घटेन पाका पुस्तामा फुडवलको क्रेज

कृष्ण खनाल
बुटवल, २४ जेठ । 
अघिल्लो सोमबारबाट बुटवलमा सुरु भएको १८ औं तिलोत्तमा गोल्ड कपको उद्घाटन खेल देखि नै नरबहादुर थापा नियमित प्रष्पिर्धा हेर्न आएका छन् । ४५ बर्षिय थापा घरको सिडीबाट खसेर ढाडको समस्या झेल्दै आएका छन् । 
ह्वील चियरको सहायताले खेल मैदानमा आउने उनलाई सहयोगीहरुले नै फुडबल मैदानमा उपस्थित गराउँछन् । ‘गेम खेलेको राम्रो रमाईलो लाग्छ, पहिना सानो छदा आफै खेलिन्थे अहिले खेतीपाती तिर लागेपछि के खेल्नु ’–संवाददातासंगको कुराकानीमा उनले भने । बुटवल–१३  देवीनगर रङ्गशाला नजिकै घर भएका थापा यस भन्दा पहिला  भएको लिगमा समेत नियमित रुपमा दर्शको रुपमा सहभागी हुदै आएको बताए । 
उनी जस्तै तिलोत्ता नगरपालिका संकरनगरका दिलिप  गुरुङ्ग पनि उमेरले ४१ काटेका व्याक्ति हुन । उनी पनि अहिले बुटवलमा जारी १८ औं तिलोत्तमा  गोल्ड कप हेर्नको लागि नियमित रुपमा सहभागी हुदै आएको बताउछन् । उनी भन्छन्–‘उमेरले पाको भईयो तर खेल हेर्न हेर्न भने छुट्टै मज्जा आउछ ।’ उनले थपे–‘आनन्दबन हुने गरेको  झरना कप आयोजना हुँदा समेत नियमित रुपमा सहयोग पु¥याएका थियौं, फुडबल भनेपछि हुरुकै हुन्छु ।’
यि केही उदाहरण मात्र हुन । अहिले  बुटवलमा जारी रहेको तिलोत्तमा गोल्ड कपमा अधिकांस पाका पुस्ताहरु दर्शकको रुपमा सहभागी हुदै आएका छन् । ५ जनाको टिम बनाएर  रुपन्देहीको देवदहबाट आएको भुपु सैनिकहरुको टोली मध्येका एक क्षेत्र बहादुर थापाले भने–‘पुलिसको  जीवन जहिले पनि काम मै, यसो रमाईलो पनि गरौ भनेर आएको ।’   उनीहरु जस्तै समुह÷ समुह बनाएर फुटवल प्रतियोगीता हेर्ने आउनेहरुको संख्या तन्नेरी पुस्ताकै हाराहारमा केही उमेर पुगेका पाका पुस्ताहरु समेत रहेका छन् ।  
भूकम्पपीडितलाई सहयोग जुटाउने उद्देश्यसहित सुरु भएको गोल्डकप  उद्घाटन खेलमा  आज आर्मी क्लव र धरान फुटबल भिडेका थिए । ८ वटा टोलीको सहभागीता रहेको प्रतियोगीतामा विहिवार नेपाल प्रहरी र झापा एघारको विचमा भएको थियो भने शुक्रवारको खेल  सोना रुपन्देही एघार र  दाजिलिङ्ग एघारको विचमा भएको थियो । शनिवारको प्रतिस्पार्धा दोस्रो सेमिफाईनलमा नेपाल आर्मी क्लव काठमाडौ र झापा ११ का बीचमा भएको थियो । जसमा आर्मि विजयी भएको छ । २५ गते फाईनलमा रुपन्देही ११ र आर्मिका विचमा  हुनेछ । प्रतियोगितामा  विजेता हुनेले ३ लाख ७५ हजार १ सय ११ तथा उपविजेताले २ लाख ५० हजार १ सय ११ प्राप्त गर्ने छन् ।  
तस्वीरः फुडवल प्रतियोगीता हेर्न ह्वीलचियरमा आएका देवीनगका नरबहादुर थापा  । तस्वीरःकृष्ण खनाल÷बुटवल टुडे । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै