भैसी पालनबाट मासिक ५० हजार आम्दानी

कृष्ण खनाल
बुटवल, ९ असार ।
 १० लाख रुपैयाँ सहकारी र आफन्तबाट ऋण काडेर व्यवसायीक रुपमा भैसी पालन सुरु गरेको रुपन्देहीको सैनामैना नगरपालिका– रानीवगीयाका तोयानाथ पौडेल(सागर)ले अहिले मासिक  ५० हजार रुपैया आम्दानी गर्दै आएका छन् । १० कठ्ठा जमिन भाडा(लिज)मा लिएर के.टी. भैसी पालन फार्म सञ्चालन गरेका पौडेलले १३ बर्ष सम्म पोखरामा माकेर्टिङ्गको पेशा सम्हालेका ४३ बर्षिय पौडेलले ६ बर्ष ड्राईभिङ्ग पेसाको समेत अनुभव संगालेका छन् । 
केही बर्ष रेष्टुरेन्ट समेत सञ्चालन गरेका पौडेलले वि.स.२०७१ मंसिर महिनाबाट व्यवसायीक भैसी पालन सुरु गरेका हुन । अहिले उनको फार्म मा ८ वटा भैसी, १ वटा राँगो र अन्य ४ वटा साना पडा÷पाडी रहेका छन् । उनको फार्ममा  अहिले केही बख्रा रहेका छन् ।  ८ वटा भैसी मध्ये ३ वटा व्याउने भैसी छन्  भने अन्य ५ वटा दुहुनो भैसी  रहेका छन् । 
सिजनको बेला (माघ महिनामा) १ लाख १३ हजार रुपैयाको दुध मात्र विक्रि गरेको बताउने  उनले अहिले दैनिक ५५ लिटर दुध विक्रि गर्र्दैै आएका छन् । प्रति लिटर ६० रुपैयाका दरले उनले दैनिक ३ हजार ३ सय रुपैया दुधबाट मात्र आम्दानी गर्दै आएका छन् । उनी भन्छन्–‘माकेटिङ्गको व्यवसाय गरे, गाडी चलाएर रेष्टुरेन्ट पनि चलाए र मलाई अहिले यहि व्यवसायबाट नै घर परिवार राम्रो संग पाल्न सकेको छु ।’ निकट भविश्यमा अन्य कुनै स्थानमा जग्गा लिजमा लिएर अझ ठुलो क्षेत्रमा व्यापक तरिकाले भैसी पालनको सोँच बनाएको उनको भनाई रहेको छ । उनका ३  जना छोरा, श्रीमती र श्रमान् गरी ४ जना नै  त्यहि भैसी पालन व्यवसायमा संलग्न भएका छन् । 
६० हजार रुपैया देखि १ लाख ५० हजार रुपैया सम्मका भैसी खरिद गरेका उनले भैसीको विमा समेत गरेका छन् । बुटवलको शिखर ईन्श्योरेन्स विमा  १ लाख रुपैया बराबरको विमा गरेबा छन् ।  उक्त फार्ममा पौडेलकी श्रीमती कमला पौडेलले नै  भैसीको स्याहार सुसार लगायत दाना पानी खुवाउने काम गर्ने गरेकी छन् ।  हरियो घासको लागि थप केही जग्गा भाडामा लिएर घाँस खेती समेत गरेका छन् पौडेलले ।
२०४८ सालमा एसएलसी पास गरेका  पौडेलले अहिले सम्म जिल्ला पशु कार्यालयबाट गोठ सुधारको लागि भन्दै केही रकम अनुदान पाएको भन्दै अन्य सरकारी अनुदान अहिले सम्म नपाएको बताउछन् ।  उनी भन्छन्–‘मानिस रोजगारी नपाएर विदेश लागेको लागै छन्, तर स्वदेशमा नै व्यवसायीक कृषि पेसामा  लागियो भने राम्रो आम्दनी गर्न सकिन्छ  ।’

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै