रुपन्देहीमा सामुदायिक उत्कृष्ठ, संस्थागतको सन्तोषजनक नतिजा

कृष्ण खनाल
बुटवल, ४ असार । 
शुक्रवार सार्वजनिक भएको प्रवेशीका परिक्षामा यस क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीहरुले नीजी बोर्डिङ्ग स्कुलका विद्यार्थीहरुला
ई जितेका छन् । विगतका दिनहरुमा सामुदायिक विद्यालयहरुलाई नतिजामा जित्दै आएका यस क्षेत्रका नीजि विद्यालयहरु यस पटकको नतिजा  उत्कृष्ठ ल्याउन सकेन्न् । 
सामुदायिक विद्यालयतर्फ तिलोत्तमा नगरपालिकामा मणिग्राममा रहेको शान्ती नमुना उच्च माविबाट प्रवेशिकामा सहभागी विद्यार्थी  विद्यार्थी भावना अर्यालले यस क्षेत्रमै सबैभन्दा बढि अंक प्राप्त गरेकी छिन् । उनले कुल ८ सय पुर्णङ्गको परिक्षमा ७ सय ५१ अंक अर्थात अर्थात ९३.८७ प्रतिशत अंक प्राप्त गरेकी छिन् । उनी रुपन्देही प्रथम भएको विद्यालयले दावि गरेको छ । 
त्यस्तै बुटवलको अर्को सामुदायिक विद्यालय कान्ती उमाविका विद्यार्थी मनोज भण्डारीले ९३.५ प्रतिशत अंक ल्याएका छन् ।  उनी छात्र तर्फ रुपन्देही प्रथम भएको विद्यालयले दावि गरेको छ ।  कान्तीबाट कुल १ सय २९  जना विद्यार्थीहरु सहभागी रहेकोमा ४७ जना विशिष्ठ श्रेणीमा ५७ जना प्रथम श्रेणीमा र १६ जना द्धितिय श्रेणीमा उत्र्तीण भएको प्राचार्य गोविन्द ज्ञवालीले जानकारी दिए ।  उक्त विद्यालयबाट सहभागी  छात्रा देवी भट्राईले ९२.५ प्रतिशत अंक ल्याएकी छिन् । समग्रमा विद्यालयको नतिजा ९३.०३ प्रतिशत रहेको छ । 
तिलोत्तमा नगरपालिका मणिग्राममा रहेको शान्ती नमुना उमाविबाट सहभागी कुल १ सय ९१   जना  विद्यार्थीहरु मध्ये ४९ जना विद्यार्थी विशिष्ठ श्रेणीमा उत्र्तीर्ण भएका छन् भने प्रथम श्रेणीमा ९१ जना, द्धितिय श्रेणीमा १८ जना विद्यार्थी उत्र्तीर्ण भएको सहायक प्राचार्य कुल प्रसाद लामिछानेले जानकारी दिए । 
त्यस्तै बुटवल–१२ कालिकानगरमा रहेको कालिका उमाविबाट सहभागी कुल सहभागी  १ सय २७ जना विद्यार्थीहरु मध्ये ९२.९० प्रतिशत विद्यार्थी उत्र्तीण भएका छन् । जसमा ४५ जना विद्यार्थी प्राविधिक (टीएसएलसी)मा सहभागी भएकोमा परिक्षा फल आउन बाँकी रहेको छ । प्राचार्य घनश्याम पाठकका अनुसार  विशिष्ठ श्रेणीमा  १२ जना, प्रथम श्रेणमिा ८४ जना र २२ जना तृतिय श्रेणीमा  उत्र्तीण हुन सफल भएका छन् । उक्त विद्यालयबाट सहभागी विद्यार्थी गायत्री घर्तिले ९०.६३ प्रतिशत अंक प्राप्त गरेकी छिन् । बुटवलको अक्सफोर्ड उमाविबाट कुल सहभागी ८६ जना विद्यार्थी मध्ये २२ जना विशिष्ठ श्रेणीमा र  अन्य सबै प्रथम श्रेण्ीमा गरी सत प्रतिशत नतिजा प्राप्त भएको प्राचार्य दिनेश भुषालले जानकारी दिए । उनका  अनुसार विद्यार्थी मिही सिंहले ९३.१३ प्रतिशत अंक प्राप्त गरेका छन् ।  बुटवलको न्यु होराईजन उमाविबाट ८४ जना  विशिष्ठ श्रेणीमा, १ सय ९९ जना प्रथम र १६ जना द्धितिय श्रेणीमा उत्र्तीण भएका छन् । 
बुटवल १० सुख्खानगरस्थित एभरेष्ट उच्च माविका अरुण अर्यालले ९३ दशमलव ६२ प्रतिशत अङ्क प्राप्त गरेका छन् । उक्त विद्यालयबाट सहभागी कुल १ सय ६१ विद्यार्थीमध्ये त्यस्तै ७ जनाले ९० प्रतिशतभन्दा धेरै अङ्क प्राप्त गरेका छन् । भने ५० जनाले विशिष्ट श्रेणी हासिल गरेका छन् ।
बुटवल १० सुख्खानगरमा रहेको दीप बोर्डिङ्ग उमाविबाट सहभागी कुल १ सय ४८ जना विद्यार्थी मध्ये ४४ जनाले विशिष्ठ श्रेणी, १०२ जनाले प्रथम श्रेणीमा उत्र्तीण भएको प्राचार्य टिकाराम न्यौपाने जानकारी दिए । 
तिलोत्तमा नगरपालिका ड्राईभर टोलमा रहेको होराईजन जीविएस बोर्डिङ्गस्कुलबाट सहभागी ४२ जना विद्यार्थीहरु मध्ये १५ जना विशिष्ठ श्रेणीमा र अन्य २७ जना प्रथम श्रेणीमा गरी सत प्रतिशत नतिजा हासिल गरेको प्रीन्सीपल जीवनाथ भण्डारीले जानकारी दिए ।उक्त विद्यालयबाट सहभागी विद्यार्थी  सन्दीप थापाले ८९ प्रतिशत अंक प्राप्त गरेका छन् । 
लुम्बिनी ईंग्लीस बोर्डिङ्ग स्कुलबाट सहभागी कुल ३१  जना  विद्यार्थी मध्ये ११ जना विशिष्ठ श्रेणीमा २ जना द्धितिय श्रेणीमा अन्य सबै प्रथम श्रेणीमा उत्र्तीण भएको प्रीन्सीपल लालहरी पाण्डेल जानकारी दिए । उक्त विद्यालयमा सबैभन्दा बढि उषा आचार्यले ९० प्रतिशत अंक प्राप्त गरेकी छिन् । 
एम्स उमाविबाट कक्षा सहभागी ३३ जान विद्यार्थीहरु मध्ये ५ जना विशिष्ठ श्रेणीमा र २६ जना प्रथम श्रेणीमा र २ जना द्धितिय श्रेणीमा उत्र्तीण भएको प्रीन्सीपल गोविन्द शर्माले जानकारी दिए । उक्त विद्यालयबाट सहभागी निता खत्रीले ८८ प्रतिश अंक प्राप्त गरेका छन् । 
बुटवल दिपनगरमारहेको साईनिङ्ग स्टार ईंग्लिस बोर्डिङ्ग स्कुलबाट ३७ जना विद्यार्थी सहभागी भएकोमा ७ जना विशिष्ठ श्रेणीमा ३७ जना प्रथम श्रेणीमा र ३ जना द्धितिय श्रेणीमा गरी  सत प्रतिशत नतिजा हासिल गरेको विद्यालयका प्राचार्य रुकमाङ्गत गैरेले जानकारी दिए । उक्त विद्यालयबाट सहभागी जमुना अर्यालय र मुना पुलामीले समान ८७.५ प्रतिशत अंक प्राप्त गरेकी छिन्  ।  
ईलीट बोर्डिङ्ग स्कुलबाट सहभागी कुल ४४ जना विद्यार्थीहरु मध्ये ११ जना विशिष्ठ श्रेणीमा,३० जना प्रथम श्रेणीमा र १ जना द्धितिय श्रेणीमा उत्र्तीर्ण भएको  कार्यकारी प्रमुख बैकुण्ठ पाण्डेले जानकारी दिए । उक्त विद्यालयबाट सहभागी एलिना बर्माले ८९ प्रतिशत अंक ल्याएकी छिन् । 
तिनाउ ईंग्लिस बोर्डिङ्ग स्कुलबाट सहभागी कुल ५९ विद्यार्थीहरु मध्ये २० जना विशिष्ठ श्रेणी, ३८ जना प्रथम श्रेणीमा उत्र्तीण भएको प्राचार्य यज्ञमुर्ती पाण्डेले जानकारी दिए । उनका अनुसार नौ जना विद्यार्थी ले ८९.८८ प्रतिशत समाज अंक प्राप्त गरेका छन् । 
स्कलर्स होम ईग्लिस बोर्डिङ्ग स्कुलबाट सहभागी कुल ५७ जना विद्यार्थीहरु मध्ये १२ जना विशिष्ठ श्रेणीमा ४० जना प्रथम श्रेणीमा र ३ जना द्धितिय श्रेणीमा उत्र्तीण भएको प्रीन्सीपल जयप्रकाश भट्राईले जानकारी दिए । उक्त विद्यालयबाट सहभागी विद्यार्थी पुर्णमा थापाले ९२.२५ प्रतिशत अंक ल्याएकी छिन् ।  सहिद स्मारक ईंग्लिीस बोर्डिङ्ग स्कुलबाट सहभागी कुल १८ जना विद्यार्थी मध्ये ३ जना विशिष्ठ श्रेणीमा र अन्य सबै प्रथम श्रेणीमा उत्र्तीण भएको पीन्सीपल लिलाधर घिमिरेले जानकारी दिए । 
तिलोत्तमा नगरपालिकामा रहेको सिद्धार्थ ईंग्लिस बोर्डिङ्ग स्कुलबाट कुल सहभागी १ सय २५ जना विद्यार्थीहरु मध्ये ६४ जना विशिष्ठ श्रेणीमा, ५९ जना प्रथम श्रेणीमा १ जना द्धितिय श्रेणीमा उत्र्तीण भएको प्रीन्सीपल बाबुराम खानलले जानकारी दिए । उनका अनुसार विद्यार्थी संकार अर्यालले ९१.३७ प्रतिशत अंक ल्याएका छन् । 
बुटवल पब्लिक ए लेवल कलेजबाट सहभागी कुल ८९ प्रतिशत विद्यार्थीहरु मध्ये सत प्रतिशत उत्र्तीण भएका छन् । प्राचार्य हेमलाल भुषालका अनुसार २० जना विशिष्ठ श्रेणीमा, ५७ जना प्रथम श्रेणीमा र २ जना द्धितिय श्रेणीमा उत्र्तीण भएका छन् । 
सैनामैना मेमोरियल बोर्डिङ्ग स्कुलबाट सहभागी कुल २७ जना विद्यार्थीहरु  मध्ये ५ जना विशिष्ठ श्रेणीमा र २२ जना प्रथम श्रेणीमा र अन्य सबै द्धितिय श्रेणीमा उत्र्तीण भएको प्रीन्सीपल जेवी श्रेणीले जानकारी दिए । उक्त विद्यालयबाट सहभागी प्रतिक्षा पोखरेलले ८५.८ प्रतिशत अंक प्राप्त गरेकी छिन् । 
देवदह ईंग्लिीस बोर्डिङ्ग उच्चमाविबाट सहभागी ५९  जना विद्यार्थी सहभागी मध्ये सबै उत्र्तीण भएको पीन्सीपल विष्णु प्रसाद पौडेलले जानकारी दिए । उक्त विद्यालयबाट सहभागी सम्राट अर्यालले ९०.५ प्रतिश अंक प्राप्त गरेका छन् । 
मालिका ईंग्लिस बोर्डिङ्ग स्कुल ठुलापोखरा अर्घाखाँचीबाट नविन रेग्मीले  ९२.८७ प्रतिशत अंक प्राप्त गरेका छन् । कहिल्यै  अतिरिक्त  कक्षा नलिएका उनी विद्यालयको काम समेत गर्दै आएको जनाइएको छ । उक्त विद्यालयबाट सहभागी १४ जना मध्येबाट १० जना विशिष्ठ र ४ जना प्रथम श्रेणीमा उत्र्तीण भएको प्रबन्ध सञ्चालक धनेश्वर पाण्डेले जानकारी दिए । 
रुपन्देहीको तित्तोत्तमा नगरपालिका  रहेको पामिर एकेडमीबाट सहभागी कुल २० जना विद्यार्थीहरु मध्ये ६ जना विशिष्ठ श्रेणीमा १४ जना प्रथम श्रेणीमा,  उत्र्तीण भएको अध्यक्ष मोहन चापागाईले जानकारी दिए । उनका अनुसार विद्यार्थी प्रतिमा कार्कीले ९०.१३ प्रतिशत अंक प्राप्त गरेकी छिन् ।  प्रगति उच्च मावि गजेडी–२, बेलभारियाबाट सहभागी कुल  १ सय २४ जना विद्यार्थी मध्ये कुल १ सय २१  जना  उत्र्तीण भएका छन् । विशिष्ट ३ जना , प्रथममा ५६ जना , दोस्रो श्रेणी ६२ जना उत्र्तीण भएको प्रध्यानाध्यकप जीवराज पौडेलले जानकारी  दिए । 
नविन औद्योगीक कद्दर बहादुर रिता उमाविबाट सहभागी कुल ८३ जना विद्यार्थीहरुले प्रवेशिका दिएकोमा ३० जनाको प्राविधिक एसएलसीको नतिजा आउन बाँकी रहेको छ । अहिले ५३ जना  सहभागी भएकोमा   प्रथम श्रेणीमा ३० जना र द्धितिय श्रेणीमा १३ जान गरी कुल ४३ जना उत्र्तीण भएको प्राचार्य प्रेम बहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार बर्षा खनालले ७७ प्रतिशत अंक ल्याएकी छिन् । 
वेस्र्टन एकेडमीबाट सहभागी कुल १७ जना विद्यार्थी मध्ये ३ जना विशिष्ठ श्रेणीमा अन्य १६ जना प्रथम श्रेणीमा उत्र्तीर्ण भएको विद्यालयक प्रीन्सीपल लक्ष्मण खनालले जानकारी दिए । विद्यालयबाट  परिक्षमा सम्मीलित सुमन भट्राईले ९०.६१  प्रतिशत अंक ल्याएका छन् । 
प्रभात उमावि मुर्गियाबाट सहभागी ८६ जना विद्यार्थी मध्ये ४६ जना विशिष्ठ श्रेणीमा सहित १ जना द्धितिय श्रेणी र अन्य प्रथम श्रेणी सहित सत प्रतिशत उत्र्तीण भएको प्राचार्य अनन्तराम शर्माले जानकारी दिए । विद्यार्थी आश्मन बस्यालले ९०.२५  प्रतिशत अंक ल्याएका छन् । 
सैनामैना नगरपालिकाको ग्यालेक्सी बोर्डिङ्ग स्कुल मुर्गियाबाट सहभागी सबै विद्यार्थी उत्र्तीण भएका छन् । कुल ७४ जना मध्ये ११ जना विशिष्ठ श्रेणी, ५० जना प्रथम श्रेणी र अन्य सबै द्धितिय श्रेणीमा उत्र्तीण भएको पीन्सीपल प्रकाश भटराईले जानकारी दिए । उक्त विद्यालयबाट प्रतिश सेवानीले ९१ प्रतिशत अंक ल्याएका छन् । सैना मैनाकै न्यु एकेडीमीबाट सहभागी कुल ८ जना मध्ये ४ जना विशिष्ठ श्रेणीमा र ४ जना प्रथम श्रेणीमा उत्र्तीण भएको प्राचार्य टोपलाल भट्राईले जानकारी दिए । उक्त विद्यालयबाट आशिष न्यौपानेले ८६ प्रतिशत अंक प्राप्त गरेका छन् । 
पशुपती उमावि  सालझण्डीबाट परिक्षा दिएका ३४ जना मध्ये ६ जना विशिष्ठ श्रेणीमा १५ जना प्रथम श्रेणीमा र अन्य द्धितिय श्रेणीमा पास भएको प्राचार्य कृष्ण प्रसाद पौडेल ले जानकारी दिए । उनका अनुसार विद्यार्थी बसन्त पौडेल ले ९०.४७ प्रतिशत ल्याएका छन् । 
यस्तै भैरहवाको बुद्ध ज्योती आवासीय उच्च माविमा शत प्रतिशत बिद्याथी उत्तिर्ण भएको प्रधानाध्यपक अरुण प्रताप राणाले जनाएका छन । बुद्ध ज्योतीबाट परिक्षामा सहभागी भएका २६ जना बिद्यार्थी मध्ये २६ जना नै उत्तिर्ण भएको उनले जनाए । युनिभर्सल पब्लििक हाई स्कुलमा सहभागी भएका १६ जना बिद्याथी मध्ये ३ जना बिशिष्ठ श्रेणीमा, ११ जना प्रथम श्रेणीमा उत्तिर्ण भएका छन भने  २ जना आंशिक परिक्षामा परेको स्कूलका प्रधानाध्यापक गोकुल पोखरेलले जनाए ।
भैरहवाको बृहस्पति उच्च माविमा पनि सहभागी भएका ५१ जना बिद्यार्थीहरु सबै उत्तिर्ण भएको प्रधानाध्यापक युवराज उपाध्यायले जानकारी दिएका छन । उपाध्यायका अनुसार बृहस्पतिबाट परिक्षा दिएकोबाट १७ जना बिशिष्ठ श्रेणीमा र बाकी ३४ जना प्रथम श्रेणीमा उत्तिर्ण भएका छन । धकधईमा रहेको युनिक होम्स बोेर्डिङ्ग स्कूलमा पनि परिक्ष दिएको ३८ जना मध्ये ३२ जना उत्तिर्ण भएको स्कूलका प्रधानाध्यापक मनोज यादवले जानकारी दिए ।





Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै