श्रीमतीले गलत्याएपछि अदालतको शरणमा

एक सुस्तश्रवण व्याक्तिको व्यथा

कृष्ण खनाल
 बुटवल, २४ जेठ ।
 गुल्मी जिल्लाको वाग्ला गाविस –७का लुमकान्त खनालको छ बर्ष पहिला सम्म घरबार राम्रै थियो । भारतमा  रोजगारीको लागि गएका उनी कहिले चौकीदार, कहिले, खानापकाउनेकाम त कहिले फलाम फैक्ट्रीमा समेत काम गर्दै राम्रै आम्दानी गर्दै आएका थिए । उनी भारतमा रोजगारीकै क्रममा नरामैसंग विरामी परे । ढाड, छाला र कानमा समेत संक्रमण भएपछि उनी उपाचारको लागि भारका कयौ स्थानमा धाए । अन्य शरिरको भागको रोग निको भयो तर उनले सदाको लागि कानको श्रवरण शक्ति गुमाए । 
पहिला घरको प्रीय पात्रको रुपमा रहेका खनाल श्रवणशक्ति गुमाएपछि परिवारको अपहेलीत पात्रको रुपमा देखा पार्न थाले । ‘सम्पत्तीमा सबैको हाई हाई विपत्तीमा कोई छैन्न दाजुभाई’ भन्ने उखान उनको अहिले चरितार्थ भएको छ ।  
श्रवण शक्ति गुमाएपछि घरमा बस्दै आएका उनलाई छोराछोरी पाल्ने र कानको अप्रेसनको लागि १५ लाख खर्चको जोहो गर्ने उपाय सोचीरहेका थिए । उनीकी श्रीमती कृष्णा खनाल(लक्ष्मी)लाई बैदेशिक रोजगारीको लागि पठाउने निर्णय गरे । सबै व्यवस्था मिलाएर श्रीमती ‘छोरोछोरी राम्रो संग पढाउनु प¥यो, तपाईको पनि उपचार गर्नुर्छ’ भनेर विदेश गईन ।  विदेश गएकी श्रीमतीले  विदेश गएको ६÷७ महिनामा ४० हजार घर खर्चको लागि पठाईन तर  त्यसपछि लुमाकान्तले अहिले सम्म एक रुपैया पनि पाएका छैन्न । यति मात्र होईन अपाङ्गता भएकै कारण श्रीमतीले सम्बन्ध विच्छेद गरेर छोराछोरी लिएर हिडेकी छिन् । गाउँकै ठुलाबडा रुमाकान्त खनालको नाममा पहिलो पटक पैसा पठाएको र आफुले मात्र ४० हजार रुपैया बुझेको बताउने लुमकान्त खनाल अहिले बेसाहरा भएपछि न्याय खोज्दै पुनारावेदन अदालत बुटवल सम्म धाएका छन् । 
रोजगारीको शिलशिलामा भारतमा रहेको बेला श्रीमतीको उपचारको लागि १५÷१६ लाख भारितय  रुपैया खर्च गरेको बताउने लुमकान्त अहिले ‘यता न उता हातामा जुत्ता’ भएका छन् । विहिवार पुनारावेदन अदालत बुटवलमा  न्याय खोज्दै आएका उनले भने–‘म कान नसुन्नी भएकै कारण मलाई छोडेर छोराछोरीहरु लगेर गई,मलाई न्याय चाहियो हजुर ।’
जिल्ला अदालत गुल्मीबाट २०७१ पुस २३ गते श्रीमातीले सम्बन्ध विच्छेदगरेकी छन् । भारतमा  उपचारको लागि २÷२ पटक सम्म  श्रीमानलाई नै छोडेर भागेको तर आफुले खाजेर नेपाल सम्म ल्याएको उनी बताउछन् ।  ‘पहिलो पटका १५ दिनमा अर्को पटक ७ दिनमा फेला पारेर नेपाल ल्याएको थिए , तर आज मलाईनै अपहेलीत गरेर हिडेकी  छे’ उनले भने । बैदेशीक रोजगारीको शिलसिलमा श्रीमतीले खर्च ६ लाख ४० हजार रुपैँया कमाएको र त्यहि पैसाको दम्भको कारणले गर्दा आफुलाई छोडेर गएको पिडीत श्रीमानको दावि रहेको छ । ५ लाख १० साउदीमा गएर कमाएको र  १ लख ३० हजार दुवई गएर कमाएको उनी बताउछन् । 
श्रीमती कृष्णा खनाल(लक्ष्मी)ले नक्कीली बाउ बनाएर भारत गएको समेत  श्रीमान लुमकान्त बताउछन् ।  जिल्ला विकास मितिको कार्यालय गुल्मी तम्घासबाट २०५९÷०९÷१० गतको सिफारिस पत्रमा ‘सिर्सेनी गाविस वडा नम्बर ९ का खिम बहादुर केसीले आफ्नी छोरी लक्ष्मी खनाल विरामी भई औषधी उपचारको लागि भारत जान लागेको’ भन्दै सिफारिस गरिएको छ । दर्ता चलानी नम्बर नै उल्लेख नभएको सिफारीस पत्रमा निमीत्त स्थानिय विकास अधिकारीको नाम समेत उल्लेख गरिएको छैन । छोरी दावि गरिएका  खिम बहादुर केसी छोरी नै नभएको पिडीतको दावी रहेको छ । श्रीमतीको बाउको खास नाम पदमलाल भुषाल भएको र उनी बास्टारी गाविस–३ सिरा खोलाभएको उनको दावि छ । 
छोरा छोरीहरु अहिले बुटवलको सेमलारमा रहेको नवरत्न उच्च माविमा पढ्दै आएको उनको भनाई रहेको छ ।  छोरीका अनुसार आमा अहिले पनि बैदेशीक रोजगारीमा रहेकी छिन् । उनका  छोरा कक्षा ७, कान्छी छोरी ९ मा ठुली ले ११ मा माईली छोरीलाई भगाएर विवाह गरिदिएको आमाले १४ बर्षको उमेरमा अहिले भारतमा छिन् । कोठा भाडामा लिएर बसेको र खर्च सबै आमाले नै व्होर्ने गरेको उनको भनाई छ ।
 अदालतमा पेश गरेको  निवेदनमा ७० सालमा  श्रीमान्ले गाली गलौच गरेको  र अश्लिल शब्ल प्रयोग गरेर हप्काएको भनेर उल्लेख गरिएको भएपनि ७० शालमा श्रीमती घरमा नै नभएको दावि नुमकान्तको रहेको छ । २०५२ सालमा विवाह गरेको खनाल परिवारमा कानको समस्या नआउदा सम्म रामै्र रकेको र आफ अपाङ्गता भएपछि हेला गरेर हिडेको उनको दुखेसो रहेको छ । अदालतमा झुठो साझि र विवरण भरेर आफुलाई एक्लाइएको दावि उनको रहेको छ ।‘साछिको रुपमा रहेका व्याक्तिहरु र्नै नत माईती पक्षका रहेका छन् नत घरपक्षका रहेका छन्’–उनले भने । 
यता,राष्ट्रिय अपाङ्ग महासंघ पश्चिमाञ्चल क्षेत्रीय कार्यालय कार्यक्रम संयोजक सावित्रा घिमिरेले पैसाको दम्भ देखाएर अपाङ्गता भएका व्याक्तिहरुलाई हेलाची गरिएको आफ्नो विश्लेषण रहेको बताएकी छिन् । पुनारावेदन अदालत बुटवलमा जानु पुर्व राष्ट्रिय अपाङ्ग महासंघ पश्चिमाञ्चल क्षेत्रीय कार्यलय शरणमा  लुमकान्त आएको जानकारी दिदै उनले भनिन्–‘अहिले पनि राम्रो समाजमा अपाङ्गता भएका व्याक्तिलाई हेर्ने दृष्टिकोणमा परिर्वतन आएको छैन ।’  उनले थपिन्–‘घरपरिवारबाट त यस्तो व्यवहार हुन्छ भने अन्य समाजबाट कस्तो अपेक्षा  गर्ने ।’
तस्वीरहरुः
१–न्यायखोज्दै बुटवल आएका लुमकान्त खनाल
२–उनको अपाङ्गता परिचय पत्र 
३–परिवारको तस्वीर भारतमा हुदा खिचेको ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै