धमिलो पानी बेच्दै खानेपानी संस्थान

कृष्ण खनाल
बुटवल, ७ असार । 
सामान्य तया बर्खालाग्यो भनेपानीको समस्या टर्छ । तर बुटवल बासीहरुलाई भने बर्खा लाग्नलाग्यो भने खानेपानीकै समस्या सताउने
गरेको छ । कारण नेपाल खानेपानी संस्थानद्वारा वितरण गर्ने धमिलो पानी । एकतर्फ धमिलो पानी अर्को तर्फ गन्हनाउने पानीको कारण केही दिन देखि बुटवलबासीहरु आजित भएका छन् ।
बुटवलको मैत्रीपथ, दिपनगर,सुख्खानगरमा क्षेत्रमा अप्रयाप्त त्यसैमा पनि धमिलो पानी आउन थालेपछि त्यस क्षेत्रका स्थानिय उपभोक्ता आजित भएका छन्  । विगतका बर्षहरुमा बर्खा सुरु भएपपिछ झम झम पानि प¥यो भने मात्र धमिलो पानी आउने गरेकोमा अहिले बर्सातको सिजन सुरुहुन भन्दा पहिला नै धमिलो र गहनाउने पानी आउन थालेको बुटवल–८ मैत्रीपथका एक उपभोक्ता बताउछन् । 
नेपाल खानेपानी संस्था बुटवल शाखाले तिनाउ खोलाबाट पानी तानेर वितरण गर्दै आएको कारण बर्सात सुरु हुनसाथ बुटवल वासीहरुले यस्तो खालको समस्या झेल्दै आएका छन् ।  जुन समस्याको दिर्घकालिन समाधानको बाटो खोजिएको छैन । 
नेपाल खानेपानी संस्थान बुटवल शाखा कार्यालयका ईन्जीनियर अजय कुमार शाहले तिनाउ खोलाको पानी तानेर वितरण गर्दे गरेको कारण हल्का धमिलो हुन सक्ने बताउछन् । उनले अहिले बुटवलमा पानी नपरेपनि तिनाउ खोलाको मुहान पाल्पा लगायतका क्षेत्रमा पानी परेको कारण संस्थानले पानी कम मात्रामा तानेको र प्रशोधन गरेर खानेपानी वितरण गर्दै आएको बताएका छन् । 
उनले भने–‘अहिले तिनाउ नदी धमिलो भएकोले हामीले कम पानी तानेर उपभोक्तालाई वितरण गर्दै आएका छौ, धमिलो र गन्हानाउने पानी  वितरण भएको भन्ने कुरा होईन । ’ उनले संस्थानको टंकीबाट शुद्ध पानी वितरण गरेको  दावि गरे पनि उपभोक्ताको घरमा भने धमिलो र गन्हाउने पानी आउने गरेको छ । ईन्जीनियर शाह भन्छन्–‘बाटोमा कतै पाईप लिग भएर घरमा धमिलो गएको हुन सक्छ ।’
उनले लोड सेर्डिङ्गको कारणले पनि पानि प्रयाप्त मात्रामा तान्न नसकिएको कारण केही समस्या भएको दावि गरेका छन् । अहिले बुटवलको दिपनगरका विभिन्न स्थानमा टैैैंकर मार्फत खानेपानी वितरण गरिएको उनको भनाई रहेको छ । 
बुटवलमा खानेपानीको समस्या हुनु कुनै नौलो कुरा होईन । अहिले  दैनिक १ करोड ६० लाख देखि १ करोड ९० लाख लिटर खानेपानी संस्थानले वितरण गर्दै आएको छ । जुन अप्राप्त हो । खानेपानी संस्थान बुटवलका अनुसार अहिले बुटवलमा झण्डै दुई करोड लिटर खानेपानीको माग रहेको छ । बुटवलमा तिनाउ नदीबाट दैनिक  ७० लाख लिटर र ११ वटा ट्युबवेल(बोरिङ्ग)बाट ८० लाख लिटर गरी १ करोड ५० लाख लिटर खानेपानी मात्र आपूति र्भएको छ तर बुटवल नगरपालिका तथा खानेपानी संस्थान केन्द्रय  कार्यालयका अनुसार झण्डै २ लाख ५०  हजार जनसंख्या रहेको बुटवलमा अहिले दैनिक ३ करोड लिटर खानेपानीको माग छ । जसमा १ करोड ५० लाख लिटर पानी मात्र संस्थानले उपलब्ध गराएको छ भने १ करोड  ५० लाख लिटर पानी अपुग रहेको छ ।  
करिब १३ हजार धाराबाट दैनिक झण्डै १ लाख ४० रुपैया“ महसुल संकलन हुने बुटवल नगरपालिकामा १ सय ३ सार्वजनिक धारा वितरण  गरिएको भए पनि खानेपानीको समस्या भने गर्मीयाम सुरु भएलगत्तै बढ्ने गरेको छ ।  
बुटवलको  खानेपानी समस्याको दिर्घकालिन समाधानको रुपमा लिइएको पाल्पाको झुम्सा खेला योजना बुटवल वासीहरुको ‘आश मात्रै’ को योजना बन्न पुगेको छ । १९ करोड ५६ लाख रुपैया“ लागत झुम्सा खोला खानेपानी आयोजना२०६८ सालको असारभीत्र सक्ने लक्ष्य लिईएको  थियो ।  तर अलिहे ७२ साल असार लाग्दा समेत खानेपानीको आयोजना पुरा हुन सकेको छैन । अहिले मुहानमा स्थानियले विभिन्न माग राखेर अवरोध गर्दै आएका छन् । 
तस्वीरः 
बुटवल–८ मैत्रीपथमा एक उपभोक्तामा घरमा नेपाल खानेपानी संस्थानले वितरण गरेको धमिलो खानेपानी । तस्वीरः कृष्ण खनाल/बुटवल ।  

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै