‘दुई छाक’ माग्दै अनाथालय


कृष्ण खनाल

 बुटवल, २० जेठ । 

रुपन्देहीको एक अनाथआश्रम मा खाद्यान्नको समस्या टार्नकोको लागि सञ्चालक समितिले ‘दुई छाक’ अभियान सुरु गरेको छ । आश्रममा आश्रीत बालवाललिकाहरुको भरणपोषणको प्रत्येक दिन विहान र साझँको  खाद्यान्नको लागि प्रत्येक दिन नै फरक फरक दाताहरु खोज्ने अभियानमा लागेको हो ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–२० कोटिहवा मा रहेको  नेपाल अविनास अनाथ आश्रम सञ्चालक समितिले ३ सय ६५ जना दाताहरुको जुटाएर प्रत्येक दिन एक दाताले २  छाक खाना  खुवाउने गरी सहयोग जुटाउने अभियान सुरु गरेको हो । दाताहरुको  सहयोगबाट नै सञ्चालन हुदै आएको उक्त आश्रम सञ्चालनको लागि खाद्यान्न अभाव हुन थालेपछि सञ्चालक समितिले यस्तो जुक्ती निकालको अध्यक्ष कृष्ण प्रसाद ज्ञवालीले जानकारी दिए ।


 उनले भने–‘अहिले सम्म ४८ जना यसरी एक दिनको खाना खुवाउने  दाताहरु फेलापारेका छौ, , आगामी २ महिना भित्रमा हामीले ३ सय ६५ जना नै दाता खोज्ने तयारीमा छौ ।’  उनले आश्रममा यसरी सहयोग  गर्न चाहाने मनकारी दाताहरुबाट सहयोग अपेक्षा समेत दिएको बताएका छन् । 

आश्रममाअहिले १९ जना  विभिन्न जिल्लाका असाहाय वेसाहरा वालवालिकाहरुले आश्रय लिदै आएका छन्  त्यसमा केही अपाङ्गता भएका वालवालिका समेत रहेका छन् ।  जिल्ला वाल कल्यण समितिको सिफारिसमा उक्त आश्रमले २०६३ साल देखि नै असाहाय वालवालिका राख्दै आएको छ । उक्त आश्रम सञ्चालनको लागि बार्षिक रुपमा करिव २५ लाख रुपैयाँ आवश्यक पर्नेमा अहिले सम्म विभिन्न दाताहरुबाट आएको सहयोग रकमबाट नै आश्रम  चलाउँदै आएको छ ।  
उक्त आश्रममा आश्रित बालबालिकाहरुलाई त्याहा नीजी विद्यालयहरुले पुर्ण तथा आशिंक सहुलियतमा अध्ययन गराउँदै आएका छन् । पर्लएकेडमी ईंग्लिस बोर्डिङ्ग स्कुलले ४ जना, सञ्जीवन शिक्षा सदनले ३ जना, लिटील स्टार ईग्लिस बोर्डिङ्ग स्कुलले २ जना, नोभेल ईन्भाईरमेन्ट बोडिङ्ग स्कुलले २ जना, भुपु सैनिक ईंग्लि बोर्डिङ्गले ३ जना, पशुपती उमाविले १ जना र पशुपती कलेजले १ जना विद्यार्थीलाई ५० प्रतिशत सहुलियतमा अध्यपन गराउदै आएको छ ।  
उक्त  आश्रमबाट अहिले नर्सरी देखि स्नातक तह सम्म विद्यार्थीहरुले अध्यायन गर्दै आएका छन् । ९ जनाको सञ्चालक समिति गठन गरिएको छ भने उक्त आश्रमलाई फ्रान्समा रहेका नेपाली रोन पुनको नेतृत्वमा  मासिक ३० हजार रुपैया सहयोग हुदै आएको र सोहीबाट नै आश्रमका वालवालिकाहरुलाई सहयोग भएको सञ्चालक समितिले जनाएको छ । 
 आश्रममा आश्रीत हुदै आएका उनी जिल्ला वाल कल्याण समितिको सिफारिमा  प्रमाणको आधारमा आफन्त जिम्मा लगाइएको  छ ।  यसरी जिम्मा लाइएका वालवालिकाहरुमा रुपन्देहीको रुद्रपुरका आकाश परियार, चितवनमा राजु विका उनका भाई सागर विक,  खोटाङ्गका प्रदिप तामाङ्ग, ईलामका याकुव राई, अर्घाखाँचीकी सिता नेपाली, नवलपरासीका विसाल सुनार सोही जिल्लाका अर्जुन नाउ र गुल्मी सिमिचौरका सुनिल बस्नेत रहेका छन् ।  
प्रतिदिन वालवालिकाहरुको विहान साझाको खानको लागि करिव १३ सय रुपैया आवश्यक पर्दछ । सोही १३ सय रुपैया जुटाउनको लागि आश्रम सञ्चालक समितिले दाताहरुको खोजीरहेको छ । यदि दाताहरुको संख्या ३ सय ६५ भन्दा बढि भएमा  दताहरुलाई अझ भार कमी पर्न सक्ने जनाइएको छ । उक्त आश्रमलाई तिलोत्तमा नगरपालिकाले अहिले १ लाख रुपैया र आगामी आर्थिक बर्षमा २ लाख रुपैया दिने आश्वासन दिएको छ । 


Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै