एचआई संक्रमित आमाबाट बच्चा सुरक्षित बनाउने अभियान

कृष्ण खनाल
बुटवल, ४ असार ।
 एचआईभी संकमित गर्भवती आमाबाट बच्चा  संक्रमीत हुनबाट जोगाउनको लागि रुपन्देहीमा अभियान सुरु गरिएको छ । गर्भवती महिलाको पेटमा भएको शिशुलाई एचआईभी संक्रमीण हुनबाट जोगाउनको लागि कसरी जोगाउन सकिन्छ भन्ने विषयमा रुपन्देहीका १८ वटा बर्थिङ्ग सेन्टरका स्वाथ्यकर्मीहरुलाई तालिम प्रदान गरेको छ । 
जिल्ला जनस्वाथ्य कर्यालय रुपन्देहीले यसको अगुवाई गरेको छ । जिल्ला जनस्वाथ्य कार्यालय रुपन्देहीका बरिष्ठ जनस्वाथ्य प्रशासक ऋषि प्रसाद लामिछानेले जिल्लामा एचआईभी संक्रमित  आमाबाट जन्मीने बच्चालाई कसरी सुरक्षित बनाउनु पर्छ भन्ने अभियानमा लागेको बताउँछन् । उनी भन्छन्–‘१८ वटा बर्थिङ्ग सेन्टरका स्वाथ्यकर्मीहरुलाई यस सम्बन्धी तालिम प्रदान गरेका छौं, जसले थप सेवा प्रभावकारी बनाउन सहयोग गर्दछ ।’
स्वाथ्यकर्मीशहरुलाई पीएमटीसिटीविधिमार्फत आमामा हुने शंक्रमण बच्चामा  सर्न नदिनको लागि यो प्रक्रिया अबलम्बन गरिन्छ । प्रत्यक्ष रुपमा एचआईभीको कारणले हुने शिसु मृत्युदर, मातृ मृत्युदर र बाल मृत्युदरलाई  घटाउन र संक्रमित आमाबाट जन्मने बच्चालाई एचआईभी संक्रम हुन नदिनको लागि समेत पीएमटीसिटी योजना लागु गरिन्छ ।  
नेपाल सरकार पश्चिमाञ्चल क्षेत्रीय स्वाथ्य निर्देशक डा. तारानाथ पौडेलले एचआईभी संक्रमित आमाबाट बच्चा सुरक्षित बनाउनको लागि स्थानिय बर्थिङ्ग सेन्टरका स्वाथकर्मीहरुको ठुलो हात रहेको बताउछन् । उनी भन्छन्–‘आमाबाट बच्चामा संक्रमण नहुनको लागि समयमा सचेत हुनु आवश्यक रहेको छ ।’  उनका अनुसार स्थानिय आमा समुह, स्थानिय स्वाचथ्य स्वयम् सेविकाको भुमिका महत्वपूर्ण हुन्छ ।
एचआईभी सम्बन्धी जानकार डा. बालकृष्ण शाहका अनुसार नेपालमा पीएमटीसीटी सेवा आठ वर्षअघिदेखि सुरु गरिएको हो । हाल यो सेवा २१ वटा अस्पतालमा उपलब्ध छ । राष्ट्रिय यौन रोग तथा एड्स नियन्त्रण केन्द्रले दुई वर्षअघि प्रकाशित गरेको तथ्यांक अनुसार नेपालमा झन्डै आठ लाख महिला प्रतिवर्ष गर्भवती हुने गरेका छन् । त्यसमध्ये करिब १ हजार २ सय महिलालाई पीएमटीसीटी चाहिने केन्द्रको अनुमान छ ।   सन् २००६ देखि २०१० को जुलाईसम्ममा करिब दुई लाख गर्भवतीमा एचआईभी परीक्षण गरिएको उक्त तथ्यांकले देखाएको छ । त्यही तथ्यांक अनुसार सन् २०१० सम्ममा ४ सय ३२ एचआईभी संक्रमित महिलाले सन्तान जन्माएका छन् ।
चिकित्सकहरूका अनुसार पीएमटीसीटी पद्धतिका कारण संक्रमित आमाहरूबाट स्वस्थ बच्चा जन्माउन सकिन्छ । गर्भवती हुन सक्ने महिलालाई एचआईभी संक्रमण हुनबाट जोगाउने, एचआईभी संक्रमित महिलाहरूलाई गर्भवती हुनबाट बचाउने, नचाहँदा–नचाहँदै रहेको गर्भलाई व्यवस्थापन गर्ने, हरेक गर्भवती महिलाको एचआईभी परीक्षण गर्ने, आमाबाट बच्चालाई संक्रमण हुनबाट जोगाउन औषधी उपचार गर्ने तथा त्यस्ता बच्चा, महिला र उनीहरूका परविारलाई सहयोग गर्ने कार्यक्रमको नाम नै पीएमटीसीटी हो । 
डा. साह भन्छन्– यो पद्घतिले एचआईभी संक्रमित आमा, जन्मिने बच्चा र उनको सम्पूर्ण परविारलाई नै सहयोग गर्छ ।’ एचआईभी संक्रमित महिलाबाट उसको गर्भमा रहेको बच्चालाई मुख्यतया अन्तिम तीन महिना तथा जन्मेपछि दूध चुस्दा एचआईभी सर्ने सम्भावना उच्च हुन्छ ।  गर्भावस्थामा भ्रूण एउटा झिल्लीभित्र हुन्छ, यसलाई प्लासेन्टा भनिन्छ। सामान्यतया एचआईभी संक्रमण तथा अन्य संक्रमणहरूले प्लासेन्टालाई पार गर्न सक्दैन, त्यसैले बच्चालाई कुनै संक्रमण हुन पाउँदैन । 
उनी भन्छन्–‘ प्लासेन्टाले तगारोको काम गर्छ। तर, आमालाई गर्भावस्थामा अन्य यौन रोग भएमा, एचआईभी भाइरसको संख्या धेरै भएमा तथा प्लासेन्टामा संक्रमण वा प्वाल भएमा बच्चालाई एचआईभी संक्रमण हुने सम्भावना बढी हुने गर्छ। बच्चालाई आमाको दूध नखुवाएर बट्टाको दूध खुवाउँदा एचआईभी संक्रमण हुने सम्भावना कम हुन्छ । तर, बट्टाको दूध महँगो हुने, निरन्तरता दिन गाह्रो हुने र यस्ता बच्चालाई पखालाको समस्याले पिरोल्ने भएकाले धेरै सुत्केरीले औषधी खाएर पनि बच्चालाई आफ्नै दूध खुवाउन रुचाउछन् ।’
एचआईभी संक्रमित गर्भवती महिलालाई यौन रोगको उपचार चाँडो र विशेष किसिमले गर्नुपर्छ। साथै, यिनीहरूलाई हातले गरनिे पाठेघरको परीक्षण तथा औजारहरूको मद्दतले गरनिे प्रसूतिकर्मबाट टाढै राख्नुपर्छ। एचआईभी संक्रमित गर्भवती महिलाको भरसक शल्यक्रिया गरेर बच्चा निकालेको नै राम्रो मानिन्छ। यसबाहेक यस्ता महिलाले एचआईभी संक्रमितहरूले खाने औषधी (एआरटी)को नियमित सेवन

गर्नुपर्ने हुन्छ। गर्भवती नहुँदै यस्तो औषधी खाइरहेका महिलाहरूले सोही औषधीलाई निरन्तरता दिने वा केही फेरबदल गर्नुपर्ने अवस्था पनि हुन सक्छ।
सामान्यतया एचआईभी संक्रमित महिलाले गर्भ रहेको पहिलो तीन महिना पार गरसिकेपछि यस्ता औषधी प्रयोग गर्नुपर्ने हुन्छ। यसबाहेक बच्चा जन्मनासाथ नवजात शिशुलाई पनि केही औषधी खुवाउनुपर्ने हुन सक्छ । पीएमटीसीटीको उपचार पद्धति अपनाएर सन्तान जन्माउनाले एचआईभी संक्रमित आमाबाट जन्मिने बच्चामध्ये शून्य दशमलव दुई प्रतिशतभन्दा कममा मात्र एचआईभी संक्रमण हुन सक्छ। तर, कुनै सावधानी अपनाइएन भने यो सम्भावना २५ देखि ४० प्रतिशतसम्म पुग्न सक्छ ।  एचआईभी सम्बन्धी काम गर्ने सक्रिय सेवा समाज रुपन्देहीका कार्यक्रम  संयोजक चुन्नु प्रसाद ज्ञवालीका अनुसार रुपन्देहीमा १ हजार ४ सय भन्दा एचआईभी संकमित रहेका छन् ।  २०७१ साल असार सम्मको तथ्याङक अनुसार नेपालमा २५ हजार २ सय २२ जना प्रभावित छन् ।
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै