कृषी आत्मनिर्भर बन्दै रुपन्देही

कृष्ण खनाल
बुटवल, २ असार । 
कृषिमा रुपन्देहीमा विस्तारै आत्मनिर्भर बन्दै गएको छ । जिल्लामा विभिन्न व्यवसायीक  कृर्षी फर्महरु स्थापना हुने देखि लिए  कृषी प्रविधिीमा नाया नायाँ प्रयोगहरु  हुन थालेका छन् । 
पछिल्लो केही बर्ष यता  रुपन्देही गहुँको विउ उत्पादनमा अत्मनिर्भर भएको छ भने माछा उत्पादन र क्रमसः तरकारीमा समेत आत्मनिर्भर बन्दै गएको छ । 
माछाको लागि रुपन्देहीलाई नमुना जिल्लाको रुपमा विकास गर्ने  योजना अगाडी सारिएको छ । रुपन्देहीको छपिया क्षेत्रलाई माछाको पकेट  क्षेत्रको रुपमा घोषणा गरी विशेष  प्याकेजको निर्माणमा जिल्ला कृषि विकास कार्यालय  लागेको छ ।  माछा उत्पादनलाई रुपन्देही जिल्लामा  माछा उत्पादनको हव बनाउने सरकारी पहल थालनि भैरहेको छ । अहिले जिल्लामा उत्पादन भएका जिउदो माछा, जिल्लाको माग पुरा  गरी अन्य जिल्लाहरुमा समेत आपुर्ती गर्न थालिएको छ । पछिल्लो समयमा  छपीया क्षेत्रमा सह लागानीमा ठुला ठुला कृर्षि  फर्महरु समेत खुल्ने क्रम रहेको छ ।  रुपन्देहीका किसानले उत्पादन गरेको गहुँको बीउ अन्य जिल्लामासमेत निर्यात गर्ने गरेको  जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख कृष्णभद्र अधिकारीले बताउछन् । 
रुपन्देहीमा उत्पादित गहुँको बीउ नवलपरासी, कपिलवस्तु, पाल्पा, तनहुँ लगायतका जिल्लामा निर्यात हुने गरेको छ । रुपन्देही जिल्लामा विजय, भृकुटी, गौतम, एनएल, २ सय ९७ लगायतका गहुँको बीउ उत्पादन हुने गरेको छ ।
अन्यका तुलनामा यी बीउको उत्पादकत्व राम्रो र रोग प्रतिरोधात्मक शक्ति बढी भएकाले यहाँ उत्पादित बीउ अन्य जिल्लामासमेत लोकप्रिय हुने र निर्यात हुने गरेको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले जनाएको छ ।
रुपन्देहीमा दुई वटा सहकारी र तीन वटा नीजी कम्पनीले बर्षिक २ हजार ९ सय मेट्रीक टन गहुँको उन्नत बीउ उत्पादन गर्ने गरेका छन् । रुपन्देहीका ४० हजार किसान गहुँ खेतीमा संलग्न छन् । यहाँको ३० हजार हेक्टर क्षेत्रमा गहुँ खेती गरिन्छ । त्यसका लागि ३ हजार ७ सय टन बीउ आवश्यक पर्छ ।  जसबाट प्रतिहेक्टर उत्पादन ३ दशमलब २ टन हुने गरेको छ ।  जिल्लामा ८ सय टन बीउ मात्र अनुदानमा आएको थियो । अनुदानको बीउ ४० किलोलाई १३ सय ६० रुपैया पर्छ भने बाहिर २ हजार रुपैयाँ मूल्य छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार रुपन्देहीमा जिल्लामा जलायस क्षेत्र ८ सय ६५ हेक्टर रहेको छ । त्यस्तै जिल्लामा माछा पालक कृषकहरु १ हजार ९ सय जना रहेका छन । जिल्लामा  व्यवसायिक रुपमा माछा पालन गरेका पोखरीको संख्या ३ हजार ३ सय ९० वाटा रहेका छन । अघिल्लो आर्थिक बर्षमा ३ हजार ५ सय १० मेट्कि टन माछा उत्पादन भएको थियो । यसरी माछा उत्पादन हुने दर जिल्लामा प्रति हेक्टर ४ देखि ५ टन हुने गरेको छ । त्यस्तै जिल्लामा माछा पालक समुह  ४० वटा रहेका छन भने महिला २ पुरुष समुह रहेका छन ।
जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले कृषकहरुले उत्पादन गरेको माछाका विभिन्न परिकारहरुलाई आधुनिक परिकारहरु बनाउनको लागि बेला वेलामा तालिम समेत्रदान गर्दै आएको छ । जसको कारण किसानले उत्पादन गरेका माछलाई व्यवसायीकीकरण गर्नको लागि थप टेवा पुग्ने अपेक्षा लिएको छ ।  जिल्लामा उत्पादन भएका माछाको विभिन्न परिकार बनाएर विक्रि प्रर्वद्धनको प्रमुख उद्देश्य रहेको छ  । 
जिल्ला कृषि विकास कार्यालयका अनुसार रुपन्देही जिल्लाको कुल जलायस क्षेत्र ८ सय ६५ हेक्टर रहेको छ । त्यस्तै जिल्लामा माछा पालक कृषकहरु १ हजार ९ सय जना रहेका छन । त्यस्तै जिल्लामा  व्यवसायिक रुपमा माछा पालन गरेका पोखरीको संख्या ३ हजार ३ सय ९० भन्दा बढि रहेका छन् ।  
अघिल्लो आर्थिक बर्षमा ३ हजार ५ सय १० मेट्रिक टन माछा उत्पादन भएको थियो । माछा उत्पादन हुने दर जिल्लामा प्रति हेक्टर ४ देखि ५ टन हुने गरेको छ । जिल्लामा माछा पालक समुह  ४० वटा रहेका छन भने २ वटा महिला समुह र अन्य पुरुष समुह रहेका छन ।
रुपन्देही तरकारी खेतीमा पनि क्रमस आत्मनिर्भर बन्दै गएको छ । बेमौसमी तरकारी खेतीमा किसानहरुको ध्यान पछिल्लो समयमा केन्द्रीत भएको  पाइएको छ । रुपन्देहीको पश्चिमी क्षेत्र धमौली, खुदाबागर, कम्हरिया, सुर्यपुरा, मानपकडी, मानमटेरिया लगायतका गाविसहरुका किसानहरु तरकारीबाटै क्रमस आन्त्मनिर्भर बन्दै गएका छन् । रुपन्देहीमा नमुना कृर्षि फार्म स्थानना गरी राम्रो आम्दानी गरेका किसानहरुमा किसान अयोध्या सिंहल, सुर्यपुरा–२ हसनापुरमा रहेको हसनापुर माविको ४६ बिगाहा १४ कठ्ठा जग्गा लिजमा लिएर ब्यावसायिक खेती गरि रहेका मानमटेरिया ४ का किसान नारदमूनि यादव  रहेका छन् । उनीहरुको मिहिनेत बाट पाठ सिकेर अन्य किसानहरुले समेत कृषिमा हात हालेका छन् । 
तराईको मुख्य बाली धान र गहु बाहेक अहिले रुपन्देहीमा काउली, टमाटर, मेवा, खुर्सानी, साग, करेला, भाण्टा, घिरौला, लौका लगायतका तरकारीहरु किसानले लगाउन थालेका छन । तरकारी खेती तर्फ बिशेष गरि बैदेशिक रोजगारबाट फर्केकाहरु आकर्षित हुन थनलेपछि बिदेश जाने युवाहरु पनि यस तर्फ सोच्न थालेका छन । बिदेश जादा लाग्ने लगानी आफ्नै खेतबारीमा लगाए यहि प्रयाप्त आम्दानी गर्न सकिन्छ । जिल्ला कृषि बिकास कार्यालयका वरिष्ठ कृषि बिकास अधिकृत कृष्णभद्र अधिकारीले नेपाल सरकार कृषि मन्त्रालयले बिदेश जाने युवाहरुलाई नेपालमै रोक्ने उद्देश्यका साथ‘युवा लक्षित ब्यावसायिक तरकारी उत्पादन कार्यक्रम’ ल्याएको सोही कार्यक्रमले पनि क्रमशः युवा किसानहरुको आर्कषण बढ्दै गएको  बताउछन् । 
यस्तो कार्यक्रममा एक बिगाहा आफ्नै खेत भएका अथवा लिजमा लिएर भए पनि खेती गर्न चाहनेको लागी अनुदान पाउछन्  । 
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्
कृषी वार्ता
रुपन्देही क्रमसः कृषी जन्य उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ ।  जिल्ला कृर्षी विकास कार्यालयका अनुसार बढ्दो युवा  पलायन रोक्नका लागि युवा पुस्ताको मन कृषीमा तान्नु जरुरी रहेको छ । साच्चै कृषी मा नमुना जिल्ला बनाउनको लागि जिल्ला कृषी विकास कार्यालय रुपन्देहीले के कस्तो  योजना अगाडी सारेको छ ? यस विषयमा जिल्ला कृषी विकास कार्यालय सिद्धार्थनगर रुपन्देहीका प्रमुख, बरिष्ठ कृषी विकास अधिकृत कृष्णभद्र अधिकारी संग कृषीपृष्ठ संयोजक÷संवाददाता कृष्ण खनालले गरेको गरिएको कुराकानीको सम्पादीत अंसः–
कृष्णभद्र अधिकारी 
प्रमुख तथा बरिष्ठ कृषि विकास अधिकृत à
जिल्ला कृषी विकास कार्यालय, रुपन्देही 
àरुपन्देही जिल्लाको समग्री स्थीति कस्तो छ ?
–रुपन्देही जिल्ला पछिल्लो ममयमा क्रमसः कृषीमा आत्मनिर्भर बन्र्दैै गएको छ । यहा व्यवसायीक रुप्मा विभिन्न कृषी फार्महरु स्थापनाहुनुको साथै कृषी क्षेत्रमा पनि लागानीको वातावरण बढ्दै गएको छ । पछिल्लो समयमा रुपन्देही, गहु र धानको बीजबृद्धि मा आत्मनिर्भर भएको छ भने , गहुँ र धानको खाद्यान्न उत्पादन, ब्यवसायिक मत्स्य पालन, ब्यवसायिक तरकारी खेती, ब्यवसायिक मौरीपालनमा आत्मनिर्भर बन्दै गएको छ । यहा उत्पादीत बस्तु अन्य क्षेत्रमा निर्यात हुदै गएका छन् । 
à जिल्लाको समग्र कुल खाद्यान्न उत्पादन अनुपात के कस्तो रहेको छ ? 
–जिल्लामा उत्पादन  हुने धानले यस क्षेत्रका सबै जनसंख्यालाई खाद्यान्न आपुर्ती गरेर अन्य जिल्लामा निर्यात  हुने अवस्था रहेको छ भने गहुँमा पनि रुपन्देही जिल्ला आत्मनिर्भर बनेको छ । मकै उत्पादन जिल्लामा हुन्छ तर दाना उद्योगको लागि अपुग रहेको छ भने तोरीको उत्पादन पनि व्यापक मात्रामा हुने भएपनि औद्योगीक प्रयोजन अर्थात तोरी तेलको लागि अपुग रहेको छ । 
à जिल्ला कृषि विकास कार्यालय बाट किसानहरुले के कस्तो सेवा सुविधा लिन सक्छन् ?
–जिल्लामा रहेका हरेक किसानहरुले यस कार्यालयबाट सेवा तथा सुविधा लिन सक्छन् । जस्तै सहकारी खेती तथा साना सिचाईमा अनुदान र सहयोग, कृषि यन्त्रिकरणमा सहयोग, खाद्यान्न बाली बीज बृद्धिमा सहयोग हामीले प्रदान गर्र्दै आएका छौ । त्यस्तै  युवा लक्षित ब्यवसायिक उत्पादन कार्यक्रम (तरकारी, मत्स्य, मौरी, च्याउ)मा पनि सहयोग  रहेको छ । मत्स्य बिकास कार्यक्रम,  अभियानमुखी मकै उत्पादन कार्यक्रम, कृषि उपज बजार सेड निर्माणमा पनि सहयोग रहेको छ । त्यस्तै अनुदानमा उत्पादन सामाग्री बितरण (बीउ, माछा भुरा, बिषादी, क्रेट, च्याउ बीउ, फलफूल बेर्ना आदि) मा, माटो परिक्षणको लागि सेवा यहा उपलब्ध छ । प्राबिधिक सेवा समेत किसानहरुले हामीकहाबाट लिन सक्छन् । 
à जिल्लाको कृर्षी क्षेत्रलाई देशमै नमुना बनाउनको लागि केही रणनीतिकहरु तयार भएका छन् की ? 
–पक्कैपनि यस जिल्लालार्य देशकै नमुना जिल्लाको रुपमा विकास गर्नको लागि ब्यवसायिक खाद्यान्न बीज बृद्धि– सहकारी मार्फत बीउ तथा प्रशोधन केन्द्र निर्माणको कार्य अगाडी बढेको छ भने  ब्यवसायिक मत्स्यपालन– ह्याचरी तथा मत्स्यपोखरी निर्माण, ब्यवसायिक तरकारी खेती र तोरी बालीको क्षेत्र बिस्तार लगायतका कामहरु समेत जारी रहेका छन् । 
à बढ्दो वैदेशीक रोजगारको कारण कृषी क्षेत्रमा कस्तो प्रभाव परेको छ ? 
–कृषि क्षेत्रमा कृषि श्रमिकको अभाव रहेको छ । जसको कारण समयमा नै  श्रमीकको अभावको कारण केही किसानहरुको खेतीपाती प्रभावित भएको छ । विदेश जानुको साटो युवाहरुले स्वदेशमा नै कृषी पेसामा लाग्नु उत्तम हुन्छ । 
à मन्त्रालयको अनुदान वास्तविक किसानभन्दा पनि वाहिर पहुचवालाहरुमा जान्छ भन्ने कुरा सत्य हो ? 
–होइन, हामी वास्तबिक किसानको पहिचान गरी अनुदान बितरण गर्ने गरेका छौं ।
à कार्यालयले प्रदान गर्ने विभिन्न सेवा सुविधाको लागि किसानले कहिले कसरी सम्पर्क गर्न सक्छन् ? 
–हाम्रो कार्यालयको  टोल फ्रि नंं.मा सम्पर्क गरी १६६०७१५२००० मा किसानहरुले  सम्पर्क गर्न सक्नुहुन्छ । यसको साथै जिल्ला कृषि बिकास कार्यालयमा सोझै सम्पर्क गर्न सक्नुहुन्छ भने स्थानिय पत्रपत्रिका मार्फत सूचना प्रवाह हामीले गरेकै छ । यसको अलवा हामी कृषि सेवा केन्द्र मार्फत सूचना प्रवाह भैरहेको छ ,  कृषक मूल समिति मार्फत सूचना प्रवाह जारी राखेका छौ । 


Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै