जन्मीयो भने उस्लाई अलग्गै व्यवाहार गर्ने, समाजको मुलधारमा ल्याउन नचाहने र शिक्षाबाट समेत बञ्चित गर्ने परिपाटी विद्यमान नरहेको भन्दै यसलाई चिर्नको लागि पनि विशेष समावेसी शिक्षा आवश्यक रहेको बताउछन् ।
उनका अनुसार सरकारी क्षेत्रबाट सञ्चालन गर्नुपर्ने यस्तो प्रकारको कार्यक्रम अहिले अपाङ्ग महासंघले सञ्चालन गरेको छ । अहिले पहिलो चरण अन्र्तगत अपाङ्गता भएका वालवालिकाहरुको तत्थ्यांक संकलन  गर्नुको साथै विद्यालय क्षेत्राधिकारमा रहेका वालवालिकाहरुलाई विद्यालय सम्म पहुँच बढाउनको लागि अभिमुखीकरण कार्यक्रम समेत सञ्चालन गरिएको छ । जस अन्र्तगत अपाङ्गता भएका बालिबालिकाहरुलाई विद्यालयको पहुँचमा  कसरी ल्याउन सकिन्छ भन्ने विषयमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल पश्चिमाञ्चल क्षेत्रीय कार्यालय बुटवलको आयोजनामा २ दिने अभिमुखीकरण कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल केन्द्रीय निती अनुसार अपाङ्गता भएका वालवालिकाहरुलाई विद्यालयमा कसरी पहुँच पु¥याउने र उनीहरुलाई अन्य साधारण विद्यार्थीहसंगै बसेर अध्यान गर्ने वातावरण कसरी सृजना गर्ने भन्ने विषयमा अभिमुखीकरण कार्यक्रम गरिएको हो ।
अभिमुखीकरण कार्यक्रममा बुटवल र रुद्रपुर स्रोत केन्द्र अन्र्त
गतका विद्यालयका प्रअ, विद्यालय व्यवस्थापन समििितका पदाधीकारहरु, विद्यालय निरिक्षक, गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि र अभिभावसंघका पदाधिकारीहरुको समेत सहभागीतामा अभिमुखीकरण तालिम प्रदान गरिएको र आगामी दिन ति विद्यालय क्षेत्राधिकार भित्र कुनै पनि वालवालिका शिक्षाबाट बञ्चित हुनुपरेको अवस्था आएमा अनुगमन गरेर अन्य प्रक्रिया अगाडी बढाउने राष्ट्रिय अपाङ्ग महासंघले जनाएको छ ।
यता,  बुटवल स्रोत केन्द्रका विद्यालय निरिक्षक चन्द्रकान्त शर्माले विद्यालय क्षेत्रभित्र रहेका कुनैपनि वालवालिका  शिक्षाबाट बञ्चित हुन नपाउने शिक्षा आर्जन गर्ने सबै वालवालिकाहरुको नैसर्गक अधिकार भएको भन्दै कुनै पनि विद्यालयलले अपाङ्गता भएका वालवालिकलाहरुलाई शिक्षाबाट बञ्चित गराउन नपाउने बताउछन् । उनी भन्छन्–‘हरेक विद्यालयले आफ्नो सेवा क्षेत्र भित्रका सबै वालवालिकाहरुलाई अनिवार्य आधारभुत शिक्षा प्रदान गर्नुपर्दछ, त्यो विद्यालयको दायित्व हो ।’ आम नागरिक सहर अपाङ्गता भएका वालवालिकाहरुले पनि अध्ययन गर्न  सक्ने भन्दै अवसरबाट कसैलाई बञ्चित  गर्न नपाईने विद्यालय निरिक्षक शर्माको भनाई रहेको छ । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती