डुङ्गा घर की शौचालय !

कृष्ण खनाल
बुटवल, १८ जेठ । 

कुनै समय एउटा सत्य यस्तो थियो विभिन्न प्रकारका  रङ्गि विरङ्गी डुङ्गा चल्थे, मानिसहरु पाल्पाली चिसो मौसममा सररर ढुङ्गा चढेर  रोमान्चित हुन्थे । कुनैले सेल्फी तस्वीर समेत खिचेर आ–आफ्ना सामाजिक सञ्जाल समेत रङ्गाउने गर्दथे । तर अहिले उक्त स्थानमा जाने हो भने त्यहि सत्य ‘हावादारी गफ’ सावित हुन्छ । कुरा पाल्पाको तानसेन नगरपालिका –११ मा रहेको प्रभास तालको हो । 
जिल्ला विकास समितिको स्वामित्वमा रहेको ३२ रोपनीमा फैलिएको ताललाई लिज (भाडा) मा लिएर तानसेनका विभिन्न व्याक्तिहरुले माछा पालन देखि लिएर मनोरञ्जनको लागि डुङ्गा सञ्चालन गर्दै आएका थिए । अहिले उक्त स्थानमा जाने जो कोही पनि अचिम्मीत पर्छन । कारण उक्त ताल संरक्षणको अभावमा बेसाहरा भएको मात्र छैन, ताल संरक्षणको लागि निर्माण गरिएका विभिन्न भौतिक संरचनाहरु  पनि ‘अर्कै कार्यको लागि प्रयोग’ भएका छन् ।

ताल पुरै कमल र जलकुम्भी झारले भरिएर स्वरुप नै बदलिदिएको छ ।  तालको एक छेवैमा  पानीले गलेका केही काठका र केही प्लाष्टिका मक्केका डुङ्गाहरु रहेका छन् । ति आगामी दिनमा प्रयोग गर्नै नमिल्ने अवस्थामा रहेका छन् ।  रोचक कुरा त के छ भने  प्रभास तालमा व्यवसायीक रुपमा डुङ्गा सञ्चालनको लागि निर्माण गरिएको डुङ्गा घर अहिले शौचालयको रुपमा परिणत भएको छ । 
स्थलगत रिर्पोर्टिङ्गको लागि गएको संवाददाताले उक्त डुङ्गा घर शौचालय भन्दा केही फरक देखेन । फरक यत्ति थियो की , सौचालयमा साईफेनको व्यवस्था हुन्छ तर त्यहा थिएन । जता ततै सौचगरेर दुर्गन्ध फैलिरहेको थियो ।
स्थानियका अनुसार प्रभास मेडिकल कलेजले प्रत्यक्ष रुपमा तालमा कलेजको ढल मिसावट गरेको कारणले पनि तालको अस्तित्व संकटमा परेको हो । तालमा रहेका भ्यागुता, सर्प, गंगटा, पानीचरा र अन्य जलचरलाई समेत विस्तारै असर पर्दै गएको स्थानियको भनाई रहेको छ । केही समय पहिला स्थानिय तानसेन बासीले शिल्भर, ग्रास, रहु, भोटे, बाम, सिद्रा लगायत विभिन्न प्रजातिका माछा पालन गरेका थिए । केही समय पहिला देखि नै कलेजको ढल निकास व्यवस्थित गर्न स्थानीयले धर्ना, डेडिगेसन मात्रै हैन आन्दोलन नै गर्दै आएका छन् । तर अहिले सम्म पनि यसको ठोस उपलब्धि हासिल हुन सकेको छैन । 
यता, पाल्पा जिल्लाका स्थानिय विकास अधिकारी कृष्ण प्रसाद पाण्डेले प्रभास तालको विषयमा अहिले जिल्ला विकास समिति पाल्पाले खास केही काम नगरेको बताएका छन् । बुटवल टुडेसंगको कुराकानीमा पाण्डेले भने–‘अहिले खास केही भएको छैन, केही समय पहिला समिति गठन गरेर प्रतिवेदन माग गरेका थियौं, अहिले प्रक्रियामा छ ।’ उनले महाभुकम्प भन्दा पहिला नै  समितिले प्रतिवेदन बुझाउने गरी समय निर्धारण गरेको भएपनि भुकम्पको कारण अलमल भएको बताएका छन् ।  जिल्ला विकास समिति पाल्पाले जिल्ला स्तरिय समिति गठन गरी आगामी दिनमा प्रभास तालको  गुरुयोजना र दिर्घकालीन कार्ययोजना निर्माणको साथै अहिले भैरहेको प्रदुशण नियन्त्रणको लागि पहल थाल्ने गरी समिति गठन गरेको र सोही अनुसार अगाडी बढ्ने जनाएको छ । 

तस्वीरःढुङ्गा घरको हालतः  तालमा ढुङ्गा सञ्चालनको लागि निर्माण गरिएको ढुङ्गा घर अहिले शौलालयको रुपमा परिणतभएको छ (दायाँ), तालमा बेबारिसे बनेका डुङ्गा(बायाँ)  । तस्वीरःकृष्ण खनाल 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै