माछा किसानलाई पोखरी निमार्ण गर्न प्रतिहेक्टर ३ लाख अनुुदानको अवसर

 कृष्ण खनाल
बुटवल, २४ कार्तिक ।
 तपाई युवा कृषक हुनुहुन्छ  ?  स्वदेशमा नै बसेर कृषि क्षेत्रमा केही गर्ने सोँच छ ? अझ त्यसमा पनि माछा पालेर राम्रो आम्दानी गर्न चाहानुहुन्छ भने तपाईलाई नेपाल सरकार कृषि  विकास मन्त्रालय अन्र्तगतगको ‘मत्स्य विकास निर्देशनालय’ले अझै सुवर्ण अवसर जुटाइदिएको छ । व्यवसायीक रुपमा माछा पालन गर्न चाहाने कृषकहरुको लागि माछा पोखरी निर्माणको लागि प्रतिहेक्टर क्षेत्रफलमा नगद ३ लाख रुपैयाँ सम्म अनुदानको व्यवस्था गरेको छ । 
तराईका २० जिल्लालाई लक्षित गरि ल्याएइको कार्यक्रम अन्र्तगत नेपाल भर कुल १ हजार क्षेत्रफल मा माछा पोखरी निर्माण हुने लक्षय  निर्देशनालयले लिएको छ । यहि कार्तिक महिनाको १० गते निर्देशनालयले सूचना प्रकाशन गरि एक महिना भित्र तराईका सम्पूर्ण जिल्लाका किसानहरुले त्यो प्रस्तावनमा निवेदन दिन सक्ने व्यवस्था गरेको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका मत्स्य विकास अधिकृत  रमेश जैसवाल बताउछन् । उनी भन्छन्–‘तराईका अन्य जिल्लामा अहिले पनि विषम परिस्थीतिको कारण सरकारी कार्यालय सञ्चालन हुन सकेका छैनन्,रुपन्देहीका किसानलाई यो  ठुलो अवसर हो ।’

अहिले जिल्ला कृषी विकास कार्यालयमा निवेदन खुल्ला भएको र किसानहरुले प्रस्तवनाको साथ  १० रुपैयाँको टिकट टासी निवेदन दिनुपर्ने मत्स्य विकास अधिकृत जैसवालको भनाई रहेको छ । उनका अनुसार  माछा पोखरी निर्माण गर्न चाहाने किसानले नेपाली नागरिकताको प्रतिलिी जग्गा धनि प्रमाणपत्र, भाडा(ठेक्का)मा लिएको भए ५ बर्ष सम्म  प्रस्तावित व्यवसाय सञ्चालन गर्ने प्रतिवद्वताको प्रतिलिपी,  निवेदन, तालिम र शैक्षिक प्रमाणपत्रको प्रतिलिपी, कार्ययोजन र संघ संस्थागत रुपमा भएमा सम्बन्धीत निकायमा दर्ता भएको दर्ता र नविकरण प्रमाणपत्र संलग्न गर्नुपर्ने छ । 
मत्स्य विकास अधिकृत जैसवाल भन्छन्–‘ रुपन्देही, नवलरासी र कपिलवस्तुका किसानहरुलाई यो कार्यक्रमले थप लाभ प्रदान गर्नेै मैले देखेको छु । ’ अहिले जिल्ला कृषि विकास कार्यालयहरुमा निवेदन संकलन हुने क्रम जारी रहेको र एक महिना पस्चात निवेदन उपर छानविन गरी किसानलाई  केन्द्रमा सिफारिस गरिने कार्यक्रम रहेको जनाइएको छ । 
नेपाल सरकार कृषि विकास मन्त्रालय अन्र्तगतको मत्स्य विकास निर्देशनालयले यस बर्ष  तराईका २० वटा जिल्लामा कुल १ हजार  हेक्टर क्षेत्रफलमा माछा पोखरी निर्माण गरी मतस्य विकासमा टेवा पु¥याउने उदेश्यका साथ उक्त कार्यक्रम ल्याएको हो । जसबाट किसानले प्रतिहेक्टर पोखरी निर्माणको लागि ३ लाख रुपैयाँ अनुदान पाउनेछन् । 
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्



Popular posts from this blog

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

प्रभावकारी हुन सकेन अनलाईन कम्पनी दर्ता