चुनौतिका अनगिन्ती शब्दबाणखेप्दै ६ बर्ष विताईयोः पत्रकार खनाल

वि.स.२०४९ सालमा अर्घाखाँची जिल्लाको ढाकावाङ्ग गाविस–३ हरेनडाँडामा जन्मीएका कृष्ण खनाल जन्मीदा नै पोलियो रोगको कारण अपाङ्गताबनेका हुन । आफु शाररिक रुपमा अपाङ्गता भएर पनि रुपन्देहीको छापा माध्यमको पत्रकारितामा विगत ६ बर्ष देखि राम्रै छवि बनाउन सफल भएका छन् । फिचर लेखनमा अलि बढि दख्खल राख्ने खनाल हाल बुटवल टुडे दैनिक मा कार्यरत रहेका छन् । तिनै पत्रकार कृष्ण खनाल संग सवल नेपाल कर्मी अमृत पाण्डेयले गरेको कुराकानी । 

पत्रकारितामा कसरी आउनु भयो ?
–म सानै छँदा देखि नै रेडियो सुन्ने लत बसेको थियो । रेडियो नेपाल देखि लिएर विभिन्न एफ एप स्टेशनहरुमा आउने कार्यक्रम, समाचार म नविराईकन सुन्थे । सानो देखि नै एक प्रकारको सञ्चार कर्मी बन्ने रेडियोमा बोल्ने मेरो रहर थियो । जुन रहर अहिले सम्म पनि पुरा हुन सकेको छैन । वि.स.२०६५ सालमा श्री विश्व उच्चमाविबाट प्रवेशिका परिक्षा प्रथम श्रेणीमा उत्र्ती गरेर उच्च शिक्षाको लागि बुटवल आउनु प¥यो । एसएलसी दिएर बसेको बेला म रेडियो अर्घाखाँचीले प्रदान गरेको एक हप्ते पत्रकरिता तालिम लिएको थिए । प्रशिक्षक भरत भुषाल संग । वहाबाट प्रेरेणा पाएर पत्रकारितामा होमीए ।   बुटवल आएपछि म बुटवलको नयाँभावना दैनिकमा  संवाददाताको रुपमा काम गर्ने अवसर पाए । जसमा मैले करिव ६ महिना काम गरे र तर पारिश्रमीक एक रुपैया पनि पाएन । त्यहिबाट नै मेरो पत्रकारिताको सुरुवात भएको हो । 

चुनौतीहरु कत्तिको खेप्नु परेको छ आजसम्म आइपुग्दा ?


–मेरो दुःख र चुनौतिका विषयहरु उल्लेख गर्ने हो भने उपन्यास नै बन्छ । तर केही चुनौतिहरु म यहा प्रस्तुत गर्न चाहान्छु । म स्पष्ट रुपमा भन्नचाहान्छु की म एउटा शारिक रुपमा अपाङ्गता भएका व्याक्ति हो । स्वभाविकरुपमा यो समाजमा अझै पनि अपाङ्गता भएका व्याक्तिहरुलाई‘विचरा’को रुपमा हेरिदै आएको छ । तर मैले समाजलाई चुनौति दिदै आम मानिसलाई सुसुचित गर्ने पत्रकारिता त्यसमा पनि छापा माभ्यमको पत्रकारिता क्षेत्रमा हात हाले जुन मेरो लागि चुनौतिको पहाड नै हो । कयौ पटक समाचार संकलनको लागि फिल्डमा जाँदा सरकारी होस या गैर सरकारी कार्यालयका हाकिमहरुबाट ‘विचरा’ ‘त पनि पत्रकार होस रं?’ ‘यस्ताले कस्तो समाचार लेख्ला ?’ जस्ता अनगिन्ती शब्दबाणले मलाई हान्ने गरेका छन् । जुन प्रवित्ती अझै कायम रहेको छ । पहिलो दिन  फिल्डमा जाँदा मलाई विचरा भन्ने हरुले अर्को दिन पत्रिकामा राम्रो समाचार आउदा स्यावासी दिनेहरु पनि छन । समयमा नै कार्याक्रम स्थानमा पुग्नु, अन्य पत्रकारहरु जस्तै आफुलाई प्रस्तुत गर्नु मेरोलागि चुनौतीका विषयहुन । जसलाई तोड्ने मेरो यात्रा अनवरत रुपमा अगाडी बढेको छ । 

यस क्षेत्रमा आएपछि के पाउनु भयो के गुमाउनु भयो ?
–मैले पत्रकारितामा आएर केही  समाजका व्याक्तिहरुबाट मायाँ, सद्भाव बाहेक अन्य केही पाएको छैन । जिवीको पार्जनको लागि आर्थिक स्रोत जुटेको छ । अध्ययन कार्य जारी छ । अहिले मास्टर्स प्रथम बर्ष समाज सास्त्र अध्ययन गर्दै आएको छु । गुमाएको पत्रकारिता गर्दा खासै केही छैन । मेरो सानै देखिको इच्छा सञ्चारकर्मी बन्ने थियो जुन आज आएर पुरा भएको छ । 

पत्रकारिता गर्न चाहनेहरुलाई के सुझाव दिनुहुन्छ पत्रकारका नाताले ?
–म पत्रकारितको विज्ञ होईन । करिव ६ बर्ष भयो मैले बुटवलमा बसेर पत्रकारिता गर्दै आएको । पत्रकारिता गर्न सबैभन्दा पहिला आफुलाई यस क्षेत्रका अब्बल गराउन सक्नुनै प्रमुख कुरा हो । पत्रकारितामा आउन भन्दा पहिला यसको सैद्धान्तिक ज्ञान र व्यवहारि आईटी, कम्प्युटर सम्बन्धी ज्ञान हुुनु आवश्यक छ । पत्रकारिता गर्नको लागि सबैको सहयोग आवश्यक पर्दछ । शिष्ठ व्यवहार र अन्य आमा पत्रकारहरुले भन्दा फरक शैलिको उठान, फरक शैलीबाट समाचारको  विषय छनोट गरेर त्यसलाई फरक शैलीबाट नै प्रस्तुतीकरण गर्न सके उत्तम हुन्छ । 

यहा“ले पत्रकारिता गर्न शुरु गरेदेखिको अश्विरणीय क्षण ?

–मेरो पकारिताको ६ बर्षे यात्रामा धेरै अविस्मरिणीय क्षणहरु रहेका छन् । ६ महिना सम्म मिहिनेतका साथ बुटवलको चर्को गर्मिमा पसिना बगाउदा एक रुपैया पनि पारिश्रमिक नपाएर नयाँभावना दैनिकबाट मलाई निकालिएको थियो । दिनभर मिहिनेतका साथ समाचार  बनाउने आफुले गरेको मिहिनेत माग्दा समेत त्यतिकै निकालिएको थियो । जुन मेरो लगि थप मिहिनेत गर्ने प्रेरेणा मिल्यो । २०७२ असार १५ गते जिल्ला कृषि विकास कार्यालय रुपन्देहीबाट उत्कृष्ठ कृषि पत्रकारिता पुरस्कार पाउने दिन, कार्याक्रम स्थान सम्म पुग्दा मलाई कुनै जानकारी थिएन । तर कार्यक्रम उद्घोषकले  मेरो नाम उद्घोष  गर्दा खुसीको सिमा नै  थिएन । रुपन्देहीमा करिव ३ सय जना पत्रकारहरु हुनुहुन्छ । मैले आशा नै नगरेको जिल्ला स्तरिय पत्रकारिता पुरस्कारबाट म सम्मानीत हुन सफल भए । जुन मेरो लागि सबैभन्दा ठुलो र खुसीको कुरा क्षण हो । 

विशेष कुन विटमा कलम चलाउन मन पराउनु हुन्छ ?

–म समाजसास्त्रको विद्यार्थी हुँ । समाजिक विषयहरुमा म अली बढि कलम चलाउन रुचाउँछु । यसको अलवा गएको केही बर्ष देखि म कृषि क्षेत्रमा पनि   अली बढि कलम चलाउदै आएको छु । गएको केही महिना यता बुटवल टुडे दैनिकमा कृषि विशेष पृष्ठको संयोजकको रुपमा समेत काम गर्दै आएकोले खेतीपाती र किसानका कुरा अलि बढि लेख्न मन लाई । 
अन्तयमा,
–यस सवल नेपाल साप्ताहिक मार्फत मरो जीवन भोगाई का विषयमा राख्न दिने मौका प्रदान गर्नुभएकोमा हार्दिक अभार व्यक्त गर्न चाहान्छु  साथै मेरो व्यक्तिगत वेभ ब्लग www.buddhabani.blogspot.com
 मा हेर्न आम पठकलाई अनुरोध गर्दछु ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती