थप तिन वटा नयाँ खानेपानी योजना

कृष्ण खनाल
बुटवल, २६ जेठ

यस बर्ष खानेपानी तथा सरसफाई डिभिजनन कार्यालय योगीकुटी र  स्थानियको संमन्वयमा थप ३ वटा खानेपानी परियोजनाहरु  अगाडी बढ्ने भएका छन् । एउटा परियोजनाको मंगलबार तिलोत्तमा नगरपालिकामा शिलन्यास गरिएको छ भने अन्य बुटवल–१३ कालिकानगर र  बुटवल–१४ नयाँ गाउँमा थप खानेपानी योजना प्रक्रियामा रहेको जनाइएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका विभिन्न वडाहरुमा खानेपानीको सहज पहु“चमा पु¥याउने उद्देश्यले १९ करोड २ लाखको लगानीमा मणिग्राममा खानेपानी योजना निर्माण शुरु भएको छ । ७० प्रतिशत सरकारी र ३० प्रतिशत जनताको जनश्रम दानमा निर्माण हुने आयोजना आगामी २०७३ चैतसम्म सम्पन्न हुनेछ । तिलोत्तमा–६ मणिग्रामको निर्माण गरिने योजनाले नगरपालिकाका वडा नम्बर १, ३, ४, ५, ६, ७  वडाका एक हजार ६ सय ८४ घरधुरीमा स्वच्छ खानेपानीको पहु“च पुग्ने योजनाका इन्जिनियर गुणनिधि पोखरेल बताउछन् । उनका अनुसार  सरकारले सहर उन्मुख क्षेत्रमा स्वच्छ खानेपानीको पहु“च सबै उपभोक्तामा पु¥याउने लक्ष्य राखेकोले सोही अनुसार योजना अगाडि बढाइएको हो ।
१ सय २० किलोमिटर पाइपलाइन विस्तार गर्ने योजनाको ४ सय ५० घनमिटर ओभरहेड टयाङकी निर्माण गरी पानी वितरण गरिने छ ।  योजनाको निर्माणको ठेक्का चन्द्र एण्ड, बसन्त कस्ट्रक्सन प्रालि ललितपुरले २०७१ चैत १२ गते योजना निर्माणको ठेक्का लिएको छ ।  त्यस्तै २ वडा बोरिङ गाडिएको योजनाका जानकार जगत पौडेलले बताए । योजनाको लागि उपभोक्ताबाट एक करोड ९० लाख नगद र ३ करोड ८० लाख बराबरको श्रमदान गनुपर्नेबताइएको छ ।
यस्तै बुटवल–१३ कालिनगरको प्रगतीनगर र बुटवल–१४ नयाँ गाउमा खानेपानीको लागि यसै आर्थिक बर्षमा सर्भेको प्रक्रिया सुरु हुने खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बुटवलले जनाएको छ । कालिकानगरमा  अहिले स्थानियहरुले आफै रकम संकलन गरी  बोरिङ्ग गाडेर लाईन आएको बेलामा मात्र खानेपानी वितरण गर्दै आएका छन् भने नयाँ गाउका उपभोक्ताहरुले आंशिक रुपमा खानेपानीको उपभोग गर्दै आएका छन् । यि खानेपानी आयोजना स्थानियको ३० प्रतिशत र सरकारी निकायको ७० प्रतिशत लगानी रहने छ ।


Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै