सार्थकता पायो नेत्रहिनको ‘एक एक व्याक्ति एक इँटा’ अभियानले

कृष्ण खनाल
बुटवल, १५ असार ।
 ‘दृष्टिविहिनता भएका व्याक्तिहरु’ एक जुट भएर लाग्ने हो भने अनकरणीय काम गर्न सक्छन् भने उदाहरण पछिल्लो समयमा रुपन्देहीका दृष्टिविहिनहरुले प्रस्तुत गरेका छन् । अन्य अपाङ्गता भएका व्याक्तिहरुको आफ्नै कार्यालय भवन नभएको बेला

रुपन्देही नेत्रहिन संघले सञ्चालन गरेको ‘एक व्याक्ति एक इंट्टा’ अभियान अन्र्तगत आफ्नै भवन निर्माण पुरा गरेका छन् । यद्यपी भवनमा अझै  केही पुर्वाधारहरुको विकास गर्न आवश्यक रहेको छ ।
केही समय पहिला देखि सुरु भएको ‘एक व्याक्ति एक ईंट्टा अभियान’ अन्र्तगत अपाङ्गता भएका व्याक्ति, दृष्टिविहिनता भएका व्याक्तिहरु संग चन्दा संकलन गरिएको थियो । सो अभियानमा बुटवल उपमहानगर पालिका र जिल्ला विकास समितिले पनि केही साथ दिएको छ । बुटवल–१४ तामनगरमा दृष्टिविहिनहरुले अपाङ्गता भएका व्याक्तिहरुको लागि पश्चिमाञ्चल क्षेत्रीय स्तरिय तालिम केन्द्रको रुपमा विकास गर्ने गरी ४ कोठा र एउटा कार्यक्रम हल सहितको भवन निर्माण गरेका छन् । 
रुपन्देही नेत्रहिन संघका अध्यक्ष बालकृष्ण मरासेनीका अनुसार अहिले सम्म करिव ३५ लाख रुपैया खर्च भएको छ । जसमा ७ लाख ३० हजार रुपैया जिल्ला विकास समिति र बुटवल उपमहानगर पालिकाले सहयोग गरेका छन् । अन्य सबै रकम दृष्टिविहिहरुले चन्दा उठाएका हुन । जसमा नेपाल नेत्रहिन संघले केन्द्रबाट ५० हजार उपलब्ध गराएको छ । 
रुपन्देही नेत्रहिन संघका अध्यक्ष निर्वतमान अध्यक्ष तथा राष्ट्रय अपाङ्ग महासंघ रुपन्देहीका अध्यक्ष आत्मराम पौडेलले को नेतृत्वमा भवन निर्माण कार्य सुरु गरिएको थियो । अहिले उक्त  भवनमा केही फिनिसिङ्गको काम बाँकी रहेको छ ।  ३ कठ्ठामा निर्माण भएको भवन लाई गुरुयोजना अनुसार क्षेत्रीय तालिम केन्द्रको रुपमा विकास गर्नको लागि अझै करिव ४० लाख रुपैया अभाव भएको रुपन्देही नेत्रहिन संघका अध्यक्ष बालकृष्ण मरासीनी बताउछन् । उनी भन्छन्–‘ओत लाग्ने एउटा भवन निर्माण गरेका छौ, तर गुरुयोजना अनुसार क्षेत्रीय तालिम केन्द्र बनाउनको लागि अझै ४० लाख रुपैया अभाव रहेको छ ।’ वि.स.२०५४ सालमा स्थापना भएको रुपन्देही नेत्रहिन संघको विधिवत रुपमा वि.स.२०६४ सालमा  जिल्ला  प्रशासन कार्यालय रुपन्देहीमा दर्ता  गरिएको थियो ।
रुपन्देही नेत्रहिन संघका निर्वतमान अध्यक्ष आत्मराम पौडेल का अनुसार उक्त गुरुयोजनाको निर्माण  पुरा गर्नको लागि करिव ४० लाख रुपैया लाग्ने अनुमान गरिएको छ । ‘कुनै पनि सरकारी निकाय अथवा सहयोग दाताबाट सहयोग भएमा अवको करिव ५ बर्षमा पुरा गर्ने लक्ष्य लिएका छौ ।’ बुटवल टुडेसंगको कुराकानीमा भने–‘उक्त कार्य पुरा गर्नको लागि एक व्याक्ति एक ईंटा अभियान  सुरु गरेका थियौं केही हदसम्म  सार्थकता पाएको छ ।’
भवन निर्माण भैरहेको स्थानको जग्गा सार्वजनिक जग्गा हो । उक्त स्थान त्यस क्षेत्रका राजनीतिक दल, सरोकारवाला निकाय र स्थानिय निकायले सहमती गरेर रुपन्देही नेत्रहिन संघलाई दिने निर्णय गरेको थियो । रुपन्देही जिल्लामा अहिले ५ हजार ९ सय ९१ जना  अपाङ्गता भएका व्याक्तिहरु रहेका छन । उनीहरुबाट एक व्याक्ति एक ईंटा बराबरको सहयोग  जुटाउने अभियान रहेको छ । रुपन्देही नेत्रहिन संघ मा 3 ९५ जना दृष्टिविहिनहरु आवद्ध भएका छन ।



Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै