गर्मि बढेपछि जनजिवन कष्ठकर

कृष्ण खनाल
बुटवल, २५ जेठ ।
केही दिन यता ह्वात्तै बढेको गर्मिको कारण यस क्षेत्र लगायत  देशका विभिन्न स्थानको जनजिवन प्रभावित भएको छ । बढ्दो गर्मि संगै चलेको तातो हावाको कारण पनि स्थानियहरुको दैनिक जिविका समेत  प्रभावित भएको छ ।
खासगरी दैनिक जिविकाक
वो लागि मजदुरी  गर्ने मजदुरहरु यसको  प्रत्यक्ष प्रभावमा परेका छन् ।  गर्मि बढेसंगै तातो हावाको वाहाव बढेपछि यस क्षनेत्रमा स्थानियहरु दिउँसको समयमा कम मात्रामा घर बाहिर निस्केमा छन् भने बजारमा चलहपहल पनि क्रमसः कम हुदै गएको छ । साझ विहानको तुनलामा दिउसो बजारमा किनमेलको लागि आाउने क्रम ठप्प भएको व्यापारीहरु बताउछन् । 
बढ्दो गर्मि र त्यस माथि नेपाल विद्युत् प्राधिकरणले गर्ने घण्टौको लोडसेडिङ्गको कारण पनि उपभोक्ताहरु थप चपेटामा परेका छन् । घरको कोठामा बस्न सक्ने अवस्था अनाएपछि रातको समयमा स्थानियहरु घरको छतमा सुत्ने गरेका छन् । गर्मीले रुघाखोकी, ज्वरो, बान्ता, झाडापखाला र कलेजोको संक्रमण बढ्ने भन्दै   चिकित्सक सचेत रहन आग्रह गरेका छन् ।
 लुम्बिनी अञ्चल अस्पतालका विशेषज्ञ डा. नन्दु पाठक ले गर्मिको समयमा झोलीलो तर पदार्थ र पानी प्रशस्त्र मात्रामा पिउनुपर्ने सल्लाह दिएका छन् । बुटवल टुडेसंगको कुराकानीमा उनले भने–‘गर्मि बढ्यो भन्दैमा आत्तीनु पर्ने अवस्था छैन, प्रशस्त्र मात्रामा झोलीलो कुरा खानुस्,  जीवनजल पानी खाने, सितल ठाउँमा बस्ने, सीतल र सेतो कपडा लगाउने र चर्को घाम लागेको बेला बाहिर ननिस्कने गरेमा शरिरलाई राम्रो हुन्छ । ’ उनले फलफुल र जुसहरु अन्य समयमा भन्दा बढि मात्रामा खाने र खानेकुरा ताजा र पकाएर मात्र खानको लागि सल्लाह दिएका छन् ।
 गर्मि मौसमा झाडा पखला, आउँ, हैजा तथा टाईफाईड जस्ता सरुवा रोगको प्रकोप बढि हुने भन्दै यसको लागि ताजा र सफा खानेकुरा पकाएर मात्र खानको लागि थप सल्लाह दिएका छन् । मानिसहरु गर्मि भगाउनको लागि चिसो स्थान(एसी) र पानी पोखरीमा बसेर एक्कसी बाहिर गर्मि बातावरणमा आउँदा बाहिर तातो हावाको कारण विहोस हुन सक्ने भन्दै डा. पाठकले सकेसम्म बाहिर हिड्दा नदौडीकन शान्त भएर हिड्नको लागि सुझाव दिए ।
यता, जल तथा मौसम विज्ञान पुर्वानुमान महाशाखा काठमाण्डौका अनुसार शनिबार भैरहवामा ४३.३ डिग्री रेकर्ड तामक्रम मापन गरिएको थियो भने आईतबार केही तापक्रम घटेको छ । आईतबार दिउसो मापन गरिएको तापक्रम अनुसार ४२.५ डिग्री सेल्सीयस मापन गरिएको थियो । शनिवार दिपायलमा ४१.५, धनगढीमा ४१.३, वीरेन्द्रनगरमा ३९.२, दाङमा ३८.२ र सिमरामा ३९.८ डिग्री सेल्सियस रेकर्ड भएको छ । पूर्वी तराईका जिल्लामा पनि शनिबार गर्मी बढेको छ । शनिबार विराटनगरमा ३५.६, जनकपुरमा ४१.२ र धरानमा ३३.९ डिग्री तापक्रम रेकर्ड भएको थियो ।  महाशाखाका अनुसार यो वर्ष अहिलेसम्म सबैभन्दा बढि  दिपायलमा ४४.५ डिग्री  सम्म तापक्रम रेकर्ड भएको छ । गौतम बुद्ध विमास्थल मौसम रेकर्डर राजेश झाका अनुसार आईतबार दिउसो २ बजे सम्मको न्युनतम तापक्रम २४.२ डिग्री सेल्ससियस मापन गरिएको छ ।
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्


Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै