दोहोरीमै खेती किसानीका कुरा...

कृष्ण खनाल
बुटवल, २४ माघ । 
केटीः तरकारी, बेच्छौ की चामलमा सटाउछौ  ? 
 सहर लगि कत्तिको कटाउछौं ? कालिपारे दाई ।।
केटाः धेरै बाहिर पर्दैन हिन्नलाई 
घरै आउछन् व्यापारी किन्नलाई,  कालिपारे दाई, 
कालिपारे दाई मेरो मायाँलाई नविर्सनु है ।।।
लोक दोहरी गीत  अधिंकांस मायाँ प्रेम नै आधारित हुन्छन् भन्ने मान्यता राखिन्छ ।  दिन रात समेत गएर समेत नटुङ्गीने लोक दोहोरी गीतको मध्यको केही अंश हो यो । तर यो गीत  मायाँ पिरतीबाट केही टाढा रहेर केही दिन  देखि बुटवल मण्डपमा गाईरहेको छ । अर्थात बुटवल मण्डप अहिले कृषिमय बनेको छ । 
कृर्षीकै परिकार, कृषी सम्बन्धी औजार, उपकरणको पर्दशनी र कृषीमै आधारित भएर प्रस्तुत हुने मनोरञ्जनका कार्यक्रमको कारण छैठौ कृर्षि मेला साच्चै  नै कृषी मय बनेको हो । 
‘बजारमुखी कृषिको आधार सम्मुनत नेपालको पुर्वाधार ’ भन्ने मुल नाराका साथ बुटवल उद्योग बाणिज्य संघ बुटवल र  उद्योग बाणिज्य महासंघ नेपालको संयुक्त आयोजनामा बुटवलमा जारी कृषि मेलामा दोहोरी गीत पनि कृषिको विषयमा नै आधारित भएर प्रस्तुत भईरहेका छन् । 
लोकसर्जक राधेश्यामराज भण्डारी, डिल्लीनारायण पाण्डेले प्रतियोगीहरुलाई कृषीको विषयबस्तु दिन्छन् र सोही विषयमा आधारित रहेर प्रतियोगीहरुले दोहोरीमा गीत गाउनुपर्ने हुन्छ । केही पटक प्रतियोगीहरुले  ट्रयाक विर्सिएको कारण विचमा नै प्रतियोगीता रोख्नु परेको थियो । 
मेलामा उपस्थित भएका दर्शकहरुले मनोरञ्जन मात्र होईन, कृर्षि सम्बन्धी ज्ञान समेत आर्जन गरेको बुटवल उद्योग बाणिज्य संघका महासचिव हरि प्रसाद अर्याल बताउदछन् । उनी भन्छन्–‘कृषी दोहोरीले मनोरञ्जनको साथै, कृषि सम्बन्धी ज्ञान गुनका कुराहरु समेत सिकाएको छ ।’ महासचिव अर्यालका अनुसार यसरी प्रस्तुत हुने लोक दोहरो गितमा कतिपय प्रतियोगीहरुले विषादी प्रयोग गरेको  तरकारी खान नहुने, विषादी प्रयोग गरिएको भन्दा अर्गानिक बस्तु प्रयोग गर्नु पर्ने जसको कारण दिर्घजीवि समेत हुन सकिने जस्ता चेतनामुलक गीत सन्देश समेत गीत मार्फत प्रयोग गरेका थिए ।  
जाउ भो गाँउ भैसी र गाई पालम्, तरकारीमा प्राङ्गगारिक मल हालम् ... कालिपारे दाई.. जस्ता गीतले एउटा विशेष सन्देश बोकेको छ । बढ्दो  बेरोजगारीको कारण  सहरमा भौतारिनु भन्दा गाउमा  युवा शक्तिले गाई, भैसी, बाख्रा , बंगुर पाल्नुपर्ने र तरकारीमा कडा विषादी होईन है, प्राङ्गगारिक गोठमो मल हाल्नु पर्दछ भन्ने शन्देस  यो गीतले बोकेको छ । यस्तै प्रकारका गीत दाहोरी मार्फत प्रतियोगीहरुले प्रस्तुत गरेका  छ । जुन आज पनि जारी हुनेछ ।  यो मेला मेला २७ गते सम्म जारी रहने छ । 
 मेलामा ४५ जिलाका कृÈि उपज प्रदर्शन गरिएकामा राखिएको छ भने  १ सय २३ स्टल रहेका छन् । मेलामा आकर्षको रुपमा माटो परिक्षण, वोटविरुवाको स्वाथ्य परिक्षण, उन्नतजातको वियविजन विक्रि वितरण, रसायनीक मिसावटको घरेलुविधीद्धारा परिक्षण, कृषी सुचना केन्द्र मार्फत आधुनिक प्रविधीवारे जानकारी रहेका छन् । 
बुटवल उद्योग बाणिज्य संघले २०४१ साल देखि काठमाण्डौं उपत्यका बाहिर सर्वप्रथम औद्योगिक मेला आयोजनाको सुरुवात गरी हाल सम्म १४ वटा मेला तथा महोत्सव सम्पन्न गरिसकेको छ । मेलामा मेलामा करिव ४५ जिल्लाका तरकारी फलफुल, कृषि उपज, बिउ बिजन, कृषि प्रबिधि, जडिबुटी तथा कृषिसंग सम्वन्धित प्रतिष्ठान संघ सस्था र सरकारी कार्यालयहरु गरि १ सय २३ स्टल सहभागि छन् । मेलामा  पुष्प व्यवसाय, नगदे बाली लगायतका बिषयमा गोष्ठि, अन्तरबिद्यालय स्तरीय कृषि बिषयमा बक्तृत्वकला प्रतियोगिता, कृषक बालि प्रतियोगिता, कृषि दोहोरी गित प्रतियोगिता सहितका सास्कृतिक कार्यक्रमहरु जारी छन् । 
शनिवार भएको कृषि दोहोरी गीत प्रतियोगीतामा राष्ट्रिय लोक तथा दोहरी गीत  प्रतिष्ठान रुपन्देही क्षेत्र नम्बर २ र  गीतामा राष्ट्रिय लोक तथा दोहरी गीत  प्रतिष्ठान रुपन्देही क्षेत्र नम्बर ४ का विचमा भएको छ । अर्को प्रतिपर्धा गीतामा राष्ट्रिय लोक तथा दोहरी गीत  प्रतिष्ठान रुपन्देही क्षेत्र नम्बर  २ र ५ का विचमा भएको थियो । लिग चरणबाट सञ्चालन भएको प्रतियागीताको एकै पटक फाईनल प्रतियोगीतामा विजेताको घोषणा गरिने छ । साथै आईतबार अन्तर माध्यमिक विद्यालय कृर्षि लोक गीत प्रतियोगीता र कृर्षी लोक दोहोरी गीत प्रतियोगीतको  लीग चरण जारी रहनेछ । 





Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै