इन्धन अभावले ‘मिल्क होली डे’

कृष्ण खनाल
बुटवल, १६ कार्तिक ।
 ईन्धन अभावको कारण देखाउँदै सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थानले किसानले उत्पादन गरेको दुध नियमित नउठाउने घोषणा गरेको छ । रुपन्देही, नवलपरासी र कपिलवस्तुका किसानहरुबाट नियमित रुपमा दैनिक दुध संकलन गर्ने गरेको दुग्ध विकास संस्थान लुम्बिनी दुग्ध वितरण आयोजना बुटवलले  तिनदिन लगातार किसानको दुध संकलन नगर्ने गरी ‘मिल्क होलीडे’ सुरु गरेको छ ।  किसानहरुबाट दैनिक १८ हजार लिटर संकलन गर्ने गरेको दुग्ध
वितरण  आयोजना रुपन्देहीले अवको केही दिन किसानको दुध लगातार संकलन नगर्ने गरी किसानलाई पत्र समेत पठाएको छ ।
 किसानले उत्पादन गरेको दुध सहकारी मार्फत दुग्ध संकलन केन्द्रबाट दुध संकलन गर्दै आएको आयोजनाले ईन्धन अभावको कारण दुध ढुवानी र दुग्ध जन्य बस्तु उत्पादनका लागि फैक्टीमा समेत ईन्धन अभाव भएको कारण देखाउदै मिल्क होलीडे गरेको हो । 
दुग्ध विकास संस्थान लुम्बिनी वितरण आयोजना बुटवलका प्रमुख  राजेन्द्रप्रसाद अधिकारीले ईन्धन अभावले गर्दा लगातार केही दिन किसानको दुध संकलन गर्न नसक्ने जानकारी गराए । उनले लागातार तिन दिन सम्म किसानको दुध संकलन गर्न नसक्ने बताए । कपिलवस्तु, रुपन्देही र नवलपरासीलाई तिन भागमा  विभाजन गरी ३ वटा फरक–फरक स्थानमा तिन दिन सम्म लगातार दुध संकलन गर्न नसक्ने आयोजनाले बताएको हो ।

 बुटवल पश्चिम (मणिग्राम समेत), बुटवल पुर्व दाउन्ने सम्म्म र दाउन्ने देखि पुर्व गरी तिन भागमा विभाजन गरेको परियोजनाले यि स्थानबाट तिन दिन लगातार किसानले उत्पादन गरेको दुध संकलन गर्ने छैन । आयोजना प्रमुख अधिकारी भन्छन्–‘ईन्धन अभावको कारण दुध ढुवानीमा समस्या आयो, फैक्टीमा विराटनगर, पोखरा र काठमाण्डौमा लगेको दुध प्रसोधन केन्द्रको अभावले गर्दा मिल्क होलीडे भएको हो ।’
यसरी सरकारी स्वामित्वमा भएको दुग्ध विकास संस्थान(डिडीसी)ले गरेको मील्क होलीडेको कारण किसानले उत्पादन गरेको दुध खेरा जाने निश्चित भएको छ । बैंक मार्फत ऋणि लिएर दुग्ध व्यवसायमा लागेका किसानहरुले नियमित बैंको किस्ता समेत बुझाउन समस्या हुने किसानको भनाई रहेको छ । 
सरकारी स्वामित्वमा रहेको संस्थानले मिल्क होलीडे गरेपनि रुपन्देही डेरी व्यवसायीमा आवद्व व्यवसायीहरुले भने महङ्गो मूल्यमा ईन्धन खरिद गरी किसानको दुध संकलन गर्ने कार्य जारी राखेको बताएका छन् । 
नेपाल डेरी एशोसियसनका क्षेत्रीय संयोजक तथा रुपन्देही डेरी व्यवसायी समितिका पुर्व उपाध्यक्ष कृष्ण प्रसाद भट्राईले किसानले उत्पादन गरेको  दुध संकलनको लागि महङ्गो ईन्धन खरिद गरी प्रयोग गर्नुपरेको बाध्यता सुनाए । उनले भने–‘किसानलाई मर्का नपरोस भन्ने उदेश्यले हामीले बढि मुल्यमा ईन्धन खरिद गरेर भएपनि दुध संकलन गर्ने गरेका छौं ।’ संयोजक भट्राईले महङ्गो ईन्धन प्रयोग गरेर दुध ढुवानी गरेको भएपनि तत्काल दुध र दुग्धजन्य पदार्थको मूल्य नबढाउने समेत बताए । 
दुग्ध विकास संस्थानद्वारा विराटनगरमा सञ्चालनमा आएको दुग्ध प्रसोधन केन्द्रबाट दैनिक ४० हजार लिटरको पाउडर दुध उत्पादन गर्दै आएको छ तर उक्त प्रसोधन केन्द्रबाट पुर्णरुपमा  मेसिन नचल्दा थप मर्का परेको संस्थानले जनाएको छ । चितवनमा रहेको चितवन मिल्क र डिडीसीको स्वामित्वमा रहेको दुध प्रसोधन केन्द्र पनि अहिले बन्द अवस्थमा रहेको छ । 
रुपन्देही पशुपालनको लागि उत्तम जिल्लाको रुपमा पहिचान बनाउँदै गएको छ । दुग्ध विकास संस्थान लुम्बिनी आयोजनाबाट अघिल्लो आर्थिक बर्षमा  बार्षिक ५४ लाख  लिटर दुध संकलन गर्ने गरेकोमा गत आर्थिक बर्षमा ६० लाख  लिटर संकलन गर्न सफल भएको थियो । यस बर्ष बार्षिक ६७ लाख लिटर दुध संकलन गर्ने योजना रहेको भएपनि अहिलेको विषम परिस्थतीको कारण थप समस्या भएको  संस्थानले जनाएको छ ।  कार्तिक , मंसिर दुधको सिजनमा डिडीसीले दैनिक २५ हजार लिटर दुध संकलन गर्ने गर्दथ्यो । तर यस पटक  सो मात्रा पनि घट्ने निश्चित भएको छ । 
 किसानले उत्पादन गरेको दुध डिडिसीले तिन स्थानमा बर्गिकरण गरी दुध संकलन गर्दै आएको छ । ताजा, तातो दुध, चिसो दुध र फ्याटको मात्र निर्धारण गरेर संकलन गर्दै आएको छ । 
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्
दुग्ध विकास संस्थान, लुम्बिनी वितरण आयोजना बुटवलमा ईन्धन अभावले थन्कीएका टैंकर । तस्वीरः कृष्ण खनाल÷बुटवल । 








Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती