पेन्टमा प्रयोग हुने‘लेड’को कारण लाखौ जनताको स्वाथ्य उच्च जोखिममा

कृष्ण खनाल
बुटवल, ३१ जेठ ।
पेन्ट उद्योगहरुले  कलर चम्काउन र लामो समय सम्म टिकाउनको लागि भन्दै हानिकारक पदार्थ ‘लेड’ प्रयोग गरेर लाखौं मानिसहरुको स्वाथ्य माथि खेलवाड गरिरहेको खुल्न आएको छ ।  नेपाल सरकारले तोकेको मापदण्ड भन्दा  हजारौं गुण बढि मात्रामा लेडको प्रयोग गरि विद्यालयमा जाने  बालबालिकहरुको स्वाथ्य थप उच्च जोखिमा पार्ने गरेको एक अनुसन्धानबाट खुल्न आएको छ ।  
जनस्वाथ्य तथा वातावरण प्रर्वद्धन केन्द्रको ले गरेको अध्ययन अनुसार घर तथा विद्यालयको भित्ता पोत्न, डेक्स तथा बेन्चको सजावटको लागि प्रयोग हुने लेड नामक केमिकलको कारणले   सानो उमेरका बालबालिकाहरुको स्वाथ्य उच्च जोखिमा पर्ने गरेको  हो । सानो उमेरका वालवालिकाहरुमा रोग प्रतिरोधात्मक शक्तिको विकास नभईसकेको अवस्थामा लेडको कारण पार्ने असरको कारण उनीहरुको स्वाथ्य थप जोखिममा परेको अनुसान्धानबाट खुलेको हो । रङ्गी विरङ्गी रुपमा रङ्गाईएका विद्यालयको  भीत्ता, डेक्स  , बेन्च र अन्य सामाग्रीमा प्रयोग हुने ‘लेड’ युक्त पेन्टको कारण विद्यार्थीहरुको स्वाथ्यमा गम्भिर प्रकारको असर परेको  अनुसन्धानबाट खुलेको उल्लेख गरिएको छ । 
 जनस्वाथ्य तथा वातावरण प्रर्वद्धन केन्द्रका कार्यकारी  निर्देशक रामचरित्र शाहका अनुसार सरकारले तोकेको मापदण्ड भन्दा हजारौ गुण बढि मात्रामा लेड मिसवाट गरी कलर अर्थात पेन्ट उत्पादन गर्ने उद्योगहरुले उत्पादन गरी विक्रि वितरण गरिरहेका छन् । 
संस्थाले बुटवलका विभिन्न ८ वटा  स्थानबाट पेन्टको नमुनाहरु संकलन गरेकोमा अत्याधिक मात्रमा लेडको प्रयोग गरेको पाइएको हो । नेपाल सरकारले ९० पीपीएम मात्रा निर्धारण गरेकोमा बुटवल र यस आसपासबाट संकलन गरिएको नमुनामा ६९ हजार पीपीएम पाइएको छ । अध्यक्ष शाह भन्छन्–‘मापदण्ड भन्दा यो झण्डै ७ सय ६७ गुण बढि हो  ।’
नेपाल सरकारले यहि असार ५ गतेबाट पेन्टमा लेड मिसावट गरिएको र क्यानसर जन्य ऐसबेष्टको आयात र विक्रीमा पुर्णरुपले रोक लगाउने घोषणा गरेको छ । उक्त संस्थाले नेपालभरबाट ८९ प्रतिशत नमुनामा लेडको मात्रमा नेपाल सरकारले तोकेको भन्दा बढि पाएको अध्यायन प्रतिवेदनबाट पुष्टी गरेको छ । नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी नेपार सरकार, शिक्षा मन्त्रालय, शिक्षा विभागले  अन्र्तगतका सम्पूर्ण सरकारी विद्यालय, नीजी वि द्यालय र सर्वसाधारणको घर, फर्निचर समेत रङ्गाउदा लेडको मापदण्ड ९० पीपीएम लाई लागू गर्न  निर्देशन गरेको छ । सोही निर्देशन अनुसार अव ९० पीपीएम भन्दा बढि लेड मिसाईएको पेन्ट र घर छाउनको लागि प्रयोग हुने क्यान्सर जन्य ऐसबेष्टसको आयात र विक्रि वितरण पुर्णरुपमा रोक लगाउने घोषणा गरेको छ ।   
नेपाल चिकित्सक संघका केन्द्रीय सदस्य तथा बरिष्ठ डेन्डल सर्जन डा.  प्रकाश बुढाथोकीले लेडको कारण विश्वमा  ९५ लाख बढि बालबालीकाहरु  प्रभावित भएको बताउछन् । उनका अनुसार न्युनतम मापदण्ड अनुसार ९० पिपीएम भन्दा कम को प्रयोग गर्नुपर्नेमा त्यसको हजारौ गुण बढि प्रयोग गर्ने गरिएको छ । जसको कारण  कम उमेर रहेका  बालबालीकाहरुको जनस्वाथ्यमा प्रतिकुल असर पर्ने गरेको छ ।  लीडको कारण स्ना प्राणालीमा असर पारी निद्रा नलाग्ने, छारे रोग लाग्ने, अचेत हुने सम्मका असर प¥याउने डा. बुढाथोकीको भनाई रहेको छ । त्यस्तै पाचन प्राणलीमा समेत यसले असर पारी  कब्जीयत, थुक धेरै निकाले,  रगत बग्ने नलीमा  क्यालसीमम सट्टा लीड बग्ननाले हट्डीलाई कजोर बनाउछ । साथै रातो रक्तकोषको संख्या पुर्णरुपले नष्ट पारेर रक्त अल्पता सम्म ल्याउने र रगतमा रहको प्लेटलेस उत्पादनमा समेत यसले असर पार्ने पर्दछ । 
खासगरी बालबालीकाहरुको बौद्धिक ,सररिक विकासमा समेत असरा पारी बुद्धि समेत कमजोर  बनाउने र सुन्न सक्ने क्षमता समेत न्युन बनाउने यसको असर रहेका छन् । डा. बुढाथोकी भन्छन्– गर्भवती महिलाको  गर्भ नरहने, बाँजो पना समेत लेडले निम्ताउन सक्छ ।’
छालाको माध्यमबाट भित्र जाने र बच्चाहरुको कोसिका  बलियो नभएको कराण यसले झन बढि असर पर्ने पाईन्छ । 
यता, बुटवल उद्योग बाणिज्य संघ बुटवलका बाणिज्य उपाध्यक्ष उज्जवल कसजुले स्वाथ्य सबैको महत्पूर्ण भएकोले हानिकारक बस्तु विक्रि वितरण नगरेर उद्योगी व्यवसायीहरुले सहयोग पु¥याउनु पर्ने धारणा राख्छन् । उनी भन्छन्–‘सबैको स्वाथ्य महत्पूर्ण हुन्छ, हामी उद्योगी व्यवसायीहरुले स्वाथ्यमा असर पार्ने बस्तु विक्रि वितरण गर्नुहुदैन, सबैको सहयोग आवश्यक छ ।’ 
यता, बेलहिया भन्सार कार्यालय  भैरहवाका निमित्त प्रमुख गुणराज पोखरेल ले नेपाल सरकारको परिपत्र अनुसार लेड  निर्धारीत मापदण्ड भन्दा बढि र घर छाउने ऐस्वेस्ट पुर्ण रुपमा ५ गतेबाट रोक लगाउने निर्देशन आएको भन्दै सोही अनुसार कायान्वयन हुने बताएका छन् । उनले कानुनको नियमन गर्ने र कानुन उलंघन गर्नेलाई कानुन बमोजिम कारवाही गर्ने समेत बताएका छन् । उनी भन्छन्–‘बजारमा के के विक्रि वितरण भएको छ भन्ने नियमन कारी निकायले हेर्नुपर्दछ, हामी भन्साबाट पुर्ण रुपमा बन्देज गर्दछौ ।’


Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै