जसलाई पढाईमा कहिल्यै दबाब दिइएन , प्रवेशिका २०७१ नेपाल पथम छात्रा भावना अर्याल संगको अन्तरवार्ता

कृष्ण खनाल
बुटवल, ५ असार ।
 शिसु देखि युकेजी सम्म नव ज्वोती बोर्डिङ्ग स्कुल, युकेजी देखि कक्षा–६ सम्म ईन्भाईरमेन्ट उमाविमा अध्ययन गरेकी भावना अर्याल लाई सामुदायिक विद्यालय शान्ती नमुना उच्च माविमा लैजान खोज्दा बुुबा माधव अर्यालले समाजका विभिन्न व्याक्तिहरुबाट बौद्धिक दबाब खेप्न बाध्य भए  । कसैले ‘सम्पत्ती कमाएर सरकारी स्कुलमा छोरी पढाउछौ ?’ तुरुन्त नीजीमा नै हाल भनेर दबाब समेत दिए । 
तर उनी आफ्नो  निर्णय बदलेनन् । कारण उनी सरकारी विद्यालयबाट नै छोरी भावानाले प्रवेशिका परिक्षा दिएर पास भएको देख्न चाहान्थे ।  कक्षा ७ मा शान्ती नमुना उच्च माविमा लैजादा सराप्नेहरु अहिले उनलाई बधाई दिईराछ । उनलाई बधाई थाप्न फुर्र्सदै नै छैन । बुटवलको न्यु होराईजन उमाविका शिक्षक समेत रहेका अर्याललाई अहिले खुसीको सिमा छैन । कारण उनकी छोरी भावना अर्याल सामुदायिक विद्यालय तर्फ नेपाल प्रथम भएकी छिन् । 

‘एक हप्ता सम्म सरकारीमा न लैजा भन्दै कति जाना आउनुभाथ्यो, तर मेरो ईच्छा भनेको सरकारी पनि कमी छैन भनेर भर्ना गरेको हु ।’–उनले भने । छोराछोरीहरुलाई विदेश नपठाउने र स्वदेशमा नै सरकारी जागीर गरेर राष्ट्रको सेवा गर्नुपर्ने उनी बताउछन् । अर्यालको छोरा भुवन अर्यालले अहिले १२ को परिक्षा दिएर काठमाण्डौ गएका छन् । २०६९ सालमा प्रवेशिका परिक्षा शान्ती नमुना उमाविबाट ९० प्रतिशत र प्सल टु होराईजनबाट ८६ प्रतिश अंक ल्याएका उनी ईन्जीनियरिङ्गको लागि काठमाण्डौमा छन् । 
परिवारमा हजुर आमा, बुबा, आमा, एक छोरा एक छोरी भएका अर्याल परिवारले कहिल्यै पनि पढाईमा दबाब नदिने बताउँछन् । अहिले सामुदायिक विद्यालय तर्फ  छात्रामा नेपाल प्रथम भएकी अर्यालले गणीत विषयमा १००, विज्ञानमा ९७, अंग्रेजीमा ९४, नेपालीमा ९०, सामाजिकमा ८६, अतिरिक्त गाणीतमा ९८, कम्प्युयटरमा ९९, स्वाथ्य जनसंख्या तथा बातावरणमा ८७ अंक प्राप्त गरेकी छिन् । 
नीजि विद्यालयमा विद्यार्थीहरुलाई आत्मीय व्यवाहर नगरिने भएको कारणले पनि विद्यार्थीहरुले सरकारी विद्यालय रोज्ने गरेको सरोकारवालाहर बताउछन् । नियम कडाईको साथ लागू गर्ने गरेको कारण पनि बाल मस्तीष्कमा डर पैदा हुने कारणले पनि विद्यार्थीहरु त्रासमा हुने बताईन्छ । 

अन्तरवार्ता 
छात्रा तर्फ नेपाल प्रथम भावना अर्याल भन्छीन्–‘मुटुरोगीको सेवा गर्ने डाक्टर बन्न चाहान्छु’
राम्रो नतिजा हासिल गर्नको लागि नीजीमहङ्गा स्कुलहरुमा पढ्नु पर्छ भन्ने छैन । मिहिनेत गर्ने हो भने सामुदायिक विद्यालयबाट पनि राम्रो नतिजा ल्याउन सकिन्छ भन्ने उदाहरण बनेकी छिन् शान्ती नमुना उमावि मणिग्रामकी विद्यार्थी भावना अर्यालले । शुक्रवार प्रकाशन भएको रिजल्टमा उनले ९३.८७ प्रतिशत अंक ल्याएकी छिन् ।  छात्रा तर्फ सामुदायिक विद्यालय नेपाल प्रथम भएकी अर्याल संग  संवाददाता कृष्ण खनाले गरेको कुराकानी को सम्पादीत अंसः
कसरी पढ्दा धेरै नम्बर ल्याउन सकिन्छ ? 
–म सानै देखि पढ्ने कुरामा अलि गम्भिर नै हुन्थे, नजानेको कुरा र आफुलाई शंका लागेको विषयष्मा सरसंग पनि सोध्थे । त्यहि भएर पनि धेरै नम्बर आएको होला । 
दैनिक कति घण्टा पढ्नुहुन्थो ? 
– दैनिक यति घण्टा भन्दा पनि म सबैभन्दा बढि विद्यालयमा  नै पढ्थे, विहान ६ बजे देखि नै कोचिङ्ग सुरु हुन्थो । साझ ४ बजे पछि पनि कोचिङ्ग क्लास हुन्थो । घरमा आएपछि पनि राती १०, ११ बजे सम्म पढ्थे, होमवर्क गरेर मात्र सुत्ने मेरो बानी थियो । 
पढदा कस्तो तरिका अवलम्बन गर्नुहुन्छ ? 
–पढ्दा घोकेर मात्र हुदैन, सम्झीन पनि सक्नु पर्दछ । आफुले नजानेको कुरा अरुसंग सोध्ने । परिक्षा आयो भनेर मात्र पढ्ने होईन । पहिला देखि नै नियमित रुपमा रुटिङ्ग बनाएर पढ्नु पर्छ । 
अवको  योजना के हो ? 
–  मेरो ईच्छा भनेको साईन्स पढेर मुटु रोगीको सेवा गर्न चाहन्छु । साईन्सबाट कार्डियोलोजिष्ट(मुटुरोग)को विशेषज्ञ डाक्टर बन्ने योजना हो । त्यो बुटवलमा पनि पढ्न सक्छु ।  काठमाण्डौ पनि जान सक्छु । अहिले केही भन्न सकिन्न । 
विद्यार्थीको लागि परिवारको भुमिका कस्तो पाउनुभा’छ ? 
–  विद्यालय शान्ती नमुना उमाविका शिक्षकहरुको ठुलो हात रहेको छ । यसको साथै परिवारले सहयोग विना  राम्रो नतिजा ल्याउछु भन्ने कुरा कल्पना पनि गर्न सकिन्न् । घरपरिवारले पढ्ने वातावरण सृजना गरिदिनुपर्दछ । जुन कुरामा परिवारले पुर्णरुपमा साथ  दिनुभएको थियो परिवारबाट । 



Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै