सन्र्दभ विश्वरक्तदान दिवस:‘जती धेरै दान उती धेरै पून्य’

कृष्ण खनाल 
बुटवल, ३०  जेठ ।
बुटवल उप–महानगरपालिका–१ पारी बुटवलमा बस्दै आएकी रुपकेशरी बज्राचार्य अहिले सम्म ४३ पटक रक्तादान गरिसकेकी छिन् । पहिलो पटक छिमेकीको आफन्त विरामी परेर रक्तसेवा केन्द्र बुटवलमा गएर रक्तदान गरेकी उनी उमेरले ५७ बर्षमा टेकेकी छिन् । यस क्षेत्रमा सबैभन्दा बढि रक्तदान गर्ने अगुवा महिलाको नाममा बज्राचार्यको नाम अगाडी आउँछ । उनी ए पोजेटिभ रक्त समुह भएकी महिला हुन । 
उनी भन्छन्–‘महिलाले रक्तदान गर्नुहुदैन, गरे भने कमजोर हुन्छ भन्ने मान्यता गलत हो, सबैले महिनावारी भएको १० दिन भन्दापछि जतीवेला पनि गरे हुन्छ ।’ अहिले सम्म करिव ५० पटक भन्दा बढि विभिन्न सामाजिक संघ संस्थाहरुबाट सम्मानीत भएकी बज्राचार्यले सबै महिलाहरुले आफ्नो रक्त समुह पहिचान गरि राखेमा जतिबेला पनि राम्रो हुने धारणा राख्दछीन । उनी मात्र होईन उनको परिवारमा उनकी बुहारीले समेत १२ पटक भन्दा बढि रक्तदान गरिसकेकी छिन् । 
उनी एउटा उदाहरण मात्र हुन । रक्तदान  गरेर

पुन्य कमाउने महिला तथा पुरुषहरुको संख्या विस्तारै बढ्दै गएको छ । ‘एक पोका रगतको कारण सकैको जीवनले नयाँ जिवन पाउँछ भने किन रक्तादान नगर्ने’–भन्ने सामुहिक आवाजहरु  पछिल्लो समयमा दरिलो बन्दै गएका छन् ।
धेरै पटक रक्तदान गर्ने व्याक्तिहरुले रक्तदान गर्दा आफैमागौरव लाग्ने बताउँछन् । नेपाल स्वयमसेवी रक्तदाता समाज रुपन्देहीका उपाध्यक्ष  सुरेन्द्रमान शाक्यले अहिले सम्म ३३ पटक रक्तदान गरेका छन् भने विवेक प्रधानले  ४२ पटक सम्म रक्तदान गरेका छन् । सबैभन्दा धेरै पटक रक्तादान गर्नेहरुमा रोशन पाण्डे, बमदेव अधिकारी, कृष्ण कुमार श्रेष्ठ लगायतको नाम अगाडी आउँछ ।  आज विश्व भर ‘धन्यावाद छ तपाईलाई मेरो जीवन बचाईदिनुभएकोमा’ भन्ने मुल नाराका साथ १२ औ विश्व रक्तदान दिवस  मनाईदैछ । रुपन्देहीमा पनि विभिन्न कार्यक्रम आयोजना गरिएको विभिन्न संघ संस्थाहरुले जानकारी  दिएका छन् । 
नेपाल स्वयमसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले अहिले सम्म ४४ पटक रक्तादान गरेका छन् । वि.स.२०६९ चैत १९ गते रुपन्देहीमा गठन भएको नेपाल स्यमसेवी रक्तदाता समाजले अहिले सम्म नियमित रुपमा २७ औ पटक रक्तादन गरेको छ भने एउटा वृहत रक्तदान र  ६ वटा आकत्मीक रक्तदान कार्यक्रम सम्पन्न गरिसकेको छ । अध्यक्ष चौहान भन्छन्–‘पछिल्लो समयमा स्व विवेकले रक्तदान गर्ने दाताहरुको संख्या वृद्धि हुदै गएको छ ।’  उनी थप्छन्–‘हामीले स्वयमसेवीरक्तदाता समाज रुपन्देही गठन हुन भन्दा पहिला केही छिटपुटमा लाईयन्स, लियो, रोटरी जस्ता क्लवहरुले रक्तादान गर्ने तर नियमित रुपमा रक्तादान गर्ने परिपाटीको विकास भएको थिएन ।’  
पछिल्लो समयमा विभिन्न सामाजिक उदेश्यले स्थापना भएका संघ संस्था हरुको साथै क्लव, सहकारी, राजनीतिक दलका भातृ संगठन लगायतका समेत रक्तदान गर्ने परिपाटीको विकास हुदै गएको नेपाल रेडक्रस सोसाईटी जिल्ला उपशाखा रुपन्देहीका अध्यक्ष प्रेमलाल उदास बताउँछन् ।
अध्यक्ष उदासका अनुसार पछिल्लो समया रुपन्देही रगतमा आत्मनिर्भर बन्दै गएको छ । २ बर्ष यता रुपन्देही आत्मनिर्भर बन्दै गएको छ ।  अध्यक्ष उदास भन्दछन्–‘२ बर्ष पहिला लौन रक्तदान गर्नु प¥यो भन्दै दाता डाक्नु पर्दथ्यो, तर अहिले भने रक्तादानको सेडुल मिलाउन मुस्कील छ । अहिले ब्लड बैंकमा १ सय ५० भन्दा बढि रगत स्टक रहेको जनाएको छ । अहिले रक्तदानको लागि हारगुहार गर्नुपर्ने आवश्यक छैन । 
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्



Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै