करोड लगानीको ‘बधसाला’ अलपत्र

बुटवल उपमहानगर पालिका मुकदर्शक
कृष्ण खनाल
बुटवल, ७ मंसिर । 

पटक पटक अवरोधका विच निर्माण सम्पन्न भएको बुटवलको ‘पशु वधशाला’ अहिले अलपत्र अवस्थामा छ । सञ्चालनको लागि बुटवल उपमहानगर पालिकाले चासो नदिदाँ पशु वधसालाको भवन अलपत्र परेको हो । बुटवल उपमहानगरपालिका र मासु व्यवसायी संघ रूपन्देही बीचमा आपसी सम्झौतापछि पशुबधशाला सञ्चालनमा ल्याउने भनिएपनि भवन निर्माण भएको ५ महिना वितीसक्दा पनि सञ्चालनको टुङ्गो लागेको छैन । आर्थिक बर्ष २०७० र ०७१ गरी दुईपटकसम्म कार्यसम्पादन मूल्याकंनमा देशभरीकै नगरपालिकालाई पछाडि पार्दे पुरस्कृत भएको बुटवल उपमहानगर पालिकाले बधशाला संचालनमा तदारुकता नदेखाउँदा उपमहानगरपालिकाको नियतमाथि नै आशंका गरिएको छ । ठेकेदार कम्पनीले निर्माण सम्पन्न गरी बुटवल उपमहानर पालिकालाई गत असार महिनामा हस्तान्तरण गरेको थियो ।
बधसालाको अभावमा बुटवलका मासु व्यवसायीहरुले पशु चौपायाहरु बसपार्क, गोलपार्क, देविनगर लगायतका खुल्ला ठाउँमा काट्ने गरेका छन् । खुल्ला रुपमा पशुको बध गर्दा अस्वस्थकर मासु खानु परेको उपभोक्ताहरुको गुनासो रहेको छ भने नगरक्षेत्र नै प्रदुषित बन्ने गरेको छ ।

पहिलो चरणमा पशुपन्छी बजार प्रवद्र्धन निर्देशनालय ललितपुरले वधसाला निर्माणको काम गरेको थियो । तर पछि ठेकेदारले समयमा काम नगर्दा र बजेट अभाव हुँदा बधशाला समयमै निर्माण हुन सकेको थिए । पहिलो चरणको काम २०६५ फागुनमा भवन निर्माण सम्झौता र ०६६ वैशाखमा बधशालाभित्रको भौतिक संरचना निर्माण गर्ने विषयमा गोरखा कन्स्ट्रक्सनसँग सम्झौता भएको थियो तर ठेकेदार सम्पर्क विहिन  भएपछि निर्माण कार्य रोकिएको थियो ।

पशुपन्छी बजार प्रवद्र्धन निर्देशनालयले वधसालाको भित्री डेकोरेसन लगायतको उपकरणका लागि बुटवल उपमहानगरपालिकालाई संरक्षकको भूमिका दिई दोस्रो चरणको ठेक्का लगाएपछि बधशाला निर्माण भएको थियो । उपमहानगरपालिकाले ०७१ जेठ २० गते अरनिको एन्ड भीम कन्स्ट्रक्सनसँग सम्झौता गरी ०७१ असोज ३० सम्म निर्माण पूरा गर्न भन्दै ठेक्का दिएको थियो । उक्त कम्पनीले पनि ढिला भवन निर्माण गरी २०७२ असार महिनामा मात्र बुटवल उपमहानगर पालिकालाई हस्तान्तरण गरेको थियो ।  
एक करोड एक लाख ८५ हजार ६ सय ३६ रुपैयाँ लागत इस्टिमेट गरे पनि निर्माण कम्पनीले ९१ लाख ४३ हजार तीन सय १० रुपैयाँमा ठेक्का लिएको थियो । कृषि विकास मन्त्रालय पशुसेवा विभाग पशुपन्छी बजार प्रवद्र्धन निर्देशनालय हरिहर भवन ललितपुरबाट ५० लाख र बाँकी रकम बुटवल उपमहानगरपालिकाले ५२ लाख ४२ हजार आठ सय १८ रुपैयाँमा सो बधशाला निर्माण भएको हो ।
करिव डेढ करोड रुपैयाँ लागतमा  निर्माण गरिएको पशुवधसाला यस क्षेत्रको एक मात्र आधुनिक पशु बध गर्ने स्थान हो  । तर यसलाई समयमा नै सञ्चालन गर्नको लागि सम्बन्धीत निकायले चासो नदिदाँ अस्वस्थकर  खुल्लारुपमा काटीएको मासु उपभोक्ताहरुले उपभोग गर्न बाध्य छन् । बुटवल उपमहानगर पालिकाका बरिष्ठ इन्जिनियर सुमन श्रेष्ठले  बधशाला चाँडै सञ्चालनमा आउने बताए । ‘अब मासु व्यवसायी संघ र हाम्रो विचमा सम्झौता भएपछि सञ्चालनमा ल्याउनको लागि काक सुरु हुन्छ ।’– बरिष्ठ ईन्जीनियर श्रेष्ठले भने । 
मासु व्यवसायी संघका अध्यक्ष कृष्ण पौडेलले लामो समयपछि सञ्चालनमा आउन लागेको बधशालाले बुटवलमा अझ स्वच्छ मासु उपभोत्तासम्म पुग्ने आशा व्यक्त गरे । उनले आफुहरुलाई बुटवल उपमहानगर पालिकाले संघ मार्फत पशुपवशाला सञ्चालन गर्न दिएमा जतिसको छिटो सञ्चालन गर्ने जानकारी दिए । बुटवल टुडे संगको कुराकानीमा अध्यक्ष पौडेलले भने–‘हामी संघ मार्फत वधशाला सञ्चालन गर्न तयार छौं तर नगरपालिकाले चासो दिएन । ’
अहिले निर्माण सम्पन्न भएको भनिएको पशु पधसालामा न्युनतम पुर्वाधारहरु समेत निर्माण नभएको भन्दै अध्यक्ष पौडेलले ‘गोदाम घर’ को रुपमा जस्तै बधसाला निर्माण भएको प्रतिक्रिया दिए । उनले अहिले जे जस्तो अवस्थामा रहेको छ तस्यलाई विभिन्न अपुरा भौतिक पुर्वाधारहरु निर्माणको लागि  आफुहरु तयार रहेको समेत जानकारी दिए । पशु चौपाय राख्नको लागि स्थान,  पशुबधबाट निस्कीएको फोहर व्यवस्थापनको लागि केन्द्र निर्माण र वायोग्यास समेत निर्माणको लागि आफुहरु तयार रहेको र यसको लागि नगरपालिकाले पीपीपी मोडलमा लैजानुपर्ने धारणा उनको रहेको छ । 
बुटवलमा बधशाला नबनेकै कारण दैनिक दुई हजार पाँच सय पशुपन्छीहरू अस्वस्थकर रूपमा बध गरिँदै  आएको छ ।  मासु व्यवसायी संघका अनुसार बुटवलमा दैनिक दुई सय खसी, दुई हजार कुखुरा, ४० रागाभैँसी तथा पाँच बंगुरवटाको मासु बिक्री गरिन्छ भने करिब पाँच सय केजी माछाको बिक्री हुने गरेको छ । डेढ करोड मध्ये ६० लाख बुटवल नगरपालिकाले लगानी गरेको छ ।  बुटवल–१२ रामनगर रामनगरमा औद्योगीक Ôेत्र व्यवस्थापन लिमिटेडको ३ बिगाहा क्षेत्रफलमा पशु बधशाला निर्माण गरिएको हो । 
पशुपंÔी बजार प्रर्बद्धन निर्देशनालयले बुटवलसंगै महेन्द्रनगर, झापाको भद्रपुर, बिराटनगर, गुलरिया, हेटौडा, धादिङको धार्केमा पनि बधशाला बनाउने योजना ल्याएको थियो । बुटवलको बाहेक केही स्थानको बधशाला निर्माण सकिएर सञ्चालनमा आएको छ ।  
केही  समय अगाडी बुटवलमा गरेको अनुसन्धान तथा अनुगमनमा पछि निकालिएको एक प्रतिबेदनले बुटवलका ३ सय १५ मासु पसल अस्वस्थकर रहेको उल्लेख छ भने खसीको मासु भन्दै ९० प्रतिशत बाख्रीको  मासु बेच्ने गरेको माशु व्यवसायी संघले गरेको अध्यायन प्रतिवेदनमा उल्लेख गरेको छ ।
 बधशालाको अभावमा बुटवलका मासु व्यवसायीहरुले पशु चौपायाहरु बसपार्क, गोलपार्क, देविनगर लगायतका खुल्ला ठाउँमा काट्ने गरेका छन् ।  खुल्ला रुपमा पशुको बध गर्दा अस्वस्थकर मासु खानु परेको उपभोक्ताहरुको गुनासो रहेको छ भने नगरक्षेत्र नै प्रदुषित बन्ने गरेको छ ।  रुपन्देहीमा दैनिक ३ देखि ४ सय खसी बोका, २० टन कुखुरा, २ हजार किलो माछा र रांगा पाडा २ हजार किलो खपत हुने मासु व्यवसायी संघले जनाएको छ ।
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्


Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती