उत्खनन् गर्दा भेटिएको काठ स्थानियको कब्जामा

कृष्ण खनाल
बुटवल, १० असार ।
 रुपन्देहीको सालझण्डी गाविस–६ मा रहेको कञ्चन खोलामा जिल्ला विकास समितिबाट स्वीकृत ढुङ्गा गिट्टी उत्खनन्को बेला भेटिएका पुराना काठलाई गाउँहरुले कब्जा गरी व्याक्तिलाई दिने चलखेल भएको छ । अवैध रुपमा भेटिएका ति काठलाई ईलाका बन कार्यायलय सालझण्डीबाट खटिएको टोलीले नियन्त्रण लिने प्रयास गरेपनि स्थानियले त्यसमा अवरोध गरेका छन् । मंगलबार सूचनाको आधारमा ईलाका बन कार्यालय सालझण्डीका सहायक वन अधिकृत रविन्द्रनाथ चौधरीको नेतृत्वमा गएको टोलीलाई स्थानियहरुले आफ्हरुले नै उक्त काठ विक्रि गरेर स्थानिय विकास निर्मा

णमा लगाउने भन्दै विरोध गरेका छन् ।  मंगलबार ईलाका वन कार्यलय  साझण्डीबाट गएको टोलीले अवरोध गरेरपछि मुचुल्का मात्र उठाएर फर्किएको टोली बुधवार पनि काठको मुचुल्का उठाएर त्यतिकै फर्किएको छ । 
नदी उत्खन्न गर्दा भेटिएको काठ स्थानियहरुले विक्रि वितरण गरी वैध बनाउन सालझण्डी गाविस–६  बरौलीका स्थानिय भिम खनालको घरमा समेत राखेका छन् । केही काठ चिरान गरिएको अवस्थामा ईलाका वन कार्यालय सालझण्डीले २७ थान २ सय ३७.५७ क्युफिट काठ खेतमा र   शिव खनालको घरमा  ४४.०५ चिरन काठ  सहित केही गोलियाको मुचुल्का उठाएको छ । 
शान्ती सामुदायिक वन उपभोक्ता समितिको क्षेत्र भित्र पर्ने कञ्चन खोलामा  गरिएको उत्खनन् जिल्ला विकास समितिको मातहतमा जाने नियम भएपनि स्थानियहरुले उक्त काठ आफुहरुले नै विक्रि गरेर विकास निर्माणमा लगाउनुपर्ने माग राखेका छन् । 
शान्ती सामुदायिक वन उपभोक्ता समितिका सचिव रामप्रसाद आर्यालले स्थानिय कोटियादेवी निमावि, दुर्गा मन्दिर र खोलामा तटबन्दका लागि खर्च गर्नुपर्ने आफुहरुको माग रहेको बताउछन् ।  उनले सामुदायिक वन क्षेत्रभित्र रहेको खोलाबाट निकालिएका काठ सामुदायिक वनलाई भन्दा पनि काठ विक्रि बाट विद्यालय, मन्दीर र तटबन्दमा खर्च नगरेसम्म काठ उठाउनको नदिने गरी स्थानियले अवरोध गरेको जानकारी दिए । 
यता, शान्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बद्रीनाथ पाण्डेले  जिल्ला विकास  समितिको ठेक्का भएकोले  सामुदायिक वनको मातहत नहुने बताउँछन् । उनले स्थानियहरुको सल्लाहमा उक्त काठको व्यवस्थापन हुनुपर्ने बताए । स्थानीयबाट उक्त खोलाको काठ उत्खनन् गरेर  कठ्ठा गरी स्थानिय भिम खनालको घरमा  लगेर काठ चिरान गर्दासम्म ईलाका वन कार्यालय साझण्डीलाई कुनै खबर भएको थिएन् । 
 ‘खोलामा भेटिएको काठ हो हाम्रै हो’ भन्ने हेतुले काठ निकालिएको र सोही अनुसार व्यवस्थानमा लाग्नु आफ्नो गल्ती भएको स्वीकार शान्ती सामुदायिक वन उपभोक्ता समितिका  सचिव आर्याल स्वीर्काछन् ।  स्थानियहरुले खोलाको काठ हो भन्दै अवैध काठलाई बैध बनाउने प्रयास  गरिएको उक्त घटनाबाट पुष्टी भएको ईलाका बन कार्यालय सालझण्डीका सहायक वन अधिकृत रविन्द्रनाथ  चौधरी बताउछन् ।
अवैध काठ निकालिएको र घरमा समेत राखिएको भन्ने सूचनाको आधारमा काठ नियन्त्रण लिन आउदा स्थानियबाट अवरोध भएको उनको भनाई रहेको छ । उनले भने–‘मुचुल्का समेत उठाईसकेका छौ, केही काठ  रहेको छ भने  घरमा चिरान काठ समेत रहेको छ ।’ उनले स्थानियहरुले काठ वन कार्यालयमा लैजानको लागि अवरोध गरेको  भन्दै आफुले जिल्ला वन कार्यालयलाई काठको  नापजाँच गरिएको र मुचुल्का पठाउने र जिल्ला वनकाउ निर्णय अनुसार गर्ने बताएका छन् । ‘हामी ४÷५ जना कर्मचारी  उहा  हजार भन्दा बढि स्थानिय हामी कसरी लैजान सक्छौ ।’ उनले भने । गिटी बालुवाको उत्खनन्को लागि ठेक्का पाएको खोलमा १ मिटर गहिराई खन्दा काठ नभेटिएको पुन १ मिटर गहिराईमा खन्दा काठ भेटिएको स्थानिय बताउछन् ।  स्थानियहरुले आफुहरु जेल जान पनि तयार रहेको भन्दै काठ छोड्न तयार नभएको बताएका छन् ।  
यता, ईलाका प्रहरी कार्यालय साझण्डीका प्रमुख ईन्फेक्टर सुवास खड्काले उक्त घटनामा ईलाका बन कार्यालयका पदाधिकारीहरुले आफै हेर्छु भनेकोले कुनै पनि कार्य अगाडी नबढाईएको जानकारी दिएका छन् । उनले  अवैध काठ शिव खनाल को घर र जग्गामा रहेको भन्दै खबर आएको र सोही अनुसार प्रहरी प्रशासन गएपनि ईलाका वन कार्यालयका पदाधिकारीहरुले आफै उक्त केस हेर्ने बताएको जानकारी दिए । 
ण्ण्ण्ण्ण तस्वीरः गीटीबालुवा उत्खनन् गर्दा भेटिएका काठ, खेतमा राखिएको अवस्थामा ।  तस्वीरःकृष्ण खनाल/बुटवल 


Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै